[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 अन्तर्प्रश्न
[VIEWED 9845 TIMES]
SAVE! for ease of future access.
Posted on 10-20-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अपुर्णता एउटा ठूलो शिक्षक रहेछ जीवनको ! मान्छेसँग जे हुँदैन त्यसको कौतुहलता र ग्यान को नशाले अझ चाँडो बुझ्छ ति कुराहरु । कसै कसैले जीवन जिउन नपाएर पनि जीवन चाँडै बुझ्छन् । शायद त्यसमध्येकी म पनि एक हुँला । ‘रमा दिदी , पाँच बजी सक्यो त ,कति कुर्सिमैँ टाँसीइ राख्नु भएको ! घर जाने होईन ? ’ घर शब्द मलाई सँधै चसक्क बिझाउने गर्छ । एक्लै निरस र उदेश्यहिन जीवन काट्ने छानो कुनै परिभाषामा पनि घर कहलाईँदैन होला ! मैले आफ्नो पावरवाला चश्मा को बिचबाट सुजातालाई नियालेँ । मेरी आमा भन्नुहुन्थ्यो मेरा आँखाहरु असाध्यै राम्रा र ठूला छन् रे ,आजकल त्यहि चश्मा बाहिरबाट गहिरो र नराम्रो देखिन थालेको छ । सत्यहरु सँधै शाश्वत रहँदैनन् । मलाई मन नपर्ने सत्यहरु मध्येको एक ! सुजाता सँधै जस्तै अफिसबाट बाहिर निस्किँदा मलाइ पनि आग्रह गर्दै हिँडेकी थिई । मैले कहिल्यै उसलाइ बहिनी मानिन न मलाई यि महत्वबिनाका सम्बन्धका गहिराई सँग मतलब छ , तै पनि कोहिकोहि बुझीदिँदैनन् मलाई ! मैले अफिसको घडि हेरेँ घडिमा पाँच पाँच भइसकेको थियो । म बिस्तारै उठेँ अफिसको सेक्युरिटि गार्ड अफिस बन्द गर्न मलाइ कुरेर बसिरहेको थियो । म रोकिएको छैन जीवनमा ,गतिशिल छु तर पनि कहिले काहिँ मेरो गति स्थिर बसेका प्रतिद्वन्दि सँग पनि हार्ने गर्छ । “साग कसरि मुठा ?” मैले मेरो कोठा तलतिरको दोकानदारसँग प्रश्न राखेँ । त्यो टोलमाँ उ म भन्दा पहिले आएको हो । म आएकै करिब पाँच बर्ष भइसक्यो । राम्ररि दोकान चल्दैन , कसरि धान्छ यस्तो महँगिमा काठमाण्डौमा ! सँधै जस्तो टाउको उठाएर मलाई हेर्यो अनी हेरिरह्यो । थाहा छैन के देख्छ उ म मा ! मलाई उसको अनौठो हेराई मन पर्दैन । “यो साग कसरि मुठा भनेको ?’ मैले क्रमभंग गरेँ । “पाँच रुपियाँ !” उसले टाउको उठाई उठाई जवाफ दियो । उसको हेराई यथावत थियो । सागको मुठाभन्दा म मा ज्यादा ध्यान थियो । मैले उसको ध्यानबाट आफ्नो ध्यान हटाउने प्रयास गरेँ । साग पहेँलो थियो ,ओइलिएको , तिनचार दिन देखी पानीकै भरमाँ बचाइराखेको जस्तो । मैले साग को गुण दोषको बारेमा छलफल गर्न पनि जरुरि ठानिन । छेउछाउमा अरु तरकारि पसल छैनन् ,टाढाबाट बोकेर आउन मलाई मन लाग्दैन । यो पनि एक किसिम को सम्झौता हो । दुइ किसिम को दुख बिचको । ति मद्ये जुन सानो लाग्छ त्यहि अपनाउन खोज्छु म ! सबैले मलाई सामान्य आइमाई भन्दा भिन्न देख्छन् होला , एउटा चालिस बर्ष कि अबिवाहित अनि एक्लि युवति । यति बाट मेरो बारेमा निष्कर्ष के निक्लिन्छ थाहा छैन । पक्कै पनि म एउटा निष्कर्षहिन कथा हुँला । तर मेरा पनि भोगाइहरु छन् । म र मेरो मुटुको कुनामा गाडिएका कसै कसैले वाचा बेगर छोडेका स्पर्षहरु छन् । मैले वाचा मागिन । त्यो सहि थियो वा गलत थियो थाहा छैन । पक्कै पनि उसकै जस्तो जीवन मेरो पनि भएको भए म अहिले सहि गलत तराजुमा जोखेर बस्ने थिईन होला । क्रमश:
 
Posted on 10-22-08 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या यार फुच्चे भाई । खाना खान बसाउने अनि अचार पस्केर फरार???

मीठो शुरुवात छ, अगाडि नपढे सम्म कमेन्ट गर्नु काचो कुरा होला। तर तिमी जे लेख्छौ राम्रो लेख्छौ, मीठो लेख्छौ । बोलिमा बाघपटुका सुनेको थिए, तिम्रो लेखाईमा छ ।

अरु कुराहरु पनि राख्छौ भन्ने आशामा

-somewhereondearth

 
Posted on 11-23-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gatishil 6u tara pani meo gati sthir baseka pratidwandi sanga harne gar6,,,bhaneko bhujhina,,,,and plz ,,complete if,,plz
 
Posted on 11-29-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kahile complete hun6
 
Posted on 11-29-08 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh ho, kasto majja sanga euti budikannya ko biography utareko fuchche le, gajab ko chha prastuti. tara yo katha le pani purnata napaune ho ki aru katha haru jastai. tei bhayera surumai "apurnata euta thulo shikshak rahechha jindagiko" bhanera swikaarokti aayeko ho ki fuchche bata???
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters