[Show all top banners]

anilmelvin

More by anilmelvin
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 did you rad this one ??
[VIEWED 5714 TIMES]
SAVE! for ease of future access.
Posted on 10-04-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
अनिल जी सायद तपाईले युनिकोड प्रयोग नगरी सिधै नेपाली फन्टको लेख राख्‍नु भय जस्तो छ । आज ठरकी दादालाई अली "डोज" नपुगेकोले निन्द्रा लागेको थीएन । लौ "फ्री" मा तपाईको रचना डिकोड गरि दिए । लेखेको कुरा अरुले पनि पढुन भनेर ।

ठरकी दादा
**************************************
राजा र दलकै बाटोमा माओवादी
-अनिल पाण्डे
anilmelvin@hotmail.com
California,U.S.A

ठूला कुरा गर्ने, मीठा सपना देखाउने र सुन्दर र्स्वर्गमा विचरण गराउने अभ्यासमा कोहीभन्दा कोही पनि पछाडि देखिएनन् । राजा ज्ञानेन्द्रले जुन बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेर प्रत्यक्ष शासन चलाएका थिए, त्यसबेला सबैतिरबाट जनताले 'ठग नेतालाई ठीक्क भो,' भनेर काखी बजाए । 'यी राजा दाजुजस्ता होइनन्, यिनले केही गरेरै छोड्छन्, मुलुकको भद्रगोल समाप्त हुन्छ र देशले गति लिन्छ,...' जनतालाई यस्तै आश थियो । तर भएन । राजाले दलका नेतालाई बिर्साउने गरी एकाधिकार कायम गरे । यदि राजाले त्यस मौकाको सदुपयोग गर्नसकेका भए, उनलाई सबैले आँखामा राख्ने थिए । राजा बनेर व्यापार गर्नुपर्ने, ज्योतिषीको सल्लाहमा अफ्रीकातीर लाग्नुपर्ने र संसदीय दललाई हुत्याएर माओवादीनिकट पुर्‍याउनु पर्ने भएपछि उनको शासन टिक्नसक्ने सम्भाबना नै भएन ।

एकाधिकारवादी राजा हिजो जसरी टिक्न सकेनन्, भोलि माओवादी पनि टिक्न सक्नेछैन । किनभने माओवादीले नेपाली कांग्रेस, एमालेलगायतका दलसँग 'संविधानसभाका लागि हामीलाई ६० सिट छोडिदेओ नत्र...," भनेर अहिले जसरी घुर्की देखाइरहेको छ, त्यसले ऊ कहिल्यै लोकतान्त्रिक बन्न नसक्ने संकेत गरेको छ । उता नेका र एमाले संविधानसभालाई सरकार चलाउने आवधिक निर्वाचनसरह ठानेर मुठी कसेर बसेका छन् । माओवादीलाई सिट छोड्न मानिरहेका छैनन् । उनीहरुको त्यस हठले जनताका सामु उही नै नांगिने छ भन्ने भविष्यलाई पनि देख्न सकेन र माओवादीलाई 'अब म निर्वाचनको आचारसंहिता पनि मान्दिनँ, निर्वाचन नै हुनदिन्न,' भन्न वाध्य बनायो ।

परिणामस्वरुप आगामी मंसिर ६ गते मनाइने भनिएको महान राष्ट्रिय राजनीतिक चाड, संविधानसभाको निर्वाचन माओवादी र दलहरुकै कारण नहुने भएको छ । जनता फेरि अथाह अन्धकार र अनिश्चिततामा डुब्न वाध्य भएका छन् । एउटा राजा फालेपछि त राहतको अनुभव गर्न पाइएला भनेर बसेका जनता एकसाथ आठ राजाको माखेसाङ्लोमा फस्न पुगेका छन् । यस साङ्लोले छोपेपछि दुुइ दुना चार नभएर तीन र पाँच पनि हुन्छ भन्न जनता वाध्य भएका छन् । अन्यथा, काठमाडौंजस्तो राजधानी वर्षा मा समेत 'लोडसेडिङ' मा पिल्सिने थिएन । आज शहरिया नेपालीहरुको आधा दिन पेट्रोलियम पदार्थको लाइनमा बित्ने थिएन ।


संविधानसभाको निर्वाचन आगामी मंसिर ६ गते गर्ने कुरामा केही महिनाअधि मात्र माओवादी नेता प्रचण्डले नै हस्ताक्षर गरेका हुन् । संविधानसभाको पहिलो बैठकको साधारण बहुमतको निर्णयले राजतन्त्र हटाउने र गणतन्त्रको घोषणा गर्ने कुरामा पनि माओवादीको सहमति भएपछि नै अन्तरिम संविधानमा लिपिबद्ध गरिएको हो । संविधानसभाको निर्वाचन प्रक्रिया मिश्रति हुने सहमति पनि उसैले गरेको हो । तर अपर्झट माओवादीले आफ्ना हरेक पुर्बनिर्णयबीरुद्ध टुँडिखेलमा 'हामी चुनाबमा जाँदैनौं,' भनेर घोषणा गर्यो । लोकतन्त्रवादी कसैले पनि उसको यस घोषणालाई स्वागत गर्नसक्ने अबस्था रहेन । केबल प्रतिगमनकारीहरु भने लड्डु किनेर मुख मीठो पार्ने स्थितिमा पुगे ।

अन्ततः राजा ज्ञानेन्द्र करिव दुइ वर्ष शासन गरेपछि पतन भएझैं माओवादी ६ महिनामै समाप्त भएको छ । सात दलको मीठो गफबाट दिक्क बनेका जनताले माओवादीले मुलुकका लागि केही गर्ने हो कि भन्ने जुन आश राखेका थिए, त्यो समाप्त भएको छ । पराजित हुने डरले आफैले सहमति जनाएको सम्झौतापत्रलाई धोती लगाइदिने माओवादीले जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्ला भनेर कसले विश्वास गर्ने - तर्राई जलिरहेको र गौतमबुद्धको घरघडेरीमा खरानीको थुप्रो लागिरहेका बेला माओवादी 'यो खरानी हामीलाई नै तर्सउनााका लागि हो,' भनेर विश्लेषण गर्छभने यसलाई जनताले 'गोलमेचमाथि' होइन मुनि राख्‍नुुपर्छ । यदि माथिकै गोलमेच सम्मेलन गर्ने होभने नेपालका हरेक राजनीतिक शक्तिले स्थान पाउनुपर्छ, त्यसमा राजा पनि पर्छन् र र्सूयबहादुर थापा पनि बोलाइन्छन् । पूर्ण इमान्दारीका साथ यदि मुलुकको भलाइ नै चाहेको होभने राष्ट्रवादलाई बिर्सन सकिन्न । राष्ट्रवाद भनेको मुलुकका तमाम शक्तिलाई उनीहरुको गक्षअनुसारको हैसियत दिनु हो र यही समावेशी लोकतन्त्र पनि हो ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters