[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 अमेरिकाका नेपाली संस्थाहरुमा निर्वाचनको बिषयलाई लिएर कचिङ्गल
[VIEWED 2037 TIMES]
SAVE! for ease of future access.
Posted on 06-21-14 4:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकामा स्थापना भएका बिभिन्न संघ तथा संस्थामा निर्वाचनको सेरोफेरोमा किचलो बढ्ने क्रमले समुदाय चिन्तित देखिन थालेका छन् l कचिङ्गल क्रम उधो जाने भन्दा उभो जाने क्रम तिब्र भएकोले सद्भाव र मेल मिलाब दुर्लब हुदै गै रहेको अवस्थाले समाज बिभाजनको किनारामा पुगी सकेको देखिएको छ l ​ ​अधिकांश नेपालीलाई कहि नभएको जात्रा हाडी गाउँ भने जस्तो हुन थालेको छ l अवैतनिक र स्वयम् सेवक रुपमा समय खर्चनु पर्ने संस्थामा पनि केवल सत्तामा पुग्ने मृग तृष्णाको कारण समुदाय सदस्य बीच अझ चोईटिने र फकलेटा पर्ने क्रम रोकिने अवस्थामा छैन l कुर्सि र सत्ताको मोहको कारण किचलो ,कचिङ्गल र झगडाले बिकराल लिई रहेको छ l सत्ताको लागि जहाँ पनि किचलो हुन्छ र कुर्सिको लागि जहिले पनि तछाड र मछाड हुन्छ l राजनीतिमा झन् कचिङ्गल र किचलो हुन्छ l अमेरिकामा एक जना कलाकारले भनेका छन् विदेशमा बसोबास गर्ने हरेक नेपालीहरु तेह्र दिने दाजुभाई जस्तै हुन l अर्थात् मात्री भुमि छोडी आए पछि एउटा नेपालीले अर्को नेपाली संग भाइचारा ब्यबहार गर्नु पर्नेमा केवल कुर्सिको कारण वातावरण धमिलिदै गै रहेको छ l अब यो किचलोले निकै नराम्रो असर पर्ने छ भन्ने अनुमान गरिएको छ l

कचिङ्गल नहोस् भन्ने नेपाली समुदायले चाहन्छन l वेमेल,कलह र कानुनी कचिङ्गलको विषयलाई सहमति र सम्वादको माध्यम बाट मेलमिलाप र भाइचारा सम्बन्ध सुमधुर बनाएर नेपाली समाजको वृहत्तर हिततर्फ जुट्न नेपाली समुदायले चाहेता पनि क्रम निरन्तर बढी रहेकोले अमेरिकामा रहेका नेपाली समुदायको सबैको चासोको बिषय वस्तु बन्न पुगेको छ l

अमेरिकामा नेपाली समुदायमा मात्र निर्वाचनमा किचलो हुदैन कि जताततै कचिङ्गलको भुमरीमा परि विवाद उत्पन्न भै रहेको देखिएको छ l सर्बोच्च अदालतका प्रधान न्यायधिस तथा मन्त्रि परिषदका पुर्व प्रमुख खिल राज रेग्मीले निर्वाचन गराउने जिम्मा लिए सुरु देखि अन्त्य सम्म निर्वाचन गर्ने क्रममा दलहरुले किचलो झिके र कचिङ्गल गरे l बैद्य समुहले निर्वाचन बहिस्कार गरि निर्वाचन भाड्न सम्पूर्ण अस्त्र प्रहार गर्यो तर रेग्मीले सफलता पुर्वक निर्वाचन सम्पन्न गराई दुनियालाई प्रमाण गरि दिए l अर्को किचलो सुर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्द बीच निर्वाचन कै बिषयलाई लिएर झगडा र विवाद उत्पन्न हुनपुग्यो किनभने केवल कुर्सिको लागि कचिङ्गल पर्यो l बाबुराम भट्टराई र प्रचण्ड बीच किचलो र कचिङ्गल भएको तमाशा बिश्वले देखेको छ त्यहा पनि केवल सत्ताको बिषयलाई लिएर हुन् पुगेको छ lविवाद र झगडाले चरम चुली पार गरेको छ l

नेपालका प्रधान मन्त्रि सुशील कोइराला हाल अमेरिकामा छन् l उनले राम चन्द्र पौडेललाई कार्यबाहक नदिएका कारण किचलो झिकेका छन् l राम चन्द्र पौडेल कचिङ्गल गर्ने अवसरको खोजीमा छन् त्यहाँ पनि विवादको चक्र ब्युमा परेका छन् l अमेरिकाका स्थापना भएका ठुलठुला संस्था ए एन ए ,गैर आवासीय नेपाली संघ ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ,नेपाल अमेरिका पत्रकार संघ तथा अन्य संस्थाहरु समेत किचलोबाट अछुतो हुन सकेको छैन l कचिङ्गल आन्तरिक तथा बाह्य रुपमा बिकराल हुदैछ l

अमेरिकामा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा जब निर्वाचनको घोषणा गरिन्छ त्यहा बिबाद ,किचलो र कचिङ्गलले वातावरण बिगारी दिन्छ l १९८३ मा स्थापना भएको दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका(ए एन ए )मा त्यहि क्रम जारि हुन्छ l विवाद र किचलोको दलदलमा फस्दछ l उडन्ते समाचारमा सुन्न पाईन्छ कि नेतृत्व वर्गले आफै सत्ता कब्जा गरि कुर्सिको आयु लम्ब्याउने नियति गरेको भनि दोषारोपण गरिन्छ l भनिन्छ कुरा र कुलोलाई जता लगे पनि हुन्छ l गैर आवाशीय नेपाली संघ अमेरिकाका अधक्ष्य पदका प्रत्याशी न्यु योर्कका कानुनविद खगेन्द्र जिसीलाई निर्वाचन अगाडी गम्भीर आरोप र वहाको चरित्र हत्या गर्ने नियतिको साथ किचलो निकाल्ने काम गरेकोले छापा बिज्ञप्ति मार्फत मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै घुमाउरो पाराले यस्ता क्रियाकलाब जारि रहेमा एउटा ब्यक्तिको हिसाबले न्याय खोज्ने अधिकार मलाई पनि छ भनि सार्बजनिक गरे l ​ ​कचिङ्गल बनाउने प्रयास गरियो र विवादमा मुसियो l किनभने निर्वाचनमा यस्ता कचिङ्गल नल्याई हामी नेपालीलाई भात नै नपच्ने भो l गैर आवासीय नेपाली सघ अमेरिकाको निर्वाचनमा मतदाताको सुचिमा केहि प्राबिधिक समस्या उत्पन्न भएको बिषयलाई लिएर किचलो भयो l कचिंगलं गर्न बिभिन्न प्रहार नभएका हैनन् l विवाद र कचिङ्गलको मारमा निर्वाचन समिति पुग्न गयो र न्यायालयमा जाने सम्म कुरा सुन्न पाईयो l

नेपाल अमेरिका पत्रकार संघको निर्वाचन अगावै उम्मेदवारीको बिषयमा ठुलो विवाद र कचिङ्गल भयो l ​दोहोरि ​पनि चल्यो l निर्वाचन समितिका प्रमुखले उम्मेदवार सम्बन्धि जवाफ दिनु पर्यो समाधान गर्नु पर्यो l नेजाको टेक्सासमा निर्वाचन सम्पन्न भयो l सहमति र एकता कायम गर्ने क्रममा कचिङ्गल पनि भयो l निर्वाचन पश्च्यात लगत्तै सामुहिक रुपमा १५ जनाले सदस्यबाट नेपाल अमेरिका पत्रकार संघको नेतृत्व माथि दोष लगाउदै ब्यबसायिक पत्रकारितामा संलग्न पत्रकारहरुले असन्तुस्ट व्यक्त गरि राजिनामा गरे l नेजाको नाउँमा गैर पत्रकारहरुले गरेको कामहरुले नेपाली अमेरिकनको सामाजिकीकरणको प्रक्रियामा समेत कुठाराघात हुने लागेकोले थोकमा नेजा त्यागेको संचार माध्यममा देखियो l व्यक्तिगत आक्षेपका कुरामा दोहिरी चल्यो l सिमा नाघेको अनुभूति भै नव निर्वाचित नेजाका सभापतिले छापा बिज्ञप्ति जारि गरि आफ्नी चरित्र हत्या गर्ने र नितान्त व्यक्तिगत जीवनमा सिधा असर पार्ने गरी नियतवश समाचार प्रकाशन गर्ने सबै संचार माध्यम ,सञ्चालक,सम्पादक एवं लेखक समेतका विरुद्ध कानुनी उपचारको प्रक्रियामा अघि बढीसकेको जानकारी गराए l

नेजा पनि अरु संघ तथा संस्था जस्तै मुद्धा मामिलामा अल्झने हो कि भनि अनुमान समुदायले गर्न थालेका छन् l नेपाल अमेरिका पत्रकार संघ पनि कचिङ्गलमा मुछियो र किचलो झिक्ने संस्थामा गन्तीमा पर्न जान्छ कि भने डर हुन् थालेको छ l विवाद ,कचिङ्गलमा फस्न नचाहदा नचाहदै कहिले कहिँ परिवेसले संस्था तथा व्यक्तिलाई किचलोको खाडलमा लैजाने हुनाले यस तर्फ साबधान अपनाउन जरुरि हुन्छ l ​ ​बिगतमा रुक्मंगत कटुवालको अन्तरक्रिया कार्यक्रमको बिषयलाई लिएर नेजामा ठुलो किचलो पर्यो l नेजाको कचिङ्गलमा एक पदाधिकारीले राजिनामा दिए र ठुलो विवादमा नेजा मुसियो l अमेरिकाको बाल्टिमोर स्थित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना )निर्वाचनको समयमा मतदाता धाधलीको बिषयलाई लिएर ठुलो कचिङ्गल भयो र पत्र पत्रिकामा पढन समुदायले पाए l केवल कुर्सिको लागि विवाद र किचलो हुन् पुग्यो l उत्तर अमेरिका कै सबै भन्दा जेठो संस्था अमेरिका नेपाल सोसाइटीमा गत निर्वाचनमा समय ताका कचिङ्गलमा पर्यो l विवाद र मुद्धा हाल्ने सम्म कुरा अघि बढ्यो l

अमेरिकामा भएका संघ तथा संस्थामा अब विवाद ,किचलो र कचिङ्गल हुनु कुनै नौलो कुरा हुने भएन र रहेन l अरु संस्थामा किचलो ,कचिङ्गल र विवाद देख्ने ,सुन्ने र हेर्ने मौका अब नेपाली समुदायले आफै भोग्न थालेका छन् l किचलो नेपाली समुदायमा मात्र हैन अन्य समुदायमा पनि हुन्छ l अरुको शरीरमा जुम्रा हिडेको देख्ने तर आफ्नो शरीरमा भैसी हिडेको नदेख्ने जस्तो गर्नु कदापी हुदैन l के को लागि विवाद ,झगडा ,कचिङ्गल ,किचलो हुन्छ त ? केवल सत्ता प्राप्तिको लागि l कुर्सि हत्याउने प्रयास गर्दा वातावरण यस्तो हुन् पुग्छ l कचिङ्गल झन् चुनाबको समयमा बेसी हुन्छ l निर्वाचनको समयमा किचलो गर्ने समुह सक्रिय हुन्छन l एकीकृत नेकपा माओबादीका अधक्ष्य पुष्प कमल दाहाल तथा गगन थापाले निर्वाचन धाधली गरि जितेको भनि अझ पनि विवाद र किचलो झिक्ने काम बेला बेलामा पढ्न पाईन्छ l राजनीतिमा झन् व्यापक कचिङ्गल हुन्छ l ​ ​केवल कुर्सिको लागि विवाद ,झगडा ,किचलो ,कचहरी ,अदालत र कचिङ्गल कहिले हेर्न ,सुन्न र देख्न नपरोस .......


अस्तु ...................................................................


विजय

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters