[Show all top banners]

ashishme
Replies to this thread:

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओवादीविरुद्ध कान्तिपुर लाग्नुका चार कारण
[VIEWED 9631 TIMES]
SAVE! for ease of future access.
Posted on 01-29-13 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्तिपुरका मालिकको गोरखधन्दाको रामकहानी

काठमाडौं । नेपालको सर्वाधिक बिक्री हुने दाबी गर्दै ‘व्यावसायिक पत्रकारिता’ को नाममा माओवादीविरुद्ध ‘जेहाद’ छेड्दै आएको कान्तिपुर दैनिक अहिले विपक्षी दल कांग्रेस–एमालेभन्दा पनि माथि चढेर चर्को स्वरमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईको विरोधमा मोर्चाबन्दीमा लागेको छ । पछिल्ला केही हप्ताका कान्तिपुरमा प्रकाशित समाचारहरुलाई हेर्ने हो भने माओवादीविरुद्ध सो पत्रिका उत्रेको सोझै देखिन्छ । समाचारहरुलाई आफू अनुकुल बंग्याएर भएपनि माओवादीको खेदो खन्नुमा लागेको छ । दुई पटकसम्म विशेष सम्पादीय लेख्ने तथा दैनिकजसो माओवादी र सरकारविरुद्ध प्रायोजित समाचार लेखेर ‘व्यावसायिक पत्रकारिता’ को उदारणीय भूमिका निर्वाह गरेको कान्तिपुरले किन यस्तो हर्कत देखाइरहेको होला ? यसको भित्री गुदी पत्ता लागेको छ । सञ्चारमाध्यमका नाममा कान्तिपुर हाउस र तिनका मालिकले गरेको ‘गोरखधन्धा’मा सरकारी अवरोध भएपछि व्यावसायिकताको उच्च नमुना देखाउँदै कान्तिपुर सरकार र माओवादीप्रति यति धेरै नकारात्मक भएको तथ्य फेला पारेको छ । सार्वजनिक जग्गा मिचेर बनाएको पर्खाल नगरपालिकाले भत्काउन थालेपछि, एयरपोर्टमा स्तरोन्नतिका नाममा ठेक्का नपाएपछि र अपारदर्शी काम गरेर धन कमाउन थाले पछि राजस्व अनुसन्धान विभागले छापा हान्ने योजना थाहा पाएपछि कान्तिपुर सरकार र माओवादीविरोधी विपक्षी दलको मुखपत्र भएको कान्तिपुरकै एक वरिष्ठ पत्रकारले बताए । उनका अनुसार आफ्नो चासोमा धक्का लाग्दाबित्तिकै पे्रस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको नारा उचाल्नु कान्तिपुरको धर्म र परम्परा नै हो ।

माओवादीविरुद्ध कान्तिपुर खनिनुका चार कारणहरुः

Picture 4176१. सडक विस्तार र कान्तिपुरको पर्खाल

प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रसरतामा राजधानीमा भइरहेको सडक विस्तारले वाहवाही लुटीरहेको अवस्थामा कान्तिपुरको अहिलेको भवनले पनि अनाधिकृत रुपमा जग्गा अतिक्रमण गरेको पाईयो । जस अनुसार सडक फराकिलो बनाउँदा कान्तिपुर भवनले अतिक्रमण गरेको केही जग्गा र पर्खाल भत्किने भयो । आफ्नो पर्खाल भत्किने र केही जग्गासमेत जानेभएपछि कान्तिपुरका मालिक कैलाश सिरोहियाले बाबुराम सरकारलाई त्यहाँ सडक विस्तार नगर्न आग्रह गरेका थिए । तर, सरकारले उनको कुरालाई वेवास्ता गरेपछि कान्तिपुरले भट्टराईको राजीनामा माग गर्दै दुई पटकसम्म विशेष सम्पादकीय लेखेको थियो ।

२. विमानस्थल ठेक्का

tribhuvan-international-airportकान्तिपुरका मालिक कैलाश सिरोहियाले आफ्नो राजनीतिक पहुँचका कारण धेरै ठूला ठूला ठेक्का आफ्नो कम्पनीको नाममा गराउन सफल हुँदै आएका छन् । त्यही क्रममा भट्टराई सरकारलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत तथा स्तरोन्नतिको ठेक्का आफ्नो कम्पनीको नाममा पार्नका लागि दबाब दिएका थिए । सो कुरा भट्टराईले नमान्दा सिरोहिया अहिले भट्टराई प्रति त्रुद छन् ।

३. अकूत सम्पत्ति

hummer jeepबाग बजारमा काठको व्यापार गर्ने सिरोहिया कान्तिपुर खोलेपछि रातारात अर्बौंको मालिक बनेका छन् । २ करोडभन्दा बढी पर्ने अमेरिकी सैनिकले प्रयोग गर्ने बुलेट प्रुफ हमर गाडी चड्छन्, कैलाश सिरोहिया । सो गाडी नेपालमा चढ्ने उनी पहिलो व्यक्ति हुन् । उनलाई बेलाबेला करछलीको आरोप पनि लाग्ने गरेको छ । यसरी रातारात अकूत सम्पत्ति आर्जन गरेकोे सिरोहियाको सम्पत्तिमाथि राजश्वल छानविन गर्ने भएपछि उनी प्रम र सरकारप्रति रुष्ट छन् ।

signals-emanating-from-satellite-tower४. टेलिभिजन निल्ने दाऊ

सञ्चारमन्त्री र अन्य कर्मचारीलाई लगभग ६ करोड घुस खुवाएर कान्तिपुरका मालिक सिरोहियाले अन्य टेलिभिजनलाई निल्ने दाउसहित मल्टिपल सर्भिस अपरेटर सिस्टमको लाइसेन्स खुसुक्क आफ्नो नाममा पारेका छन् । यस कदम विरुद्ध अन्य केवल अपरेटरहरु लागेपछि कान्तिपुरले सरकारले नै इमेज च्यानल बन्द गराएको जस्ता भ्रामक समाचारहरु प्रकाशित गरेको थियो ।

अब पढौं, कान्तिपुरभित्रको गोरखधन्धाका केही कथाहरू । कान्तिपुरबाट हालै मात्र रामेश्वर थापा बाहिरिएका छन् । विनोद ज्ञवालीको समूह निस्केपछि कान्तिपुरबाट हालै मात्र थापा निस्केका हुन् । जब रामेश्वर थापा कान्तिपुरबाट अलग हुने निर्णय भयो, तब त्यसको आन्तरिक अडिट गरियो । आन्तरिक अडिटमा कान्तिपुरगृहको मूल्यांकन दुई अर्ब ८० करोड गरिएको स्रोत बताउँछ । स्रोतका अनुसार मूल्यांकनमा थापालाई ठगिएको थियो ।

नेपालको विज्ञापन बजारमा कान्तिपुरले डर र धम्कीको समेत प्रयोग गरेर मनोमानी राज चलाएको छ । नेपालको निजी विज्ञापन बजारमा उसले ६५ प्रतिशत कब्जा गरेको छ । सरकारी विज्ञापनबाट वार्षिक ४८ करोड रुपैयाँ कान्तिपुरले उठाउँछ । दैनिक ४० लाख आसपासको कान्तिपुरमा विज्ञापन छापिने गरेको कान्तिपुरको लेखा शाखासँग सम्बद्ध स्रोतले बतायो । मासिक १२ करोडको विज्ञापन उठाउने कान्तिपुरले कुनै कुनै दिन एक करोडसम्मको विज्ञापन छाप्ने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए । यसरी नेपालमा एकलौटी विज्ञापन छापेर अकुत सम्पत्ति कमाएका कान्तिपुरका निर्देशक कैलाश सिरोहियाको सिंगापुरमा पनि व्यापार छ । स्रोतका अनुसार सिंगापुरमा सेयर मार्केटमा लगानी गरेर उनले डलरको खेती गर्छन् । यसै कारण उनले बेलाबेलामा हुन्डीमार्फत डलरको अपचलन गर्ने गरेको विषयसमेत उठ्ने गरेको छ । यता, देशमा उनले भारतीय नागरिकहरूसँग मिलेर हेल्थ क्लब खोलेका छन् । उनका परिवारका सदस्यहरूले ठूला–ठूला एनजीओमा हात हालेका छन् ।

यिनको भित्री धन्दा कस्तो होला भन्ने अनुमान उनी चढ्ने गाडीबाट पनि थाहा हुन्छ । नेपालका कुनै पनि प्रधानमन्त्री र राष्ट्र«पतिले नचढेको गाडी उनी चढ्ने गरेका छन् । साढे दुई करोडको ‘हम्मर जिप’ चढछन् उनी । बुलेटपु्रफ उक्त गाडीले प्रत्येक दुई किलोमिटरमा एक लिटर तेल खान्छ । नक्कली नोटका कारोबारी जमिम शाहको हत्यालगत्तै कैलाशले बुलेटप्रुफ गाडी किनेर चढ्न थालेका हुन् । इराकयुद्धताका अमेरिकी सैन्य अधिकारीहरूले यस्तो गाडी प्रयोग गर्ने गर्थे । यसै विषयमा उनका पार्टनरबीच चर्चासमेत हुन्छ ‘बुलेटप्रुफ गाडीमा बसेर शब्दका गोली चलाउने उनको मानसिकता किन आयो ?’ उनीे बुलेटप्रुफ गाडी चढेपछि उनकै हाउसमा टिप्पणी हुने गरेको थियो, ‘कतै जमिमकै जस्तै खेतीपाती त छैन ? नत्र यति किन डराउनुपरेको होला ?’

Kailashउनको पुरानो घर जनकपुर हो । अहिले पनि त्यहाँका अन्य स्थानीयको आर्थिक अवस्था दयनीय छ । तर, कैलाशको भने नाटकीय शैलीमा कमाइ भइरहेको छ । सुरुमा उनी काठमाडांै आएपछि मधेसका बिग्रेका काठ ल्याएर रंग लगाएर बेच्थे । अहिले पनि बागबजारमा उनका विषयमा ‘फुच्चे फर्निचर व्यापारी अर्बपति भयो है’ भन्ने चर्चा हुन्छ । तर, एकपछि अर्को गरी अकुत सम्पत्ति कमाएपछि कैलाशमाथि राजस्वले आँखा लगाएको राजस्व अनुसन्धान विभागको उच्च स्रोतले जानकारी दियो । गहिरो अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले जुनसुकै बेला कान्तिपुरको धन्धामा छापा हान्न सक्ने सूचना पाएपछि पाइला–पाइलामा उनको निर्देशनमा कान्तिपुरले सरकारको विरोध गरेको छ । माओवादी नेतृत्वको सरकारले आफ्नो योजनामुताविक काम नगरिदिएपछि कैलाशले यो सरकार ढाल्ने ठेक्का लिएको स्रोत बताउँछ । कांग्रेस नेतृत्वको सरकार बनाएपछि एयरपोर्टको ठेक्कादेखि राजस्व सम्मका कुरा आफ्नो अनुकूल हुने भएकाले सुशीलको लबिङमा कान्त्पिुर उत्रेको स्रोत भनाइ छ ।

पछिल्लो पटक केबल अपरेटरलाई ध्वस्त पार्ने मनासायले डीटीएचको लाइसेन्स कैलाशले लिएका छन् । यस्तो लाइसेन्स लिएपछि उनले खुबै गफ लगाएको डीटीएच आबद्ध स्रोत बताउँछ । एभरेस्ट होटलको आठौं तलामा रहेको बुगल एन्ड टाइगर बारमा बसेर मदिराले मस्त भएका सिरोहियाले भनेका थिए, ‘मलाई ग्राउन्ड दिएनन् (एयरपोर्टको ठेक्का), अब आकाशको लाइसेन्स पाएँ यहीँबाट प्रचण्ड र बाबुरामलाई जमिनमा पु¥याइदिन्छु ।’ रंगिला कैलाशको यस्तो कुरा सुनेका होटलका वेटरहरू बताउँछन् । त्यति मात्र होइन उनले लोकतन्त्र र जनतन्त्रका लागि पञ्चायतकालमा र राजतन्त्रात्मक संसदीय कालमा जनताका पक्षमा लडेका स्थानीय, साप्ताहिक र मासिक पत्रिकाहरूलाई ठेगान लगाउने भन्दै कसैलाई विज्ञापन नदिन सचिवहरूलाई फोन गर्ने गरेको एक सचिवले बताए । उनका अनुसार सरकारी विज्ञापन कान्तिपुरभन्दा बाहिर गए ठीक हँुदैन भन्दै कैलाशले धम्कीसमेत दिने गरेका छन् । उनले माओवादी सिध्याउन एजेन्सीको समेत प्रयोग गर्दै आएको स्रोत बताउँछ । आफ्नो हाउसमा विज्ञापन नदिने सरकारी उच्च कर्मचारीका खोजी–खोजी नकारात्मक समाचारसमेत प्रकाशित गर्ने गरेको एक कर्मचारीले गुनासो सुनाए ।

कान्तिपुर स्रोतका अनुसार उनले ठूला कम्पनीका समाचारहरूमा पनि व्यापार गर्छन् । एनबी बंैकले विज्ञापन नदिँदा बैंकको खातामा पैसा छैन भन्दै बैंक बन्द गराउनेसम्मको काम कान्तिपुरले गरेको वित्तीय संस्थामा अहिलेसम्म चर्चा हुनेगर्छ । ठूला–ठूला मुद्दा र राष्ट्रिय÷अन्तर्राष्ट्रिय ठेक्कामा पैसा खाएर लबिङ गर्ने कान्तिपुरको दैनिक कर्म नै मानिने गरेको स्रोतको दाबी छ । ‘हाइड्रोदेखि विमानस्थलसम्म सबै ठेक्कापट्टामा कान्तिपुरको लबिङ हुन्छ,’ एक ठेकेदारले भने, ‘जसले पैसा दिन्छ उसैका पक्षमा कान्तिपुरमा समाचार आउँछ ।’

केही समयअगाडि नगरपालिकाले कान्तिपुरले सार्वजनिक जग्गा मिचेर बनाएको पर्खाल भत्काउन खोज्दा कैलाश अदालत नै गएका थिए ।

उता, तीनकुनेदेखि माइतीघर मण्डलासम्मको खाली जग्गा देख्दा बित्तिकै जसरी पनि हडप्ने जग्गा माफियाका रूपमा पहिचान बनाएका अजय सुमार्गीसँग मिलेर कैलाशले ठूलो मात्रामा राजस्व छलेको स्रोत बताउँछ । कान्तिपुर नजिकैको करिब ९ रोपनी जग्गा ५५ लाख आनामा टुप्पी हल्लाउँदै हिँड्ने सुमार्गीले किनेका छन् । तर, दुवैको मिलेमतोमा मूल्य कम देखाएर राजस्व छल्ने काम भएको छ ।

पहिला सम्भ्रान्तवर्गको सेवा गर्ने कान्तिपुरले जनताको आन्दोलन सफल हुने अवस्थामा तिनै समाचारलाई जोड दिनेगर्छ र सामाजिक मनोविज्ञान समात्ने गर्दछ । उसको व्यावसायिक पत्रकारिता कस्तो छ भने तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएपछि मौसम, खेतीपाती र फुटपाथको बजारको सम्पादकीय लेखेर दिन कटाएको थियो । कान्तिपुरका मालिकसँग उनकै कामदार पनि रष्ट छन् । अर्बौं लुट्ने कान्तिपुरले पत्रकार र कामदारहरूलाई जुकाले रगत सोसेजस्तै सोसिरहेको कान्तिपुरका श्रमजीवी पत्रकारहरू बताउँछन् ।

डीटीएचमा लाइसेन्स लिँदा पनि कैलाशले आफ्ना पार्टनरहरूलाई गुमराहमा पारेका रहेछन् । उनले लाइसेन्स लिँदा सञ्चार मन्त्रालयमा ६ करोड घुस बुझाएको भनी बोर्ड बैठकमा बिल पेस गरेका रहेछन् । तर, उनले मन्त्रालयमा ५ करोड बुझाएको स्रोत बताउँछ । १ करोड आफंैले कुम्ल्याएको बोर्ड सदस्यहरूबीच चर्चा भएको स्रोतले जानकारी दियो । पछि कैलाशले मन्त्रीलाई ४० लाख आफ्ना तर्फबाट घुस दिएको पनि स्रोतको भनाइ छ ।

माओवादीविरुद्ध समाचार लेखेर व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्दै आएको कैलाशको कान्तिपुरले विगतका चुनावमा कांग्रेस नेताका प्रचार सामग्री आफ्नै प्रेसमा छापेर नेताहरूको गृहजिल्ला समेत पठाउने गरेको थियो । अझ कान्तिपुरका केही पत्रकारहरू बेलाबेलामा बरफवागभित्र जान्छन् चर्चासमेत चल्ने गरेको छ । संविधानसभाको निर्वाचनमा कान्तिपुरले आफ्ना काठमाडौंका संवाददाताहरू जिल्ला–जिल्ला पठाएर माओवादीलाई हराउने समाचार लेखाएको थियो । जस्तो कि चितवन गएका कान्तिपुरका संवाददाताले रामबहादुर थापा बादलको पाँच हजार भोट आउने समाचार लेखेर माओवादीविरोधीलाई सहयोग पु¥याएका थिए । जबकि पछि थापाले भारी मतले चुनाव जिते । हावादारी समाचार लेख्दा पनि उसले गल्ती भने स्विकार्दैन । जनयुद्धका बेला पक्राउ परेका पत्रकार कृष्ण सेनलाई माओवादीका केन्द्रीय सदस्य भनी समाचार लेखेर सेनको हत्यामा कान्तिपुरले अग्रणी भूमिका खेलेको थियो । तर, उनी माओवादीको जनयुद्धलाई नैतिक समर्थन गर्ने एकजना कलमजीवी थिए । तत्कालीन डीआईजी अमरसिंह शाहले कान्तिपुरले तलाईं केन्द्रीय सदस्य भनिसक्यो भन्दै कुसीमा बाँधेर मरणासन्न हुनेगरी पिटेका थिए । यति ठूलो आपराधिक कार्य गर्दा पनि अहिलेसम्म कान्तिपुरले एक शब्द क्षमा मागेको छैन ।


 
Posted on 01-30-13 4:44 AM     [Snapshot: 268]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Wow. He rides a hummer. I hope one day I can ride a hummer too. :)
 
Posted on 01-30-13 10:36 AM     [Snapshot: 354]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 humme rkai kura garepachhi....photo ta Jeep ko ho Hummer hainna. patrakar le auta hummer ko photo pani payenachha internet ma??
 
Posted on 01-30-13 10:44 AM     [Snapshot: 356]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hummer was cool some 10 years ago. Now if you ride a Hummer it only means you are one abnoxious, inconsiderate, and Tuppa bata palako dick. The cool cars these days are considered smart, intelligent, sleek, energy efficient and enviroment friendly. People in third world still think Hummer is cool becausue they are 10s of year behing on styles and what is popular.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters