[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 म यसरी जेल परें
[VIEWED 8431 TIMES]
SAVE! for ease of future access.
Posted on 05-18-13 5:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

म यसरी जेल परें

 
(2 Votes)
 
 
 
 
Dorje
 
 

काठमाडौ, जेष्ठ ४ - कतारको एउटा स्कुलका शिक्षक दोर्जे गुरूङ इस्लाम धर्मको अपमान गरेको अभियोगमा दुई साताअघि थुनिए । १२ दिन थुनामा बसेर यसै साता उनी नेपाल फर्किएका छन् । युरोपदेखि अफ्रिकासम्मका देशमा शिक्षक भएर डुलेका फिरन्ता दोर्जे ले कान्तिपुरका देवेन्द्र भट्टराईसँग आफ्नो कथा यसरी सुनाए ।

म सेन्ट जेभियर्सको विद्यार्थी । मुस्ताङको पुरानो घर हुँदै पोखरा र काठमाडौंसम्म आइपुगेको मेरो घर-परिवारमा छोराले 'पढोस्, गरिखाओस्' भन्ने चिन्ता मात्रै रहेको हुन्थ्यो । स्कुले जीवन होस्टलमै बित्यो । साथीभाइ, हाहु । सपना बदलिरहने समय । स्कुलको अलिक तल्लो तहमा पढ्दा भविष्यमा इन्जिनियर बनौंला भन्ने थियो । अलिकपछि सिभिल इन्जिनियर र स्कुलपछि उच्च शिक्षामा इटाली पुगेपछि कम्प्युटर साइन्सतिर लागें । तर यो कम्प्युटरको प्रोग्रामिङले टाउको खान थालेपछि यो सपना पनि तुहियो । अनि सुरु भयो-रूखो र अमूर्त भनिने रसायनशास्त्रको सोधखोज ।

सानैदेखि 'ठूलो मान्छे' बन्नुपर्छ भनेर सबैले भन्थे । यो ठूलो, पपुलर, धनी हुनुको स्लोगन जति सुनिदै गयो- उति जीवनका भोगाइ र सपनाहरू भिन्न बन्दै गए ।

पढाइका सुरमा सन् १९८८ देखि घरबाट निस्किएको म इटाली, अस्ट्रेलिया, बेलायतसहितका ५ मुलुकमा फिरन्ता विद्यार्थी बनें । काठमाडौंमा 'ओ' लेभल सकेर निस्किएको म अन्तर्राष्ट्रिय पहिचानको 'आईबी डिप्लोमा' (इन्टरनेसनल ब्याच्लर) लिएर जागिर खोज्न थालेको थिएँ । त्यही क्रममाशिक्षक बनेर भियतनाम, अजरबैजान, नर्वे, इटाली, मलावी, कतारसहितका १२ मुलुकमा छरिएका अन्तर्राष्ट्रिय विद्यार्थीमाझ हराइरहें । यसैगरी २५ वर्ष बितिसकेछ, घर छाडेर हिँडेको ।

हुन त सेन्ट जेभियर्सका त्यसबेलाका ब्याचमा ममात्रै बाहिरी दुनियाँमा पुगेको थिइनँ । केमेस्ट्रीमा मबाहेक अर्को एउटा साथी छ, एउटै ब्याचको-सुमन पोखरेल । सायद ऊ जर्मनीमा छ क्यारे । उसलाई अमेरिकाको एउटा रिसर्च सेन्टरले तान्न चाहिरहेको छ, ऊ ब्याट्रीको नवीनतम उपयोग/उत्पादनमा काम गरिरहेको छ । यस्तै अरू साथीहरू अमेरिका, जर्मनी, स्विजरल्यान्डतिर पनि छरिएका छन् । किरणकृष्ण श्रेष्ठसहितका केही मात्रै नेपालमा अडिएका छन् ।

फिरन्ता रसायन-गुरु बनेर हिँडिरहेकै बेला अहिले कतार हुँदै म घर फिरेको छु, डिपोर्ट भएको छु ।

खासमा म किन बाहिरिएको हुँ भन्ने जिज्ञासाले सधैंभर आफैंलाई पनि सताइरहन्थ्यो । राम्रो स्तर रहेको अन्तर्राष्ट्रिय डिग्री हात परेपछि त्यहीअनुरूपको काम खोज्नु स्वाभाविक थियो । सुरुकै दिनमा काठमाडौंका अन्तर्राष्ट्रिय स्कुल (लिंकनसहित) मा पनि मैले शिक्षक बन्न ट्राई गरेको हो तर मेरो नेपाली चिनारी (पासपोर्ट) का कारण कतै ठाउँ पाउने अवस्था थिएन । यहाँ अरू विदेशीले अपार्टमेन्ट, सुविधासहित २ हजार डलर मासिक तलब खाइरहेका बेला म उही योग्यता र दक्षता भएको नेपाली शिक्षक ले ३ सय डलर मासिकमा चित्त बुझाउनुपर्ने अवस्था थियो । पछि जेभियर एकेडेमी, काठमाडौं भ्याली स्कुल, रातो बंगलामा पनि केही समय पढाएँ ।

अर्कातिर अर्कै संसारको उत्खनन, उद्बोधन गर्ने अभिलासा मनमा थियो । यो संसार हेर्ने इच्छा थियो । खासमा म ६५ वटा देशका विद्यार्थीहरूमाझ पढेको हुँ, इटालीमा । त्यो कलरफुल संगत र दुनियाँको मोहले मलाई बाहिरी जगत्मा तानेर लगेको हो । अझ भन्ने हो भने बाहिर जानु 'नशा' झैं भइदियो । म एकै ठाउँमा लामो समय अडिएर बस्नै सक्दिनँ, यसकारण फिरन्ता बनें । कुनै नयाँ ठाउँमा जाने र शून्य बिन्दुबाट काम थाल्ने बानी सानैबाट हुर्कियो । नयाँ ठाउँ भन्नासाथ सामान किन्ने, नयाँ रहनसहन पहिल्याउने, खाने, स्वाद खोज्ने आदि काम पनि नयाँ हुन्छ । यो स्वादले झन्डै २५ वर्षसम्म मलाई पछ्याइरह्यो । हो, मेरानिम्ति सुरुमा नयाँ ठाउँ जानुमा स्वाद र नशा थियो, अहिले यही कुरा पीडा बनेको छ ।

सबैले मलाई सोधिरहेका छन्, खासमा कतारको स्कुलमा के भएको हो ? तिमीले के-कस्तो अपमानजनक शब्द बोल्यौ ? किन तिमी जेल पर्‍यौ ? आदिआदि । दोहास्थित कतार एकेडेमी इन्टरन्यासनल स्कुलमा म दुई वर्षअघि (२०११ अगस्ट) गएको हुँ । त्यहाँ माध्यमिक तहमा म केमेस्ट्री पढाउँथें । मलाई कतिपय साना कक्षाका विद्यार्थीले मेरो अनुहार, हुलिया हेर्दै चिनियाँ भनेर जिस्क्याउने गर्थे । कहिले ज्याकी चाङ भन्थे, कहिले चिनियाँ भाषाको नक्कलमा जिस्क्याउँथे । अपि्रल १६ का दिन कक्षाकोठाबाट बाहिर निस्कँदा पनि त्यस्तै स्थिति फेस गर्नुपर्‍यो । कक्षा ७ मा पढ्ने विद्यार्थीले मलाई मेरो नाम, पहिचानसहित जिस्क्याएकोमा 'मलाई त्यसो नभन, म नेपाली हुँ' मात्रै भनेको हुँ । अझ जिस्क्याउने क्रम बढेपछि कसैले तिमीलाई 'टेरोरिस्ट' भनेर भनिदियो भने कस्तो हुन्छ भनेर अंग्रेजीमा भनेको हुँ ।

यो कुरा यत्तिकैमा सकियो ।

तर मैले जनाएको प्रतिवादको अनर्थ लगाउँदै ती विद्यार्थीले घरमा गएर अभिभावकलाई भनेपछि मेराविरुद्धमा स्कुलमा उजुरी परेको रहेछ । म आफ्नै सुरमा रहेका बेला अपि्रल २१ देखि स्कुल छाडनुपर्ने नोटिस मलाई दिइयो । ठीकै छ, मेरो कार्य सम्झौता पूरा भएर म मे ३ मा घर फिर्ने भएकै थिएँ । त्यसैबीच मलाई मे १ मा प्रहरीले फोन गरेर बोलायो, अल रायन स्टेसनमा गएँ । मलाई त्यही चौकीमा थुनिहाल्यो ।

'इस्लाम धर्मकै अपमान गरेको' भन्ने चार्ज ममाथि लगाइएको रहेछ ।

त्यसपछि बयानहरू सुरु भयो, जेलभित्रको बास सुरु भयो । अल-रायनको कारागारमा अरू नेपालीहरू पनि भेटिए । अढाइ वर्षदेखि गुमनाम स्थितिमा बसिरहेका नेपाली पनि थिए । मेरै कोठामा १० जति नेपाली थिए । तिनका छेउमा न कोही भेटघाटमा आएको रहेछ, न दूतावास वा अरू निकायको सम्पर्क रहेछ । म भने एउटा शिक्षक भएकाले हो कि, बाहिरतिर चासो र चर्चा छाइसकेको रहेछ । मे ९ तारिखमा अदालत लगेपछि मलाई दुई सातापछि अर्को म्याद दिइएको थियो, तर एकाएक १२ तारिखमा जेलका इन्चार्जले मैले छुट्कारा पाएको खबर ल्याए । पछि कारण थाहा भयो, मविरुद्धको उजुरी सम्बन्धित उजुरीकर्ताले फिर्ता लिएका रहेछन् ।

त्यो १२ दिनको अनाहकको जेलयात्राले आज मेरानिम्ति जीवनको अर्को परिभाषा, अर्को मोड निम्त्याएजस्तो अनुभव भइरहेको छ । मेरासामु धेरै खालका संस्कृति, सभ्यता, जीवनशैली आए र गए । शिक्षक बनेर बसेकै बेला अफ्रिकामा आफ्नै गाडी थियो, भियतनाममा पब्लिक बस चढ्थें । यति मुलुकमध्ये भियतनाममा भने शैक्षिक स्थिति निकै नाजुक पाएँ । त्यहाँ इन्टरनेसनल स्कुल भने पनि ९० प्रतिशत विद्यार्थी स्थानीय थिए । अजरबैजान, मलावी निकै गरिबीको स्थितिमा रहेछन् । यसरी म गरिब मलावीदेखि सबैभन्दा धनी कतारसम्म पुगें । यसपाला म घर र्फकनमा संसारभरका मेरा विद्यार्थी र साथीभाइले समर्थन जनाए, सपोर्ट दिए । समयमै परराष्ट मन्त्रालयमा गएर चिफ अफ प्रोटोकललाई भेट गर्दै मेरो बुबा कर्मछिरिङ गुरुङले आवेदन दिएपछि यो औपचारिक प्रक्रियाले पनि मलाई जेलमुक्त गराउनमा मद्दत गरेको हुनुपर्छ । तर मजस्तै अप्ठ्यारोमा परेका, थुनामा बसेका कैंयौं छोराहरूका लागि यति औपचारिक प्रक्रिया थालिदिने पनि यहाँ कोही छैन, धेरै कुरा भाग्यभरोसा छ ।

कतार सम्झनासाथ एउटा घटना सम्झन्छु, भिलाजियो मलमा खाना खान बसिरहेका बेलाको एउटा घटना छ । भुइँमा पोखिएको केहीमा चिप्लिएर हुन सक्छ, हामी नजिकै एकजना महिला नराम्ररी लडिन् । नजिकै त्यस्तो अवस्था आएपछि स्वभावतः म र मेरो एकजना बि्रटिस साथी टेबुलबाट उठेर ती महिलालाई उठाउन गयौं । तर फेरि एकाएक एउटा चेतनाले काम गर्‍यो, 'होइन, उठाउन मिल्दैन । उठाउनु हुँदैन ।'

फेरि केही अवगाल आइपर्ला, नियतबस महिलालाई छुन गएको अनर्थ लाग्ला । अनि हामी सम्हालियौं । यति सावधान र सचेत भइरहेका बेला मैले कसरी अरूको धर्म, दर्शनमाथि कुरा गर्न सक्थें ? अर्कातिर म बुद्धिस्ट पृष्ठभूमिको व्यक्ति हुँ । रसायनशास्त्र, दर्शन र धर्मको तादात्म्य रहन्छ नै । तर फरक के मात्रै हो भने अरू सबै देशहरूमा धर्म र दर्शनसँग जोडेर विज्ञानको गफ गर्न सकिन्थ्यो भने कतारमा रसायनशास्त्रबाहेक कुनै कुरा भएन । कहिल्यै त्यसरी जोडेर कुरा गरिनँ ।

कतारस्थित मेरै स्कुलमा पनि केही गार्ड, सेक्युरिटी, स्विपर र बाहिरबाट बच्चा लिएर पुर्‍याउन आउने नेपाली हाउसमेड थिए, देखिन्थे । 'वर्कस एपि्रसिएसन डे' भनेर स्कुलका विद्यार्थीसँग मिलेर कामदारहरूबीच खेलकुद, चिठ्ठा कार्यक्रम आदि हुन्थे । म सनैया इन्डस्टि्रयल एरियामा गएको छु । नेपाली श्रमिकको श्रम-पसिनाको महत्त्व नजिकबाट बुझेको छु । हाउसमेडको बिजोग स्थिति देखेको छु, सुनेको छु । हामी प्रोफेसनलहरू (दक्ष श्रमिक) कै सामुमा पनि स्कुलका पेभमेन्टमा हिँड्दा हाउसमेडहरू छेउ लाग्थे, उनीहरू आफूलाई तल्लो दर्जामा रहेको अनुभूत गरिरहेका हुन्थे । मलाई थाहा थियो, खाडी मुलुकका श्रमिकको स्थितिबारे । ह्युमन राइट वाच अथवा लेबर अर्गनाइजेसनका रिपोर्ट पढ्थें, फेसबुकमा लिंक पनि राखेको छु ।

मेरो एउटा भाइ अहिले पनि गुम्बामा लामा छ । म मानवतावादी बुद्धिस्ट हुँ, पुरातनवादी होइन । मैले बाहिरी दुनियाँमा थुप्रै असल मानिसहरू पनि देखें । काला, गोरा मानिस देखें । धार्मिक, अधार्मिक भेटें । तर मानवता भन्ने कुरा एउटै हो । मैले मलावीमा शिक्षक भएर सम्मानको उचो अनुभूति गर्न पाएँ भने कतारमा आइपुगेर नेपाली भएकाले सबैभन्दा तलको 'मानव' भन्ने फिल पनि गरें । यो सामाजिक प्रतिष्ठा भन्ने कुरा केमा निर्भर छ भन्ने आधारमाथि बहस गर्नु निरर्थक छ । यो सबै हामीले बनाएको हो । एउटा बच्चा गुमाउँदा अफ्रिकामा हुने आमा जति प्रताडित हुन्छिन्, त्यति नै नेपालकी आमा पनि आफ्नो सन्तान गुमेकोमा रोइरहेकी हुन्छिन् । यो भावना, यो संवेदना सबैतिर उही हो । तर कतै नेपाली भनेर, कतै गोरे भनेर, कतै काले भनेर हेपिनुपर्ने स्थिति छ । यो परसेप्सन हो, हेराइ र आ-आफ्नै बुझाइ मात्रै हो ।

अब म घर फर्केर आएको छु, सधैंका लागि । मैले सानैदेखि चाहेको र केही योजनासमेत बनाइसकेको च्यारिटी काममा म अब लाग्नेछु । यहाँ निजी र सरकारी दुई तहको शिक्षाका कारण दुई तहकै नागरिक जन्मिरहेका छन् भन्ने थाहा छ । सरकारी तहको कुरा गर्दा १ कक्षामा भर्ना भएका १ सय विद्यार्थीमध्ये एसएलसी पास गर्दासम्म १५ जना हुन्छन् भन्ने मलाई थाहा छ । यसकारण सरकारी/सामुदायिक स्कुल मेरो चासोको विषय बनेको छ । अब सरकारी र सामुदायिक स्कुलमा विज्ञान विषयको प्रवर्द्धनलाई च्यारिटीमा लाग्नेछु । ल्याब, साइन्स सेन्टर खोल्ने काम हुनेछ । यहाँ प्राविधिक शिक्षा छैन, 'स्किल-डि्रभन' शिक्षा छैन, यसतर्फको सचेतना अब मेरो केन्द्रमा रहनेछ । मैले सिन्धुपाल्चोक, मुस्ताङका केही स्कुल हेरिसकेको छु ।

अर्कातिर मेरो आफ्नै कुरा पनि छ । मेरो अर्को पुस्तासँग सम्बन्ध नरहेको अवस्था छ । घरपरिवारमा ' दोर्जे अंकल' भन्ने धेरैले सुनेका छन् । तर योदोर्जे को हो, धेरैले चिन्दैनन् । हो, म यही पातलिएको सम्बन्ध अब बाक्लो बनाउन चाहन्छु । मेरो एउटा भतिज जापानमा छ जसलाई मैले आजसम्म भेटेकै छैन । मलाई यस्ता कुरामा केही खेद छ । ' दोर्जे बाहिर छ' भन्छन् सबैले । परिवार, आफन्त र आफ्नै समाजमा जोडिने दिन कहिल्यै आएन । मेरो इच्छा थियो, २२/२५ को उमेरमा बिहे गर्नेछु । बेलैमा छोराछोरी हुर्काउनेछु । तर यो सम्भव भएन । फिरन्ता बनेरै जीवनमा 'सिङ्गल' रहिरहें ।

र, अर्को कारण हो म अब थाकें, अब कति घुमिरहने ? पैसा कमाउनु थियो, कमाएँ । मलाई पुग्यो भन्ने स्थितिमा कहिले पुग्ने ? मलाई थाहा छैन । यसपटक 'रियलाइजेसन' अलिक बढी भएको पक्कै हो ।

मैले आफ्नो घर फिर्तीलाई कताकता भगवान् बुद्धको जीवनचक्रको अर्को रूप ठानेको छु । फरक यत्ति छ- भगवान् बुद्ध भित्री दुःखको कारण पहिल्याउन घर छाडेर हिँडेका थिए । म भने बाहिरी दुःखको कारण हैरान बन्दै घर फिरेको छु ।


 
Posted on 05-18-13 9:33 PM     [Snapshot: 370]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 very nice article. Dorje sir, wish u all the best for your future endeavors.
 
Posted on 05-18-13 9:56 PM     [Snapshot: 393]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters