[Show all top banners]

rid
Replies to this thread:

More by rid
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

stopthewar
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepal Tourists: Chinese are more cheaper then Indians
[VIEWED 10815 TIMES]
SAVE! for ease of future access.
Posted on 09-25-12 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिनियाँभन्दा भारतीय पर्यटक खर्चालु


काठमाडौं, ८ असोज - चिनियाँ पर्यटकको संख्या बर्सेनि बढ्दै गए पनि खर्च गर्ने पर्यटक भने घट्दै गएका छन् । चिनियाँको तुलनामा भारतीय पर्यटकको खर्च तीन गुणा बढी हुने गरेको छ । पर्यटन व्यवसायीका अनुसार कम खर्चिने चिनियाँका कारण पर्यटन क्षेत्रबाट प्राप्त हुने समग्र आम्दानी बढ्न सकेको छैन ।
“पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटकले न्यून खर्च गर्ने देखिएको छ,” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का महासचिव अच्युत गुुरागाईंले भने । उनका अनुसार हाल स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने चिनियाँले दैनिक २० डलरमात्र सरदर खर्च गर्ने गरेका छन् भने हवाई मार्ग हुँदै आउनेले ४० डलरसम्म ।
“भारतीय पर्यटक भने खर्च गर्ने खालका हुन्छन्,” गुरागाईंले भने, “भारतीयले दैनिक औसत ६० डलरसम्म खर्च गर्छन् । नेपालले चिनियाँभन्दा भारतीय पर्यटक बढाउन ध्यान दिनुपर्ने देखिएको छ ।”
नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक पछिल्लो ६ वर्षमा सात गुणाले बढेका छन् । केही वर्षअघिसम्म नेपाल आउने चिनियाँले दैनिक सरदर ५० डलरसम्म खर्च गर्ने गरे पनि हिजोआज ४० डलर र स्थलमार्ग हुँदै आउनेले २० डलरमात्रै खर्च गर्ने गरेको पर्यटन व्यवसायीले गरेको अनौपचारिक सर्र्वेक्षणले देखाएको छ । तर, भारतीयले औसत ६० डलर तथा अमेरिकी तथा युरोपेलीले ७० डलरभन्दा बढी खर्च गर्ने गरेका छन् ।
पछिल्लो समय चिनियाँ पर्यटक स्थलमार्ग हुँदै बढी आउन थालेका छन् । उनीहरूमध्ये धेरैजसो स–साना व्यापारका लागि मात्र आउने गरेका छन् । त्यस्ता, पर्यटकले सकेसम्म सस्ता होटल तथा लज खोज्ने गरेको व्यवसायीको अनुभव छ । भारतीय पर्यटकहरू भने तारे होटलमा बढी बस्छन् ।
“चिनियाँ पर्यटक धेरै संख्यामा व्यापारिक दृष्टिकोणले काठमाडौं आउँछन् र एकदमै न्यून खर्चमा भ्रमण सकाउँछन्,” गुरागाईंले भने ।
चिनियाँ पर्यटकको संख्या ६ वर्षमा सात गुणाले बढेको छ । सन् २००६ मा हवाई मार्ग हुँदै नेपाल भ्रमण गर्ने चिनियाँको संख्या जम्मा ६ हजार ५ सय ३१ मात्र रहेकोमा २०११ साढे सात गुणाले बढेर ४५ हजार ४ सय पुगेको थियो ।
चिनियाँ पर्यटकको संख्या सन् २०१२ का आठ महिनामा पनि उल्लेख्य रूपमा वृद्धि भएको छ । यो अवधिमा ३१ हजार २ सय ४ चिनियाँले नेपाल भ्रमण गरेका छन्, जुन गत वर्षभन्दा २७.५ प्रतिशतले बढी हो । “पछिल्लो तथ्यांकले नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य पुष्टि गरे पनि उनीहरूले खर्चचाहिँ घटाउँदै लगेका छन्,” गुरागाईंले भने ।
चिनियाँहरू सहरी तथा सुविधासम्पन्न क्षेत्रमा घुम्न मन पराउने भएकाले टुर गाइड बढी मात्रामा जाने गरेका छन् । नेपालमा चिनियाँ पर्यटकका लागि २० वटा टुर एन्ड ट्राभल्सले काम गर्दै आएका छन् ।
गत वर्ष नेपाल सरकारले मनाएको ‘पर्यटन वर्ष २०११’ मा १ लाख चिनियाँ भिœयाउने लक्ष्य थियो । तर, अब संख्यात्मक रूपमा मात्र नहेरेर गुणस्तरीय पर्यटक भिœयाउन जोड दिनुपर्ने गुरागाईं बताउँछन् ।
 
Posted on 09-25-12 10:30 PM     [Snapshot: 71]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

honkong ma basnni chinese hoina hola
 
Posted on 09-26-12 8:07 AM     [Snapshot: 313]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

These Chinese / Koreans are same all over the world. They are cheap by born.
 
Posted on 09-26-12 9:02 AM     [Snapshot: 398]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सब्द नै आएन कसरि बर्णन गर्ने: डेलिभरी   पनि भ्याइयो , गरियो |
चाइनिज खाने पनि तेस्तै ७.९९ भोजन डेलिभरी ,  अनि दिने ८ अनि भन्ने KEEP THE CHANGE .
एघार बजे घरमा गएर Dinner खानु पर्ने ? 
Russel को चाइनिज बारे को प्रहर्सन हेर्नु भएको छ ?
Here it is.

https://www.youtube.com/watch?v=PPa9HQmBmqc


 
Posted on 09-26-12 9:54 AM     [Snapshot: 501]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This article is bullshit. It does not state how many indians are coming in compare to the numbers of chinese. How can you compare small inflow of genuine chinese tourist to the number of massive indian pour ? And how do they keep track that indians are spending money on genuine tourism purpose and not investing etc?
 
Posted on 09-26-12 10:15 AM     [Snapshot: 545]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो केइ होइन भोटेहरुलाई चाक सेक्ने गरी ट्याक्स हान्ने बेला भको हो !

 
Posted on 09-26-12 11:58 AM     [Snapshot: 658]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Are Koreans really that cheap? Not that I've ever hung out w/ them, I'd never come across anybody who'd referred to them as 'cheap'. 

 
Posted on 09-26-12 12:43 PM     [Snapshot: 724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Some execptions but they are.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters