[Show all top banners]

kya_naam_disturb
Replies to this thread:

More by kya_naam_disturb
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

emerald911
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बाधिएको सुरक्षाकर्मी, साघुरिएको सञ्चारकर्मी
[VIEWED 3102 TIMES]
SAVE! for ease of future access.
Posted on 02-09-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाधिएको सुरक्षाकर्मी, साघुरिएको सञ्चारकर्मी


http://www.thikthak ( ko site bata le ko ho khoi sajha le .com bhanera include garna dena).com/entertainment/articles/articles-nepali.php?subaction=showfull&id=1170891230&archive=&start_from=&ucat=10&


माघ २१ गते पोखराबाट १० कि.मि. पूर्व लेखनाथ नगरपालिकाको शिशुवा प्रहरी चौकीका र्सइलाई गाउलेले बिजुलीको पोलमा बाधेका थिए । आडैमा प्रहरी नायब उपरिक्षकको कमाण्डमा सयौ प्रहरी रमिते भएका थिए । गाउले कुर्ली कुर्ली गाली गर्दै थिए ।
बेलुका एक ट्याक्टरले मोटरर्साईकललाई हान्दा मोटरर्साईकल चालक नरेन्द्र जिसीको मृत्यू भएको थियो । यो सडक दुर्घटना हो तर प्रहरीलाई गाउलेको आरोप घटना थाहा पाए पछी बेलैमा र्घाईतेलाई उद्धार नगर्नाले प्रहरीको लापरवाहीले उसको मृत्यू भएको हो भन्ने थियो । यही आरोपमा र्सइ महेन्द्र व खत्री ६ घण्टा बाधिए,पृथ्वी राजमार्ग पनि अवरुद्ध पारियो । हामी सगै गएका सञ्चारकर्मी भन्दै थिए- बिना अपराध सुरक्षाकर्मी माथी भएको यो ब्यावहारले हाम्रो देशमा अराजकता बाहेक केही बिकास हुदैन । यतीबेला नै तर्राईमा आन्दोलनको आगो बलिरहेको छ । बेलुका समाचारमा बिराटनगरमा ५ सञ्चारकर्मी लाई आन्दोलनरत फोरमका कार्यकर्ताले कुटेको खवर आयो । बिरगञ्जका पत्रकार साथी पंकज श्रेष्ठ भन्छन मलाई त ससस्त्र प्रहरीले खोजी खोजी पिट्न आयो । अहिले घरबाट बाहिर निस्केकै छैन । केही सञ्चारकर्मी त भुमिगत जस्तै छन । तर्राईको आन्दोलनमा थुप्रै पत्रकार पिटिएका छन । धेरै र्सवसाधारणको ज्यान गएको छ । अरवैाको सम्पत्ती नष्ट भएको छ ।

अहिले त सवैको छाती साधुरिदै गएको छ । दोश्रो विश्वयुद्ध लडेका एक हजुरबुबा गमानसिह गुरुङ भन्नुहुन्छ -उनताका गोर्खालीको बिरता देखेर आफ्नै पल्टनको अंग्रेज कमाण्डर पनि हामीसग डराउथ्यो । बिर गोर्खाली भनि बिश्वले चिन्थ्यो । पल्टनमा छदा नम्बरले चिन्थे बाहिर निस्कदा गोर्खे बहादुर भनि चिन्थे । बिदेशमा म नेपाली भनेर चिनाउदा गर्वले छाती फुल्थ्यो । नेपाल आए पछी गाउ पसे पछी सवै जातीको प्यारो लाहुरे बने । जात, धर्म, भाषा र सस्कृतीले हामी गाउलेको होस्टेमा हैसे गर्न अप्ठारो पारेन । अझ हामी फरक हौ भन्ने आभाष सम्म पाईन । दुख छाडेर सुख खोजियो शहर पसियो । तर केही वर्षयता जनजाती आदीबासी नारा आयो अझ आफ्नै प्रदेशका कुरा भैरहेछ । हिजोको साथीभाई अर्कै प्रदेशको ठानिदै छ । मलाई लाग्छ म जस्ता बिर नेपालीको छाती दिन प्रतिदिन साधुरिदै गएको छ ।
गएका वर्षा कैयौ आन्दोलन भए । त्यसबेला निरंकुशता ढालेर जनताको शासन आए पछी जनताले दुख पाउने छैनन भन्ने सवैको मनमा थियो । परिर्वतन पछी सरकारी कामकाजको रवैया पुरानै रह्यो । जस्तै असार २ मा एक महिना भित्र सारा परिवंर्तन हुन्छ भन्ने र्सार्वजानिक घोषणा गरिए पनि ६ महिना केही भएन । जनतामा रहेको भावना बाहिर आउन थाल्यो । हतियार उठाएर गणराज्य अर्थात संघात्मक राज्य प्रणाली र स्वायत्त प्रदेशको पाठ पढन सिकाउने देखी राजानै देश बिकासको कारक तत्व हो राजाको निरंकुशता हटेपछी देश बिकास गर्र्छौ भन्नेहरु नै दलगत स्वार्थमा लागे । जनता बिर्से ठानी फेरी साम्प्रदायिक नाराका साथ तर्राईका मधेसी आन्दोलित बने । घुसपैठ र अपराधिक तत्वले प्रसय पाए । त्यसैको परिणती अहिले नेपालले भोग्दै छ । भोली फेरी जनजाती आदीबासी वा अन्य कुनै नाममा यस्तै नहोला भन्ने छैन । चुनावको बेला कुनै पनि राजनैतिक पार्टिले सुरक्षाकर्मी नबाध्लान र सञ्चारकर्मी नकुट्लान भन्ने ग्यारेन्टी छैन । अव हरेक र्सवसाधारणले सिके र उनीहरुको मानसिकता आन्दोलित बनेको छ । जनताको आन्दोलित क्रियाकलाव र सरकारको हेपाहा प्रबृतीको बिचमा हामी सञ्चारकर्मी र सुरक्षाकर्मी नै परिरहनु यो देशको दुभाग्य हो ।
जनआन्दोलन पछी देश आएको परिर्वतनले शान्ति र बिकासको अपेक्षा सवैले राखेका थिए । त्यसै समाजको एक सञ्चारकर्मीले पनि आफ्नो पेशागत उज्यालो भविष्यको कामना राख्नु अर्थात छाती ठुलो ठान्नु मर्ुखता हैन । केही दिन यता देशमा देखिएको असहज परिस्थितीले त यो पेशाले बाच्न सकिन्छ भन्ने कुरामा ठेस लागेको छ, छाती झनझन साघुरिदै गएको छ । यो देशका सञ्चारकर्मी पनि पासपोर्ट बनाएर मजदुरीका लागि खाडी तिर जानु पर्ने बाध्यता आउन थालेको छ । हजारौ नेपाली बिदेशीनुको मर्मले हामीलाई पनि र्स्पर्श गर्न थालेको छ । न्युन तलवमा गुजारा गरी घर परिवारको वास्ता छाडेर आवाज बिहिनको आवाजको प्रतिनिधीत्व गर्ने स्वतन्त्र श्रमजिवी पत्रकारलाई आफ्नो प्रचार आफुले भने झै गरिदिएन भनेर सिमित घेरामा राखी हरेक पक्षले कुट्ने हो भने जनतालाई सत्यतथ्य सुचना कस्ले दिने -सञ्चारगृह तोडफोड गर्ने हो भने कहाबाट कसरी समाचार सम्प्रेसण गर्ने - यस्तै सामान्य तलव र सुबिधामा देश र जनताको सुरक्षा गर्छुनि गाउको प्रहरी चौकीमा आएका सुरक्षाकर्मीलाई बिना कसुर पाता फर्काएर गाउलेले बाध्ने वा तरवारले छप्काएर मार्ने हो भने गाउमा चोर पस्दा सुरक्षा कस्ले दिने - यो राज्यको दण्डहिनताको स्थिती कहिलेसम्म - दोषको भागीदार को - हाम्रो पेशा र ज्युधनको सुरक्षा कस्ले गर्ने - के यस्तो मानसिकतामा बाचेर पत्रकारले स्वतन्त्र प्रेसको भूमिका निर्भाह गर्न सक्लान - जनआन्दोलन पछी पत्रकारको जिवनस्तरमा परिर्वतन हुने लक्षण सम्म पनि किन देखिएन - के यो देशमा श्रमजिवी पत्रकारको कुनै भूमिका छैन - यस्ता धेरै प्रश्नको जवाफ पाउन कस्को कस्तो सरकार कुर्नु पर्ला -
घनस्याम पौडेल, पोखरा



##########

Hamro Desh :D

 
Posted on 02-09-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A dismal scene ! People are angry with the system (actually the lack of ) and they are expressing it through whatever comes handy. My heart goes to this police officer who probably did not fail in his duty and to the people who are yet to learn/find the right way/system in place as well.

Nepe
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters