[Show all top banners]

panimantare
Replies to this thread:

More by panimantare
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कोकलेगर्‍यो उपभोक्तामाथि जोक
[VIEWED 9525 TIMES]
SAVE! for ease of future access.
Posted on 04-15-11 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

http://www.mysansar.com/archives/2011/04/id/18354#more-18354

कोकले गर्‍यो उपभोक्तामाथि जोक

कोकाकोलाको एउटा विज्ञापन देख्‍नुभएको होला तपाईँहरुले टिभीमा। बसमा बसिरहेको एक यात्रुले फोन गर्न खोज्दा मोबाइलमा ब्यालेन्स हुँदैन। त्यतिकैमा उसले एक जना कोक बेच्नेलाई देख्‍छ। उसले कोक किन्छ र मोबाइलको ब्यालेन्स रिचार्ज गरी फोन गर्छ।

पत्रपत्रिकाहरुमा र कोक बेच्ने पसलहरुमा पनि ठूल्ठूलो अक्षरहरुमा लेखिएको हुन्छ- कोकाकोला पिउनुस् र जित्‍नुस् रु ५० लाखसम्मको टकटाइम।

कोकाकोलामा उत्पादनहरुको बिर्कोमुनि रहेको युनिक कोड ६३६३ मा एसएमएस गरी पठाएपछि टक टाइम जित्‍न सकिने ती विज्ञापनहरुमा लेखिएको हुन्छ।

तर विज्ञापन झुटो रहेछ। मायोज चाउचाउले कार उपहार भनी ठूल्ठूलो विज्ञापन छापेर कार उपहार परेका उपभोक्ताले लिन जाँदा ‘कहाँ साँच्चिकै कार दिने भन्या हो र, खेलौना कार पो दिने भन्या त, एउटा हैन दुइटा लैजा’ भन्या जस्तै यो ५० लाखसम्मको टक टाइम पनि जोक मात्र रहेछ। कति घटिया जोक भने ५ पैसाको पनि टकटाइम कोकाकोलाले दिँदैन।

विज्ञापनमा भने जसरी नै एसएमएस पठाउँदा विज्ञापनमा बाचा गरे जस्तै मोबाइलको टकटाइम आउँदैन, तपाईँको मोबाइलमा आउने जवाफ यस्तो पो हुन्छ-

<[Disallowed String for - i frame not allowed] allowtransparency="true" frameborder="0" height="280" hspace="0" marginwidth="0" marginheight="0" scrolling="no" vspace="0" width="336" id="aswift_1" name="aswift_1" style="left: 0px; position: absolute; top: 0px; "> 

ल हेर्नुस् त, कतिसम्म हेप्या होलान् उपभोक्तालाई ? रिचार्ज गर्ने (टकटाइम दिने) भन्ने अनि जोन प्लेयर्सको सर्टमा १० % डिस्काउन्ट दिन्छु भन्ने ? त्यो हजार रुपैयाँ घटीमा नआउने सर्टमा यत्तिकै पनि १० % डिस्काउन्ट पसलेले दिन्छन्।

अहिलेसम्म मैले नौ-दश वटा कोड पठाएँ, सबैमा यही डिस्काउन्टवाला सूचना आयो। अरु साथीहरुले नि कसैले पनि टकटाइम पाएको मैले सुनेको छैन।

लु भैगो नि त, १० वटा बिर्को लिएर गए त १००% डिस्काउन्ट हुन्छ, एउटा सर्ट सित्तैमा ले भन्न जान्छु भनेर सोधेको त त्यो नि हुन्न रे। एउटा सर्टमा एउठा बिर्कोको डिस्काउन्ट मात्र लागू हुन्छ रे। भनेपछि यो त सीधै ठगी भएन र ? उपभोक्तालाई एउटा दिन्छु भने अनि त्यो नदिई अर्कै दिने गर्न पाइन्छ ?

पत्रिकाको विज्ञापन र टेलिभिजनको विज्ञापनमा स्पष्टसँग मोबाइलको टकटाइम दिने र रिचार्ज गर्ने भनिएको छ। त्यसैले पाँच पैसा नै सही, टकटाइम दिनु कम्पनीको दायित्व हो। तर पैसा पाउने त कुरै छाडौँ, एसएमएस गरेवापत् एक रुपैयाँ (करको त छुट्टै पैसा जोड्नै बाँकी छ) समेत झ्वाम हुन्छ।

अझ हाँसउठ्दो कुरा, हिजोको विज्ञापनमा त १ लाख ग्राहकले रिचार्ज गरिसके, तपाईँ नि गर्नुस् भनिएको छ। भनेपछि एक लाख मुर्गा बनाइसकेछन् र फेरि पनि मुर्गा खोज्दै रैछन्।

यदि विज्ञापनमा गरेको वाचा पूरा गरिँदैन भने त्यो उपभोक्तामाथिको ठगी हो। उपभोक्तालाई ठग्ने विज्ञापन गर्नु अपराध हो।

के उपभोक्ता अधिकारवादी संस्थाहरुले यसमा ध्यान देलान् ? गलत सन्देश दिने  विज्ञापन बनेको भन्दै सञ्चार मन्त्रालयले यसअघि रियल डिजिटल केबलको विज्ञापन टेलिभिजनमा प्रतिबन्ध लगाएको थियो। उपभोक्तालाई ठग्ने नियतले बनाइएका यस्ता विज्ञापनबारे सञ्चार मन्त्रालयले केही सोच्छ कि सोच्दैन ?

यी र यस्ता विज्ञापनहरुले नेपालमा विज्ञापनको नियामक निकाय जरुरी भइसकेको पनि देखाएको छ।  नत्र जसले जे मन लाग्यो त्यही विज्ञापन बनाउने क्रम बढ्छ। पक्कै पनि विज्ञापन आफ्नो उत्पादनको प्रचार, प्रवर्द्धन गर्न नै गरिन्छ। तर विज्ञापनमा पनि केही निश्चित आचारसंहिता हुन जरुरी हुन्छ। नेपालमा अहिलेसम्म यसबारे कुनै व्यवस्था नै छैन। यस्ता विज्ञापनले त्यसबारे सोच्न हतार भइसकेन र ?

 
 
 
 
 
 
 
 
4 Votes

 

 

<[Disallowed String for - i frame not allowed] src="http://www.facebook.com/plugins/like.php?href=http%3A%2F%2Fwww.mysansar.com%2Farchives%2F2011%2F04%2Fid%2F18354&layout=standard&show-faces=true&width=450&action=like&colorscheme=light" scrolling="no" frameborder="0" allowtransparency="true" style="border-top-style: none; border-right-style: none; border-bottom-style: none; border-left-style: none; border-width: initial; border-color: initial; overflow-x: hidden; overflow-y: hidden; width: 450px; height: 26px; ">

Related posts:

  1. बालुवाटारमा राजालाई मृत्युदण्डको 'जोक'
  2. यो जनआन्दोलनको फोटो हैन
  3. अनुमान लगाउनुस्, कुन ठाउँ हो यो ?
  4. “यो सर्भाइभलको प्रश्न हो”
  5. यो फिल्मको दृश्य हैन

 
Posted on 04-15-11 10:49 AM     [Snapshot: 55]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठगै ठग्ले शासन गरेको देश , टाठा बाठा ले सोझा साझा माथि
पढे लेखेकाले उन्पढ माथि , बलियाले दुब्ला पातला माथि

उडुस को देश हो यो , सक्तिसाली भए छन
दिन दहडै , खुलम खुल्ला , डकैति भन्दा माथि
के शब्द छ ?
हामी जगली राज्यका भेडा  बाख्रा भायौ । 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters