[Show all top banners]

fight for freedom
Replies to this thread:

More by fight for freedom
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 March 26, It is time to Unite at Europe
[VIEWED 7971 TIMES]
SAVE! for ease of future access.
Posted on 03-24-06 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१३ चैत (२६ मार्च) का दिन पेरिसमा पारस दम्पतीलाई कालो झण्डा देखाउने कार्यक्रममा सहभागी बनौं

नेपालमा यतिखेर चौतर्फी हाहाकार छ। जनता हत्या, हिंसा, नाकाबन्दी र राज्यआतंकले पिडीत छन्। राजनीतिक नेता, मानवअधिकारकर्मी, नागरिक समुदायका प्रबुद्ध बर्ग, विद्यार्थी र पत्रकारहरुलाई जेल र नेल लगाइएको छ। न्याय दिने न्यायलयलाई नै बन्दी बनाउने प्रयाशमा सरकार स्वयं लागिपरेको छ। दैनिक मारकाट र रगतको खोलो मुलुकमा बगिरहेको छ। नागरिकहरु अधिकार प्राप्तीको लडाइँमा ज्यान छोडेर लागिपरेका छन्। जनताको आकांक्षा चाहना र भावनाको प्रतिनिधित्व गर्ने प्रजातान्त्रिक दलहरुलाई सडकमा लखेटेर सीमित भ्रष्टाचारी तथा प्रजातन्त्र बिरोधी र अपराधीहरुका भरमा राज्य चलाइएको छ। जनताद्वारा बनाइएको संविधानको घाँटी निमोठेर १ शय ५० भन्दा बढी अध्यादेशका भरमा राज्य चलाइएको छ।
जनतालाई एक गोली सिटामोल र पिउने पानी छैन। झाडा-पखाला, टाइफाइड, जुका र कुपोषणका कारण बर्षेनी हजारौं बालबालीकाहरु अकालमा मरिरहेका छन् तर शासनमा बसेका दरवारीया र भ्रष्टाचारीहरु भने बर्षपिच्छे आफ्नै परिवारको भत्ता बढाउन तल्लीन छन्। दरवारभित्रको न्वारान र पास्नी तथा बिहे भोज लगायत जन्म उत्सवहरुमा राज्यको करोडौ रुपैया खर्च हुने गरेको छ। मुलुकमा गतिलो स्वास्थ्य सुबिधा छैन तर सत्तासिनहरु बिरामी भएको निहुँमा विदेशमा लाखौं रुपैयाँ खर्च गरेर उपचार गराउँछन्। जनतासँग एकजोर चप्पल छैनन् तर दरवारीयाहरु करोडौ रुपैयाँ पर्ने यूरोपेली गाडीहरु चढ्छन्। जनतालाई औषधी रोजगार खानेपानी शिक्षा जस्ता अत्याबश्यक बस्तुहरु उपलव्ध गराउनुको सट्टा दरवारीयाहरु अर्थहीन निजी भ्रमण गरेर विदेशमा मोजमस्ती गरिरहेका छन्। राज्यको सम्पती उडाएर हुने गरेका यस्ता भ्रमणहरुबाट राज्यले कुनै उपलव्धी पाउन सकेको छैन। यसै क्रममा अहिले युवराज दम्पती यूरोप भ्रमणमा छन्। अष्ट्रियाका चान्सलरबाट बोलाइएको भन्दै ढाँटेर गरिन लागेको यो भ्रमणमा राज्यकोषबाट ६ करोड रुपैयाँ स्वाहा हुने भएको छ। यो भ्रमणले मुलुकमा कुनै पनि परिवर्तन गर्दैन र नेपाली जनताले यो भ्रमणबाट कुनै पनि उपलव्धी पाउँदैनन् भन्ने कुरा बिगतका व्यक्तिगत भ्रमणहरुबाट छर्लंग भएको छ।

गैँडा दिएर हतियार भित्र्याउने तथा निरंकुश सासनलाई टिकाउन समर्थन बटुल्ने उद्देश्यले हुन लागेको अष्ट्रिया र फ्रान्सको भ्रमणको हामी बिरोध गर्न गइरहेका छौं। फ्रान्स जस्तो शसक्त क्रान्तिको राजनीतिक इतिहास भएको तथा नागरिकहरु सम्पूर्णरुपले अधिकार सम्पन्न भएको मुलुकमा बसेर कलंकित छवी भएका युवराज दम्पतीको स्वागत गर्ने कुरा हाम्रो नैतिकताले दिने कुरा होइन। मुलुकलाई रच्छ्यानमा मिल्काएर यूरोपको भ्रमण गर्ने युवराज दम्पतीलाई आगामी चैत १३ गते फ्रान्सको राजधानी पेरिस स्थित थ्रोकादेरो भन्ने ठाउँमा कालो झण्डा देखाउने तयारीमा हामी नेपालीहरु लागेका छौं। हामी बिबादास्पद पारसलाई फ्रान्स सरकार समक्ष अव आइन्दा युरोप छिर्ने अनुमती नदिन, नेपालीहरु मास्न हातहतियारहरु नदिन र नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनको पक्षमा ससक्त समर्थन र सहयोग गर्न अपिल गर्दछौं।

एक्काइसौं शताव्दीका जनता कुनै एक परिवारद्वारा संचालित पारिवारिक शासन प्रणालीभित्र अटाउँदैनन भन्ने कुरा दुनियाले बुझिसकेको कुरा हो। एक्काइसौं शताव्दीको शासन प्रणाली जनताद्वारा बनाइएको प्रणाली हो भन्ने बुझेर नै हामीले यो बिरोध कार्यक्रमको आयोजना गरेका हौं। त्यसैले यो बिरोध कार्यक्रममा सहयोग, र्समथन, सहभागिता या प्रचार प्रसारको लागि तपाइहरु समक्ष बिनम्र अनुरोध गर्दछौं।

बिरोध कार्यक्रमः
मितीः १३ चैत २०६२ (२६ मार्च २००६)
स्थानः थ्रोकादेरो (आइफल टावर देखिने पट्टी) पेरिस
समयः दिउँसो ३ बजे
मेट्रोः थ्रोकादेरो, लाइन नं ६
आयोजकः नेपाली लोकतान्त्रिक मन्च, फ्रान्स

सम्पर्कः
अशोक न्यौपानेः फोन ०१ ४४ ८५ ५३ ०२ ई-मेलः anuj_neupane@hotmail.com
हरिहर अर्यालः फोनः ०१ ६० २५ १४ ७२ ई-मेलः harihararyal@hotmail.com
किरण प्रधानः फोनः ०१ ४५ ८१ ४६ ७५
 
Posted on 03-24-06 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't think it makes sense. Displaying black flag to prince is nothing but just wasting time. He even does not feel sense what it means.

Despite extreme dissatisfaction of general public on royal takeover the self proclaimed democratic king has beckoned nothing on bringing all Nepalese on the same platform.

Then what is Paras? Does it understand the situation?
 
Posted on 03-24-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Kaam chaina bhuhari, bacho ko kando chilaide" bhanya jasto .... kalo jhanda dekhayera k huncha ra? You will be wasting your time witout gaining anything.
Baru sakincha bhane kalo moso dalne tira jod diye huncha ni. He surely will get some headlines then.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters