craze
More by craze
What people are reading
Subscribers
Please log in to subscribe to craze's postings.
:: Subscribe
|
|
[VIEWED 7021
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
craze
Please log in to subscribe to craze's postings.
Posted on 08-15-13 8:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ana न्युयोर्क, गत जुलाई ४, ५ र ६ मा न्युयोर्कमा सम्पन्न भएको अमेरिकामा रहेका नेपालीहरुको संस्था एएनएको ३१ औं सम्मलेनको आम्दानी तथा खर्च बिवरण सार्वजनीक गरिएको छ । बुधबार न्युयोर्कमा एक पत्रकार सम्मेलनको आयोजना गरि ३१ औं एएनए सम्मेलन आयोजक समितीका संयोजक समिर मर्हजनले सम्मेलनको आम्दानी तथा खर्च बिवरण सार्वजनीक गर्नुभएको हो । पत्रकार सम्मेलनमा मर्हजनले ३१ औं एएनए सम्मेलन सहभागीका हिसावले निकै ऐतिहासीक सफल भएको बताउदै सम्मेलनको सफलताको लागि सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । मर्हजनका अनुसार सहभागीता निकै राम्रो भए पनि सम्मेलनबाट जम्मा एक हजार आठ सय अमेरिकी डलर मात्र नाफा गर्न सकिएको जानकारी गराउनुभएको थियो । बिगत ३१ बर्ष देखी जुलाई ४ मा आयोजना हुंदै आएको सम्मेलनका पछिल्ला तीन वटा सम्मेलन मात्र नाफामा सम्पन्न भएको एएनएका अध्यक्ष छेवागं शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार वासिङटन डिसीको २९ औं सम्मेलनमा १२ हजार डलर नाफा भएको थियो भने टेक्सासमा भएको ३० औं सम्मेलनमा झण्डै ३० हजार डलर आम्दानी भएको थियो । अध्यक्ष शेर्पाका अनुसार तीन बर्ष भन्दा पहिलाका सबै सम्मेलनहरुको हिसाब किताब नै राखीएको छैन । ३१ औं सम्मेलन भब्य भए पनि केहि कमजोरी र धोकाका कारण सोचे जस्तो नाफा नभएको ३१ औं सम्मेलन संयोजक समीर मर्हजनले पत्रकार सम्मेलनमा बताए । संयोजक मर्हजनका अनुसार सम्मेलन आयोजक समितीलाई सबैभन्दा ठुलो धोका नेपाल उद्योग वाणिज्य महासंघ, नेपालका अध्यक्ष सुरज बैद्यले दिएका छन् । आफु नेपालमा गएको समयमा बैद्यले सम्मेलनमा ठुलो टोलीका साथ सहभागी हुने वाचा गरेपनि अन्त्यमा सम्मेलनमा उहाँहरु नआइदिदाँ २०, ३० स्टल खाली भए, महर्जनले भन्नुभयो । उद्योग बाणिज्य महसंघको टोली नआउंदा र सम्मेलनमा सुरक्षा कमजोरी हुदां २०, ३० हजार डलर घाटा परेको मर्हजनको भनाई छ । सम्मेलनमा मुख्यत सांस्कृतीक कार्यक्रम, स्मारिका विज्ञापन, व्यवसायीहरुको प्रायोजन, सहभागी दर्ता, खेलकुद प्रतियोगिता उल्लेखीय रकम संकलन गरेपनि कलाकार खर्च, आयोजना एवं खेल स्थलमा धेरै रकम खर्च भएको जनाइएको छ । एएनएका अध्यक्ष शेर्पाले सम्मेलनलाई ऐतिहासिक सफल भएको बताउदै यो सम्मेलनले आर्थिक भन्दा पनि सामाजीक रुपमा एएनएको छबीलाई उच्च बनाएको बताउनुभयो ।
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Why Oli must go for the UML to survive? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| When will the culture of impunity end? |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|