[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 168821 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 01-09-06 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe, lalupathey , sorry for your inconvience !

to view my posting" right click>> encoding>>unicode(UFT-8)"

:(
-bhaute
 
Posted on 01-09-06 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oops ! read "inconvience" as "inconvenience" :(
 
Posted on 01-09-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>character encording
>uncord(UFT-8)

no answer
 
Posted on 01-10-06 1:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*** भौते गुरु हैन के हो भन्या खै त आजकल लेखेको?**

सेन्स जी एऊटा नबुझी गरेको रोमान्सको नतिजा पस्कन खोजेको मात्र हो मैले!
एऊटा अर्को है त -

यो के हो? –

झलझल बत्तिले पनि आँखा खान्छ
मगमग बास्नाले पनि दुर्गन्ध ल्याउँछ
कलकल झरनाले पनि कलह सुनाउँछ
सरसर हावाले पनि मुटु छेड्छ
प्रिय यो के हो?
अब त,
तिम्रो सामिप्य पनि खोक्रो लाग्छ!

हरहर आगोले पनि मलाइ पोल्छ
तरतर झरिले पनि मलाइ पखाल्छ
फ्याट्फ्याट् पाइलाले पनि मलाइ लखेट्छ
चुप्प चुप्प चुम्बनले पनि मलाइ पोल्छ
प्रिय यो के हो?
अब त,
तिम्रो आगमनले पनि मलाइ तर्साउँछ!

सलसल बग्ने नदी थियौ तिमि
पलपल रम्ने कारण थियौ तिमि
क्षण क्षणको मेरो ध्यान थियौ तिमि
निश्चल मेरो बिश्वास थियौ तिमि
प्रिय यो के हो?
अब त,
तिम्रो आलिंगन पनि बिरानो छ!

हरदमको साथ थियौ तिमी
हरपलको बिश्वास थियौ तिमी
रग रगको रगत थियौ तिमी
ढुक ढुकको संगित थियौ तिमी
प्रिय यो के हो?
अब त,
तिम्रो नजर पनि पराया छ!!

 
Posted on 01-10-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe_Maila ji, nice one. kaho ko parnu bhayo yaha?
 
Posted on 01-10-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Lalupate ji.
gandaki ko tir ko pare bhanau na ahile lai :)
 
Posted on 01-11-06 3:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाण्डौको एक बिहानी –

राजधानी हुनुको खोक्रो गर्व गर्दै
फोहोर अनि
दुर्गन्धको घुम्टो ओढ्दै
काठमाण्डौ, बिहानी बोलाउँछ!

ईतिहास देखि नै सम्पन्न
महलहरु,
यत्र तत्र मौलाएका
ईँटका थुप्राहरु,
थाम्नै नसक्ने भार बोकेका
सडकहरु,
जर्जर र खण्डित
मंदीरहरु
बिस्तारै ब्युँझन्छन्।

भोकै सुतेको ‘सन्ते’
पाउरोटी भुँडिमा हाल्छ,
र रिक्सा निकाल्छ।
टन्न खाएर सुतेको ‘राममान’
चिया पिउँछ,
र पसलमा धुप सल्काउँछ।

सडकको पेटीबाट
एउटा खाते बिउँझन्छ!
चुरोटको तलतलले
यता उता नियाल्छ,
जिउ कन्याउँछ,
बोरा पट्ट्याउँछ!

अटाइ नअटाई भुँडि भर्ने मन्त्री,
बाथरुममा बमन गर्छ
र मर्निङ वाकमा निस्कन्छ
सचिवले पाल्तु कुकुर डोर्याउँछ
र हिजोको मिटिङले भरिएको
खल्ति सुमसुम्याउँछ

भुस्याहा कुकुरहरुले
सडकमा रास लिला मच्चाउँदा,
अघिसम्म मिचिएकी सुन्तली
लुगा लगाएर बाहिर निस्कन्छे
र आफ्नो अस्मितालाई सम्झन्छे

रातभरी आत्तिएको विरामी,
ठिक भएको अनुभव गर्छ
कुरुवालाई थप दुख दिन्छ
र ‘टिचिङ्’ को क्याबिनमा बल्ल निदाउँछ।

‘भिडियो गेम’ सम्झँदै सुतेको फुच्चे,
हिजो रातीको ‘ड्याडी’को आश्वासनमा दंग पर्छ
र ‘टिफिन’ बोकेर स्कुल बस चढ्छ

डेरामा बस्ने किस्ने,
दाँत माझ्दै घरबेटीको छोरी सम्झन्छ
कपालमा ‘केवो कार्पेन’ लगाउँछ
र खैनि च्याप्दै क्याम्पस जान्छ

‘डायबिटिज’ ले पिडित पंडित
खाली खुट्टा पशुपती जान्छ
‘जेरि स्वारी’ हसुर्छ
र जेठो छोरोले मम खाएकोमा
बागमती नुहाउँछ!

राजधानी हुनुको खोक्रो गर्व गर्दै
फोहोर अनि
दुर्गन्धको घुम्टो ओढ्दै
काठमाण्डौ, बिहानी बोलाउँछ!

 
Posted on 01-11-06 3:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी छ बिर्खे ब्रो।
 
Posted on 01-11-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gautam ji, nameste. ram ram....ma chSiraha tira ko parey. any new piece. might be better if u collect ur won and make a small book. just a thought.
 
Posted on 01-11-06 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



म र गोठालाहरु



-न्यूयुजर




म यथार्थमा रमाइरहेछु


वास्तविकतामा सल्बलाइरहेछु


आगोको बात्सल्यमा आफैलाइ पगालेर


म हिउ‍ंदको उराठ शानसित काटिरहेछु




म मौन छु र मौनता रुचाइरहेछु


आगोको सामिप्य र न्यानोपनमा


मैले दिनचर्याहरु भूलिरहेछु


र कानेखुशी गर्दैछन् गोठालाहरु




म र गोठालाहरुबीचको भेद


केवल मलाई र आगोलाई थाह छ


मेरो चेतना मेरो विद्रोहलाई दबाइरहेछ


त्यसैले सुस्केरा हाल्दैछन गोठालाहरु




आगो मेरो आँगनमा बलिरहेछ


र जीवन पर्यन्त बल्ने चिराग छ


त्यसैले जरुरी छैन सम्झाउन


कठ्याङ्ग्रिएका इर्ष्यालु गोठालाहरुलाई




मलाई न्यानोपन दिने प्रण छ मेरो आगोमा


अरुलाई लल्कार्ने र पोल्ने ज्वाला छ मेरो आगोमा


गोठालाहरु झ्याली पिटेर ख्याल तातो मान्दैछन


अनि म मुस्कुराउँदैछु तिनका मृगतृष्णाहरु देखेर




होहल्ला गरुन नथाक्दासम्म उँभोदेशे गोठालाहरु


भेंडा हसाउँन नौटंकी गरुन दिग्भ्र‍मित गोठालाहरु




 
Posted on 01-11-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिग्भ्र‍मित = दिग्भ्रमित
 
Posted on 01-11-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
गजब छ!

 
Posted on 01-11-06 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बिर्खे पनि कति बग्न सक्या हो सलल....! (डाहनै लाग्न थालिसक्यो अब त रे क्या!) यात्रालाई अविराम गति दिन नछाडौँ गुरु।
**************************************************
नवप्रयोगीजी, कविताको देशमा गाऊँ थपिदिनु भएकोमा धन्यवाद। गुरुले कसतर्फ यी बिम्बहरु हुर्र्याउनुभएको हो, त्यो मेरो बुझाइ भन्दा फरक पनि हुनसक्छ, तर कविताको शैली एकदम मन पर्यो।

एउटा कुरा नी;


"........
म र गोठालाहरुबीचको भेद

केवल मलाई र आगोलाई थाह छ

मेरो चेतना मेरो विद्रोहलाई दबाइरहेछ

त्यसैले सुस्केरा हाल्दैछन गोठालाहरु
..........."

विद्रोहलाई दबाउने यो कस्तो चेतना हो? स्वस्थ विद्रोहले त प्रकट हुन पाउनुपर्छ होइन र?
मेले नबुझेको पनि हुनसक्छ।
**************************************************************

लालुपातेजी,
कहाँ ऐल्यै किताबको कुरा गर्नुभएको? लाज लाग्छ यार! पहिला एक दुइटा गतिला कविता लेख्न सकियोस्, त्यसपछि पो!
 
Posted on 01-11-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माईलाजी तपाईले त निकै रसिलो र भरिलो कबिता पो लेखनु हुदो रहेछ गाँठे । सारै रामो पो छ त है
 
Posted on 01-11-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल साथी हो !
धेरै दिन सुतिए छ हो, यसो ब्युँझिएर यता च्याको त यो कबिताको देश त काहाबाट काहा पुगिसकेछ। नया-जोशिला साहित्य धावकहरूले यात्रा लाई त निकै माथि उकालिसकेछन् हो। ल सबै मित्रहरूलाई बधाई छ है। मेरो पनि एउटा स्यानो त्यान्द्रो ह्याँ टास्ने जमर्को गर्दैछु॥

अनुरोध
झर्‍यो पात एक इतिहास लेखी
कोपिला त्यो फक्र्‍यो सपना समेटी
“म फुल्‍नेछु। फुल्छु॥” कोपिलाले भन्‍छ
“त्‍यसैमा म भुल्छु॥” भ्रमरा कहन्‍छ॥१॥

मिले हात तिम्रा म बढ्‌थें अगाडी
पाए साथ तिम्रो सबै बिघ्‍न नाघि।
तिमी मूर्छना हौ मेरो कल्पनाको
तिमी नै किनारा मेरो जिन्दगीको॥२॥

बढ्‌यो छाल एक समुन्‍द्रै समेटी
छोएर किनारा गयो छाप मेटी
“क्षितिजमा म झुक्‍छु॥” आकास भन्छ
“त्‍यँही तिम्‍लाई चुम्‍छु॥” धर्ती कहन्छ॥३॥

पोतवार एक्लो मेरो जिन्दगीमा
डुबी-तैरदैंछ, खोजी पूर्ण जुन।
आई सम्हाल मेरो हाल दिलको
तिमी तारणी हौ मेरो जिन्दगीको॥४॥

अहो चन्द्र हेर अति छन्‌ बिभोर
सेताम्‍य बिस्‍कुन जुनको छरेर।
ओढी चाँदनी त्यो निशा फक्रिएकी
भिजी ओसमा लौ झनै निख्रिएकी॥५॥

मेरो जिन्दगीको तिमी चाँदनी हौ
घना बादलुमा कहाँ लुकेकी छौ?
नओढ भो लाज म हुन्छु बेहाल
मेरो रित्तो जिवन आएर सम्हार॥६॥
 
Posted on 01-12-06 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी, तपाईँकै प्रेरणा हो लेखौँ लेखौँ लाग्ने!

धन्यवाद् मूखिया बा कबित मनपराइदिनु भएकोमा।

ऋषी जी, अत्यन्त राम्रो छन्दबद्ध कबिता गयो गुरुको! मलाइ पनि छन्द सिक्न मन लाग्यो।
एउटा अर्को भावना थप्दैछु है त कविताको देशमा :)

प्रेम: ईश्वर -

तिम्रो एक मुस्कान भए पुग्छ,
म ईश्वर भूल्ने हिम्मत राख्छु!

तालमा एऊटा डुङ्गा चल्यो,
छालले किनार छोयो,
तिम्रो सोचाइको तरंग जस्तै।
कलकल नदी बग्यो,
तिमि मेरो सामु आए जस्तै।
अहो! कता कोइली करायो,
तिमिले गाए जस्तै।
तिम्रो एक बचन सुने पुग्छ,
म प्रार्थना बिर्सन्छु!

हरियो घाँस चर्दैछ त्यो गाई ,
मुरली बजाउँदै छ त्यो गोठालो,
कस्तो दृश्य, कस्तो संगित,
तिम्रो मुहार मैले हेरेको जस्तो।
एकपल,
यो बादलले मेरो शरिर छोयो;
कस्तो मधुर स्पर्ष,
तिमीले छोएको जस्तो।
तिम्रो दर्शन पाए पुग्छ,
म आँखा खोल्न छाडिदिन्छु!

हेर त यो फूल कस्तो खुलेको,
तिमी हाँसेको जस्तै।
हेर त यो पहाड, यो बहार, कस्तो देखियो,
मैले तिमिलाई पाए जस्तै।
कस्तो प्यारो यो झरी, मेरो आत्मालाई छुने
तिम्रो साथ जस्तै।
तिम्रो तसविर भए पुग्छ,
म मंदिरको ढुङ्गालाई बिर्सन्छु!

पर एक हुल परेवा खेल्दैछन्;
‘माकुर’ ‘माकुर’ को धुन,
तिम्रो प्रेममा सुने जस्तै।
घाम पानी दुबै देख्छु;
अहो! त्यो इन्द्रेणी,
शायद मलाइ छोप्दैछ
तिम्रो अंगालोले बेरे जस्तै।
तिम्रो एक आलिंगन पाए पुग्छ,
म बुध्त्व बिर्सन्छु!

तिम्रो एक मुस्कान भए पुग्छ,
म ईश्वर भूल्ने हिम्मत राख्छु!

 
Posted on 01-12-06 3:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नतमस्तक!
"जदौ !" म त छेउतिर बस्छु!
 
Posted on 01-12-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऋषिजी, राम्रो कविता पस्किनु भो। धन्यवाद। गुरुबाट छन्द सिक्नु पर्ला जस्तो छ।

गुरुहरुबाट दामी दामी गइरहेका छन्। आफूले भने नया लेख्न सकिएको हैन। एउटा अलि पहिल्यै लेखिएको कविता
राख्दैछु आज। मैले नेपाललाई यस्ती नारीको रुपमा कल्पना गरेको छु;

"मेरी आमा"

कहिले बादलका फूलहरु सिउरेर चुल्ठोमा-
ताराबुट्टे घुम्टो अलिक उघारेर
गीत गुन्गुनाइरहेकी

सयपत्रीका पत्रहरु चुँडेर
हावामा उडाइरहेकी,

कहिले चियाको बुट्टाको आड लागेर
आफ्ना कोमल औँलाहरुले
आकाश छोइरहेकी

इन्द्रेणीको माला लगाएर
नाचीरहेकी, हाँसीरहेकी,

कहिले मसंगै
पुतलीहरुको पछि पछि दौडिरहेकी
र कहिले
बाक्लो हुस्सूमा लुकेर कतै
मलाई अत्याएझैँ जिस्काइरहेकी
तर सधैं सधैं
छातीबाट अनन्त जीवन
र काखबाट अपार ममताले
मलाई सिँचिरहेकी,

नदीहरुका मेंहदी
र तालहरुका चुराले सजिएका
हातहरुले घुँडा बेरेर
सारीको पहेँलो किनार
पछिल्तिर अलिक लतारेर
जुनले पखालेका सुन्दर सेता पाउहरु
कलिलो घामले सेकिरहेकी,

रंगीन बतासमा हल्का झुलेर
शान्त लज्जालु आँखाले मुस्कुराइरहेकी
सदा यौवना अमर सुन्दरी मेरी आमा
सदा यौवना अमर सुन्दरी मेरी आमा ।
 
Posted on 01-12-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) सदा यौवना अमर सुन्दरी मेरी आमा!!
 
Posted on 01-12-06 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ पनि कबिता लेखु लेखु जस्तो पो लाग्यो त?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters