[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 238556 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 10-03-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

यो दशैँ र मुउलानको कामको चापाचापले म मात्तै आम्न नपाओ चौतारिआँ भनेओ त सपैको चाइन्जो उई ताल रेछ। लु सपैलाई बेसै छ होला? सेल खा'र रमैलो नि अरिसकेछन चौतारिआँ!

लु यसपालि दशैँमा राँगे (Regal) नि आएछ मुउलान बाट। ज्यान र खल्ति चाइन्जो फुला'र, आएछ आम्न पनि। एसपाली गैरि खेत निखन्ने भओ। लु राउँरो होस सपैकुराहरु।

हरिशरणम्!
 
Posted on 10-03-06 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले के छ तपाईं को हाल खबर? हिजो पून्ते दाई ले $२ दलर दिनु भको थिय टिका लगाइदिएर । मेरो आमा ले $५, बुवा ले $१० सबै गरेर $१७ दलर जती भियो । अनि चिप्ले तपाईं ले कति कमाउनु भो नि । पून्ते दाई त साह्रै लोभि हेर्नुस् त आफ्नु पर्‍यो बहिनी लाई टिका लगाइदिएर $२ दलर दिनु भाको । अनि आफ्नो साली लाई चै $२०० दिनु भाको ।
 
Posted on 10-03-06 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लि, टिका त गैसक्यो। अस्ति थियो त!
खै मेरोमा त अक्षतापाती केहि बाँकि छैन। मजाले जमरा उमारेर दहिमा अक्षता मुछ्ने पुन्टेदाई हुन के रे, उनले के जारि डिलिभरि अर्छन कि त??
 
Posted on 10-03-06 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीsssss!
के छ बा हालखबर? आज कताटि राती आयौ बा चौतारिआँ? सन्चै छौ?
 
Posted on 10-04-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई मलाई सञ्चै छ । अनि तपाईं लाई नि ? कस्तो भो दशै तपाईं को ? खसी को मासु कति खानु भो ?
 
Posted on 10-04-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा राती आउनुभएछ अनि हल्ला गरेर जानु भएछ। राती ठुलीलाईपनि देखेको थिएँ चौतारीमा तर फेरि मलाई देखेर उनको सात्तो जाला भनेर आउनै डर लाग्यो।

ठुली सन्चै त छौ होला नि हैन?

हेर्दा हेर्दै यो सालको दशैँपनि सकियो। धेरै रमाइलो भयो चौतारीमा। सबैलाई धेरै धेरै धन्यवाद!

जदौ!!
 
Posted on 10-04-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखमा पानी आयो साथी हो, त्यो सेल रोटी देखे र ।
 
Posted on 10-04-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dalli pani, mathi hera na tyo photo ko chyau ma (jamara, tika bhako) ma calender chha ni ta. tesma 2nd october ma dashai tika bhaneko chha. tika ta gaisakyo, purnima samma pani lauchan kasai kasaile tika.
 
Posted on 10-04-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले पातकीहेरु कोइ पनि छैनन् त आज! दशैँ लागेर पसारिइराख्या होलान्! अब तिहारका कुरा गर्नुपर्छ। भैली र देउसी खेल्ने टिम पनि नबनाई भ'छैन।
 
Posted on 10-04-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!
गोताएँ दाई ल ल बनाउनुस् लिस्ट। लिस्ट बनाउन त सबैभन्दा सिपालु त तपाईँनै हो क्यारे! अस्ति भलिवलको लागि बनाएको लिस्टको नाममा हामेरुलाई नि थपेर देउसी लिस्ट तयार गर्नपर्यो।
 
Posted on 10-04-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लीजी, भन्नुस न त हजूरको ठेगाना ......:D


सप्पैलाइ नमस्ते गरे है

 
Posted on 10-04-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, हजुरलाई त मेरो ठेगाना थाहा छ नि!

ओभरनाइट डेलिभरी भनेपछि भोली बिहानसम्ममा मेरो घरमा सेलरोटी आइपुग्छ कि?

मलाई थाहा छ, हाम्री मिस दिदी सार्‍है जाँगरिलो हुनुहुन्छ।
 
Posted on 10-04-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले तिमीत नजिकै छौ नि तिहार मा आउ न त किन ओभर नाइट गर्न पर्यो र? दिदी भाइ मिलेर सेल रोटी बनाउला नि।
अहिले लै यसैले काम चलाउ

:D :D

 
Posted on 10-04-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् हजुर त नजिकै होइन मेरो घरबाट । त्यसो भए सेल पठाउनुस् न । धेरै दिन बासी भयो भने तिहारमा आउनुपर्ला छोरो लिएर तातो-तातो सेलरोटि खानलाइ। कोसेलि चाहि के ल्याउ।
 
Posted on 10-04-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ नि डल्ली .... अहिले त बासि नि भयो . तिहारमा आउनुस है त........बरु छोरालाइ ल्याउन नभुल्नुस है :)
 
Posted on 10-04-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाली जस्को नि छोरा । छोरा नभ त कोहिनी नहुने भो गाथे । खोइ अब यो दशै मा पनि परिवार नहुने अवस्था भो । लौने ए थिती हो
हैन कहाँ गए लस्कर लगेर सब जना । पिङा चा चा हुई गर्न जाने हैन । लौ हिदा कृष्ण दाई सँग ।
बेक्कारा ।
 
Posted on 10-04-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई पाखण्डी किस्ने! :p यहाँ त बाहिरआट ल्याएका दुलईलाई रमईलो अरि भित्र्याम्ने मत्र अर्छम्, बाहिरकाहुरलाई हाम्री चेली दिन्नम्! जाऊ, अन्तै खोजेर आऊ! :p

मास्टर्नी नानीले त सेल हालिछे मज्जाले! तो काँक्रोको अचारसंग क्वाम् क्वाम्, आहाऽऽऽऽऽऽऽऽऽ! :D

आफ्नो त दशैंआँ दसा ला’ रे’च। अस्ति अईतबार फेरि हारेम् मेरिचाँ! बरु, घरै बसेर कपाल खेती गरे भे लटरम्मै कपाल पला’र हिरो त हुन्थेम् कि? अब तिहाराँ त्यसै अर्न परो। जान्न भो बुईनीहुरकाँ नि! ;)

बाई द वे, तो ठुलीको खाम् साट्टियो जस्तो छ! डलर २/- मात्र रकम त मैले कुम्लेको खामाँ हाले जस्तो लाउँच। साटा साट भ’र बबाल भो जस्तो छ। कुम्ले, तिम्रो खाम हेरम् त! तो चईं रित्तो वाला हो? ;) :D :p
 
Posted on 10-04-06 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई,

मलाई दिनुभएको खाममा त ५० डलर पो थियो त। मलाई त्यत्तिबेला शंका त लागिरहेको थियो, सबैलाई देब्रे खल्तीबाट झिकेर दिनुभएको थियो, मलाई चाँहि भुलेर दाहिने खल्तीबाट झिकेर दिनुभएको थियो। कतै तपाईलाई ससुरालीले दिएको खाम त मलाई दिनुभएन?

तपाईले दिनुभएको ५० डलरले खूब काम गर्यो। टिकापछि तल लङ्गुर बुर्जामा दाउ थापेको त १ को ३ आयो। अनि त्यो पैसाले मेरिज खेलेको त खूब जित्तियो। कत्ति भाग्यमानी पैसो।

फेरि फेरि दिनुस् है!
 
Posted on 10-04-06 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-04-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै लाइ दशैँको शुभ-कामना, दुर्गा भवानीले हामी सप्पैको रक्षा गरुन ।

ग्वाँचेजी तेइ लम्बराँ हानम् केरे गालउले देको लम्बराँ. भेटुम्ला, बात मारुम्ला!
कतिको छ अलमल?
(११ तारिक एन् आर् ऐन् को कन्फरेन्स भन्नी मिटिगंमा नि जानी हो हामी जापुनको बथानमा. बानेस्वराँ हे क्यारे!)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters