[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 समानान्तर!

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 37631 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-24-13 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

टेलिविजनको  च्यानल चेन्ज गर्दा गर्दै उसले सुनाइ "तिमीलाइ टिवि हेर्न मन लागेको कि च्यानल चेन्ज गर्न, खालि रिमोट मात्रै चलाएर के गरिरहेको अघि देखि?"
सुनि आइसकेकी रैछ कोठामा मैले थाहै पाइन, उसको स्वर एक्कासी सुन्दा झसङ भए। "किन तिमी हेर्ने हो?" मैले उसलाइ नहेरी सोधे।
"मलाइ कहिले देखि तिमीले टिबिको अगाडि बसेर टाइम बिताउने मान्छे सम्झ्यौ? मलाइ टिबि, फिलिमहरुमा इन्टरेस्ट छैन भन्ने तिमिलाइ थाहा छैन र?" उसले ब्यँग गरेकी हो कि जस्तो मलाइ लाग्यो।
"किन टिबि हेर्दैमा टाइम वेस्ट हुन्छ र? समाचार हेर्नु नराम्रो कुरा हो र?" मैले अलिकति आफ्नो बचाउ गर्ने प्रयास गरे।
"समाचारको लागि पत्रिका छदै छ नि, हेडलाइन पढेपछि सबै कुरा बुझिन्छ, सबै पढ्नै पर्दैन।" उसले कति नै सबै समाचार पढेकि झै कुरा गर्न थाली।
"तिमीलाइ थाहा रैछ सबै कुरा!" उसको जिद्दि बानी, मैले पराजित हुनै पर्छ।
"सुन न, बुबाले तिमिले नया प्रोजेक्ट को बारेमा के निर्णय गर्यौ भनेर सोध्नु भएको थ्यो।" मलाइ त्यहि कुरासङ भाग्नु थियो, उसले त्यहि कुराले मेरो बाटो छेकि, नत्रभए म कौसीतिर निस्किनै लागेको थिए।
"तिमीलाइ थाहा छ मेरो निर्णय, मलाइ आफ्नै कामले फुर्सद छैन। त्यो प्रोजेक्टमा हात हालेर मलाइ टेन्सन लिन मन छैन। घरमा पनि त ट्याम दिनु पर्‍यो। सुबि र रुबि अब धेरै साना छैनन्। तिम्रो सधै ब्यस्तता, मैले अलिकति समय बचाएर उनिहरुलाइ दिनु पर्छ।" मैले बल्ल बल्ल भन्न सके धेरै दिनसम्म भन्न नसकेको कुरा।
"घरमा अरु कोहि छैनन् र? मुमा हुनुहुन्छ, हरि दाइ छ, जमुनी आँउछे सधै। म नै घर बसेर सुबि र रुबिको गोठाला बन्नै पर्छ भन्ने के छ? त्यहिपनि उनिहरु आफै बुझ्ने भैसके उनिहरुलाइ धेरै हेरबिचार गर्नु पर्ने जस्तो मलाइ लाग्दैन।" सुनिको आवाज ठुलो हुन थाल्यो।
"मेरो धेरै महत्वकाँक्षा छैन सुनि। जे जस्तो छ, मलाइ पुगेको छ।" म छिटो भन्दा छिटो यो कुरा सकोस् भन्ने चाहन्थे।
"बरु साहस छैन भन न!" फेरि पनि ब्यँग गरी उसले।
"हो, मेरो साहस छैन। तिम्रो साहसले पुगेको छैन र हामी सबैलाइ?" मेरो अँहले पनि टाउको उठायो यसपटक।
"ठिकै छ नि त। तिमी त्यो प्रोजेक्टमा काम गर्दैनौ भने, म गर्छु।" सुनिको भनाइमा गम्भिरता थियो।
"अनि यो घर र परिवार?" उसको बुटिकमा  पहिले नै ब्यस्त हुदाँ हुदै पनि फेरि अर्को प्रोजेक्टमा काम गर्ने बिचार गर्छे। घर खाली मुमा, बच्चाहरु र काम गर्ने हरुको भरमा चल्ने भयो। हुन त त्यहि भैरहेको थियो पहिला पनि। अब झन के हुने?
"किन तिमी मलाइ घरमा बसेर काम गर्ने, तिम्रो सेवा मात्र गर्ने दासी भएको मन पराउछौ?" उसलाइ केहि भन्नु भन्दा नभन्नु नै बेस। कति निहुँ खोज्न सक्छे यो आइमाइ, मनमा यति धेरै जवाफ आएपनि म चुप लागेर कौसीतिर गए। आफ्नै गल्ती, कसलाइ दोष दिने? त्यो बेलामा सबैभन्दा स्मार्ट र राम्री उहि थिइ कलेजमा। उसैको ब्यक्तित्व देखेर मन पराए, छ महिनाको प्रेममा एक अर्काबिना बांच्नै नसकिने सम्म भए। परिवारहरुको सहमतिमा बिहे गरे, त्यसपछि अर्कै सुनि देखे, बिहेअघिको र बिहेपछिको सुनिमा आकाश जमीनको फरक थियो।
"तिमी किन पहिले जस्तो छैनौ?" सुनि पछि पछि आएकी रैछे, मेरै अगाडि आएर उभिइ।
"म जस्ताको त्यस्तै छु, बरु तिमी बदलिएको देखिरहेको छु।" भन्न नहुने कुरा भनिसकेपछि मलाइ पश्चाताप भयो।
"मेरो स्वभाब नै यस्तो हो। अझैसम्म पनि तिमीले मलाइ बुझ्न सकेको छैनौ।" उ फेरि पनि मेरै गल्ती छ भनेर प्रमाणित गर्न खोज्दैथी।
"सरी, मेरो दिमागले सबै कुरा बुझ्न सक्दैन। सरल कुरा त बुझ्न समय लाग्छ, झन जटिल त-------?" मैले बाक्य पुरा गर्न सकिन उसैले थपी, "झन गार्हो लाग्छ, भन न।" उ फेरि झनक्क रिसाएर भित्र गइ।
म अब अरु बादबिबाद नगर्ने उद्देश्यले कौसीमा टहलिन थाले। जो बिना जिन्दगी अधुरो हुन्छ भन्ठानेको थिए, अहिले उ नभएको भए कति सुन्दर हुन्थ्यो मेरो जीवन भन्ने जस्तो लाग्छ। तल बंगैचामा एउटा आक्रिति हिडिरहेको झै देखे। यतिखेर राति को हुन सक्छ? हरि दाइ बिहानै छिटै उठेर मुमालाइ मन्दिर लानु पर्ने भएकोले आठ बजे सुत्न जानु हुन्छ, जमुनी बेलुकी को खान पकाएर सातै बजे फर्किन्छे। मुमा यति राति बाहिर निस्किने कुरै भएन। सुनि भर्खरि रिसाएर भित्र कोठामा गएकी थी, कतै उहि त हैन? मलाइ रिस उठाउन सायद एक्छिन तल गएकी हुदि हो, म पनि नदेखे झै गर्छु। मैले अध्याँरोमा त्यो आक्रिति बिस्तारै बिस्तारै घरभित्रै मुलढोकातिर जान लागेको देखे। सुनि त कहिले यसरी राति माइत जान्न त। ढोकैनिर त्यो आक्रिति पुग्न लागेपछि मैले बोलाए, "सुनि!"
मैले बोलाउनासाथ "किन?" भन्दै सुनि कोठाबाट कौसीतिर आइ। सुनि यहि छे, त्यो को त? मैले सुनिलाइ सोधे।
"सानी!" सुनिले बोलाएपछि तलबाट मधुरो स्वर सुनियो "हजुर!"
"कहा जान लागेकी यति राति? माथि आउ त।" सुनिले बोलाएपछि माथि घरतिरै फर्कियो त्यो आक्रिति। सुनि कोठातिर लागी, म उसको पछि पछि लागे।
"को सानी?" सोध्नै नहुने हो कि भन्दै सोधे।
"यो घर हेर्ने, तिमीले भने जस्तै सबै हेरबिचार गर्ने, म नभएको बेलामा सबै जिम्मेबारी बहन गर्ने सहयोगी। आजै मात्र आएकी!कता हो पहाड घर रे, लोग्ने इन्डिया कामको लागि गएको, फर्केन रे। असाध्यै सोझी छे।" सुनिले सानीको बायोग्राफी बताउन लागेकी थिइ। ढोकामा एउटा आकाशे कुर्ता सुरुवाल लगाएकी युबती देखिइ। कलकलाउदो अनुहार र त्यसमा एकजोडि उदास आँखा।
"सानी, उ मेरो लोग्ने!" सुनिले यसरी भनी म उसको स्वामित्वमा रहेको कुनै बस्तु वा मात्र उसको अधिकार।
"नमस्ते!" सानीले अभिबादन टक्राइ।
"कहा जान आँटेकी यति राति?" मैले सोधे।
"हजुर, बाहिर जान लागेको हैन, बाटो कस्तो रैछ भनेर हेर्न लागेको!" सानीले मलाइ नहेरी भित्तामा रहेको सुनि र मेरो बिहेको फोटो हेर्दै भनी।
"राति किन हेर्नु पर्‍यो बाटो? भोली बिहान दिउसो जतिखेर भएपनि हेरे भै हाल्यो नि लाटी। नयाँ ठाउ भएर निद्रा लागेन?" सुनिले सोधी।
"हजुर! हैन मलाइ राति छिट्टै निद्रा लाग्दैन।" सानीको जवाफ सरल थियो।
"चिया कस्तो बनाउछौ?" सुनिको अन्तर्बार्ता शुरु भैहाल्यो।
"पहिले काम गरेको ठाउमा सबै पकाउथे। मालिकहरुले मिठो छ भन्नु हुन्थ्यो।" सानीको यो पहिलो काम रहेनछ भन्ने बुझे।
"त्यसोभए एक कप मिठो सुकुमेल, दाल्चिनि, ल्वाङ हालेको चिया बनाउ न त!" सुनिको स्वार्थी मुस्कान झुल्कियो।
"दुध र चिनि नि?" सानी परिक्षाको लागि तयार भइ।
"चिनि पर्दैन, दुध चाहि ठिक्क नि, धेरै मन पर्दैन।" सुनिलाइ चिया जतिखेर नि मन पर्छ, क्याफिनले नै उसलाइ सधै हाइपर बनाउछ।
ढोकै सम्म पुगेपछि सानी फर्केर मलाइ सोधी, "हजुरलाइ नि?" मलाइ चिया खाने मन थिएन, तर उसको पाककलाको नम्बर पुर्णांक दिनु थ्यो जस्तो भए पनि। सुनिलाइ रिझाउन सजिलो थिएन, त्यो सबै सोचेर मैले पनि एक कप चिया मगाए।
"आजकाल मान्छे पाउन कस्तो गार्हो छ बुझ्यौ?" सुनिले हातमा मोइस्चराइजर लगाउदै भनी।
"ए, कसले ल्याइदिएको त?" मैले फेरि रिमोट खेलाउन थाले।
"जमुनीको गाँउको साथीले चिनेकी रैछे। पहिला पनि असाध्यै रार्मो काम गर्ने भनेर यसलाइ मालिकहरुले आफुसङै बिदेश लान खोजेका थिए रे। यो जान मानिन छ, त्यहि भएर बेलैमा जमुनीले यहा ल्याइ दिइ।" सुनि सन्तुष्ट देखिन्थी।
"तिमीलाइ कस्तो लाग्यो? भरपर्दो लाग्दैन त?" सुनिलाइ जवाफ दिनै पर्ने भयो मैले।
"हेर्दा भर पर्दै देखिन्छे। तर कसले कसलाइ चिन्न सक्छ र?" मलाइ अरुको भरमा घर छोडेर खालि काम काम मात्रै भन्ने उसको बानी मन परेको थिएन।
"हेर्दै जाउ, सकारात्मक सोच राख्नु पर्छ राम्रै हुन्छ!" सुनिको सकारात्मक दर्शन सुन्दा सुन्दै मेरो कान टट्टाइसकेको थियो।
दुइ कप चिया ट्रेमा लिएर सानी भित्र पसी, सुनिलाइ एक कप साइड टेबलमा राखीदि, मैले हातैमा लिन खोजे, उसको औला र मेरो औला बिच एउटा नरम, शीतल अनि मिठो स्पर्श भयो। उ लजाइ, उसको अधरमा सुन्दर गुलाफ फक्रियो। हत्त न पत्त चिया मेरो हातमा दिएर गै। मलाइ कस्तो कस्तो लाग्यो, सुनि कोठामै छे वा छैन मैले याद गरिन।
"चिया मिठो छ है?" मेरो सुखद क्षणलाइ ध्वस्त पार्दै सुनिले सोधी।
"हँ?" त्यसपछि बल्ल हातमा भएको चिया पिउन थाले, " एकदम मिठो छ। तिमीलाइ मिठो लागेपछि मलाइ नलाग्ने त कुरै भएन नि।"
"हेर न! यत्रो केयर गर्दा पनि मेरो हात कस्तो कडा छ, सानीको हातखुट्टा कस्तो राम्रो नरम, सफा र चम्किलो। उ सधै भान्छाको काम गर्ने मान्छे उसको छाला कति राम्रो। मेरो चाहि जति राम्रो मोइस्चराइजर लगाए पनि सुक्खा।" सुनि आफ्नो हात हेर्दै भन्दैथी।
उसले मेरो मन बुझ्न खोजेकी हो या त्यतिकै भनेकी हो मलाइ उसको प्रश्नको जवाफ दिन गार्हो भयो। मैले नसुने झै गरे, एकछिनसम्म उसले किताबको पानाहरु पल्टाएको आवाज सुने, त्यसपछि त्यो बन्द भयो। सुनि "बत्ति निभाउ" भन्दै निदाइ। अध्यारोमा पनि मलाइ निद्रा लागेन। एक मनले अर्को मनसित सवाल जवाफ गरिरह्यो। मैले दुबै मनको कुरा सुने, दुबैको कुरा चित्त बुझेन। अब मलाइ फेरि नया मनको आबश्यक्ता भयो। नया मन पनि आफ्नै बचाउ गर्दै सामु भयो मेरो सामु। यो मन शक्तिशाली छ, सानोतिनो कुराले असर पुर्‍याउदैन। हैन, यो मन पनि उतिकै कोमल छ, कतै चोटले यसलाइ पनि रुवाउन सक्छ। मसंग त्यस्तो किन मन छैन, जसलाइ केहिले छुदैन र कतै दुख्दैन?

क्रमश:
 


 
Posted on 09-24-13 9:07 PM     [Snapshot: 40]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 CL,
Good to read your stories after long...
wish you would write some stories without  क्रमश :)
Guchcha Chor.
 
Posted on 09-24-13 9:34 PM     [Snapshot: 47]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी ,

साधा झैं एकदम राम्रो कथाको सुरुवात जस्तो लाग्यो.....

<<जो बिना जिन्दगी अधुरो हुन्छ भन्ठानेको थिए, अहिले उ नभएको भए कति सुन्दर हुन्थ्यो मेरो जीवन भन्ने जस्तो लाग्छ।>>     ---- आज कति म-हरु आफ्ना सुनी सम्झेर येही भन्दै होलान ....

हजुरको जिवन्त लेखाइ छ .... बाँकी चांडै पढ्न पाउने आशामा

- थाहा छैन (थाने)

 
Posted on 09-24-13 10:48 PM     [Snapshot: 69]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 वाँध्यो कथाले साहिँली, यो क्रमश:को गाँठो फुकाउनु परो।
 
Posted on 09-25-13 2:18 PM     [Snapshot: 152]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा रमाइलो हुन्छ जस्तो छ सानीको आगमनले. म पात्र सानी र सुनी बिचमा घुम्छ जस्तो लाग्यो है मलाइ त.
 
Posted on 09-25-13 3:10 PM     [Snapshot: 181]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

भाग- २

(साना साना भाइ बहिनीहरुलाइ यो कथा नपढ्नु हुन अनुरोध गर्छु, पढ्नै मन लागेमा १८ बर्ष पुगेपछि साझामा आएर पढ्नु होला।)

बिहान उठ्दा ९ बजिसकेको थियो, सुनि काममा गैसकेकी थी। सबैभन्दा पहिले उ नै घरबाट निस्किन्छे, ८ बजे, त्यसपछि सुबि र रुबि स्कुल जान्छन् ८३० तिर। मेरो आफ्नै काम हो मन लागे १० बजे जान्छु, नत्र १२ बजेपछि। मलाइ हतार छैन, कहि पुगिहाल्नु पर्दैन। नरेशले सबै हेर्छ रेस्टुरेन्टको काम, उता पसल हेर्ने राधेश्याम छदैछ। तैपनि मालिक भएको नाताले गैटोपल्छु। सुनिलाइ मेरो ढिलो उठ्ने बानी मन पर्दैन, घर बसीभने पनि कचकच गरिरहन्छे। त्यसैले उ नहुदा शान्ति महसुस हुन्छ। दाँत माझ्न जानु पर्‍यो भन्दै सोच्दै थे, "हजुरलाइ चिया बनाउ?" सानीको सानो स्वर मैले चिनिहाले।
"अँ, पकाउदै गरे हुन्छ, म नुहाएर तलै आउछु।" म बाथरुमतिर लागे।
नुहाएर बाहिर कोठाबाहिर निस्किदा सानी चिया लिएर भरेङमा आउदै रैछे, मलाइ कौसीमा बसेर चिया पिउन मन लाग्यो। उसले ल्याएको ट्रेबाट मैले चियाको कप लिए। उसले मेरो अनुहारमा पुलुक्क हेरि, फेरि संकोचबस नजर ओराली। मैले असहज बाताबरणलाइ सहज बनाउने कोशिस गरे।

"तिमीले चिया खायौ?"

"खाइसके!"

"सुनिले के खाइ बिहान?"

"कफी मात्रै पिउनु भयो। भरै खाना खान घर आँउछु भन्नु भएको छ।" सुनि आउने भनेपछि म घरमा बसिरहनु उचित थिएन। आउनासाथै फेरि गनगन शुरु भैहाल्छ। "अझै घरमै, किन ढिला उठेको? अलि active हुनु पर्‍यो!" बरु खान उतै खानु पर्ला जस्तो लाग्यो मलाइ।

"सुबि र रुबिले खाए कि खाएनन्?"

"खानुभयो! मुमाले एक्छिनपछि मात्र खान्छु भन्नु भएको छ। हजुर कतिबेला खानु हुन्छ?" सानी आफ्नो कार्यतालिका बनाउन ब्यस्त हुन थाली।
 
"मेरो चिन्ता गर्नु पर्दैन। मलाइ जतिखेर भोक लाग्छ त्यतिखेरै खान्छु। बरु मुमालाइ तातै खाना दिनु। त्यसपछि तिमीले पनि खाए हुन्छ।"

"हस्!" भन्दै सानी कौसी पर पर देखिने घर हेर्न थाली।

हिजो रातिभन्दा आज अलि परिपक्व जस्ती देखिन्थी सानी। रातो सेतो छिर्केबिर्के बुट्टभएको सारी लगाएकी थिइ, लुगाले पनि उसको शरीरलाइ परिपक्व देखाएको हुन सक्छ। उसको शरीरलाइ माथिदेखि तलसम्म हेरे, सुनिले भने जस्तै उसको सम्पूर्ण शरीर कमलो र सफा देकिन्थ्यो। हात खुट्टा सर्लक्क परेका चमिकिलो देखिन्थ्यो। बिचरी, यो उमेरमा लोग्नेसङ छुट्टिएर कसरी बाँचेकी होली? अलि राम्रो लुगा र जुत्ता लगाइदिने हो भने उ कुनै आधुनिक शहरीया युबती भन्दा कम देखिन्न थिइ।काँधभन्दा तलसम्म सानो चुल्ठो कपाल सर्लक्क एकै चुल्ठो बाटेकी थिइ। मैले एकोहोरो हेर्दा हेर्दै उ फरक्क मै पट्टि फर्कि र सप्कोले सकेसम्म छाती ढाक्ने कोशिश गर्न थाली, तर सप्को बाहिरपनि उसको बक्ष गोलाकार रुपमा प्रष्ट देखिन्थ्यो, मिलाएर राखेको पहाडको दुइ थुम्कोजस्तो।

"उमेर कति भयो तिम्रो?" मैले उसबाट नजर हटाउदै सोधे।

"अब २५ लाग्छु अर्को महिनामा!" उ फेरि सप्को मिलाउन थाली।

"हेर्दा त कलिलि देखिन्छ्यौ, २०-२२ जति। २५ भनेर कसैले पत्याउदैनन्।"

"सबैले त्यस्तै भन्छन्।" सानी आफ्नो खुशीलाइ लुकाउदै थी।

"तिम्रो छाला असाध्यै सफा र चम्किलो छ। कुन क्रिम लगाउछौ हँ?" मैले जिस्काए, फेरि अर्को अनर्थ नलागोस् भनेर तुरुन्तै सुनिको सन्दर्भ थपे "सुनिलाइ पनि त्यै क्रिम लगाउ भन्नु पर्‍यो।"

"त्यै फेयर एन्ड लव्ली त होनि, हातखुटामा त म सुत्ने बेलामा तोरीको तेल लगाउछु नि।" उसले आफ्नै हात हेर्दै भनी।
केहि बेरपछि उ आफै खुल्न थाली, सानैमा बिहे गरी, लोग्ने इन्डिया गयो बिहेको ३ बर्शपछि, पैसा कमाएपछि उसलाइ पनि सङै  लाने भनेर, तर ५ बर्षसम्म पनि फर्केन। त्यसपछि उ काकाको छोरीसङ काठमान्डु आइ, काम गर्नै पर्‍यो। अब उसलाइ लोग्नेको आश रहेन। ७ कक्षासमा पढेकी नि रैछ, कथाहरु पढ्न मन लाग्छ रे उसलाइ। मैले मेरो दराजमा रहेका केहि उपन्यासहरु उसलाइ दिए। दिउसो खासै काम पनि हुदैन उसको, समय कटाउन सजिलै हुन्छ भनेर।
२-३ महिनापछि उ केहि न केहि बहाना गरेर म सङ कुरा गर्न आउथी। कहिले उसले पढेको उपन्यासको कथा, कहिले उसको जिन्दगी, कहिले मेरो मनपर्ने खाना यस्तै यस्तै हुन्थ्यो कुराकानीको बिषय। मलाइ पनि उ मन पर्न थालेकी थि। केहि कुरा सुनेर उ छक्क पर्थी र आखा ठुलो पार्थी, मलाइ उ देखेर हाँस उठ्थ्यो।सुनि अब बिहानै गएर राति फर्किन्थी। झुलुक्क एकचोटि मुख देखाउथी र फेरि गायब हुन्थी। बच्चाहरु आफ्नै दुनियामा हुन्थे, किशोराबस्थामा प्रबेश गर्दै थिए। साथी भन्दा अरु केहि ठुलो थिएन उनिहरुको जिबनमा। मुमाको ब्यस्तता धार्मिक जिबन थियो। कहिले कुन सत्सङ कहिले कहा भजन यस्तै। घरमा यदि कोहि हुन्थ्यो भने सानी अनि म।

एकदिन मलाइ बिहानै देखि सन्चो थिएन। टाउको भारी भैरहेको थियो। सुनिले जाने बेलामा एस्पिरिन दिएकी थिइ, त्यसले एकैछिन काम गर्‍यो फेरि उस्तै दुख्न थाल्यो।

सानी आइ बिहानको कामधन्दा सकेर, "हजुरलाइ चिसो पानी ल्याइदिउ?"
"पर्दैन!" मैले निधार छोएर हेरे, अलिकति तातो जस्तो लाग्यो।

"ज्वरो आएको छ?" सानी सोधी।

"अलि अलि तातो जस्तो लाग्यो।" मैले उसलाइ सोधे, "एकचोटि मेरो निधार छाम त।"

उ अलि अप्ठ्यारो मान्दै आइ, बिस्तारै मेरो निधार छामी। "यति त मेरो पनि छ।" उसले आफ्नै निधार छामी। फेरि मेरो निधार छाम्न थाली।

"कस्तो चिसो हात तिम्रो!" मैले उसको हात छोए।

"भर्खरै पानी खेलेर आएको नि त!" सानीले आफ्नो हात मेरो हातबाट छुटाउने कोशिश गरी।

"तिमीलाइ मन पर्दैन भने--" मैले उसको हात छोडिदिए।

"कसैले देख्यो भने।" उ डराइ।

"यो तिम्रो र मेरो कुरा हो, अरुलाइ के मतलब?" मेरो हिम्मत बढ्न थाल्यो, मैले सानीलाइ हेरे, उसको नजर झुकेको थियो। फिका पहेलो सारीमा उसको सुकोमल शरीर मेरो स्पर्षको न्यानो माग्दैथ्यो। उ पनि त मान्छे हो, उसको पनि त रहर होलान्, म जस्तै उसलाइ पनि त मायाको जरुरत हुदो हो। सानी मेरो सामु  लल्याक लुलुक भैसकेकी थिइ, उ मेरो अँगालोमा आफैलाइ समर्पित गर्दैथी। मैले उसको अनुहारमा, ओठंमा, सम्पूर्ण शरीरमा चुम्न थाले, उ आखा बन्द गर्दै मलाइ अङाल्न थाली, उसको अङालो कसिलो हुन थाल्यो। बिस्तारै उसको शरीरबाट एक एक बस्त्र फुस्किन थाल्यो, र हामी केबल शरीर मात्र भयौं, पानी नजिकै भएर पनि तिर्खाएको जस्तो हाम्रो शरीर, एक अर्काको मायामा यसरी डुब्न थाल्यो, हामी दुबैको रहर यो भौतिक जगतभन्दा पर कहि मिलनबिन्दुमा गएर पोखियो, जहा चरम आनन्द थियो, अलौकिक सुख र मिठो अनुभब।

"सानी!"

"हजुर!" उसले लाजले अनुहार लुकाइ मेरो छातिभित्र।

"शायद स्वर्ग यही हुनु पर्छ!" मैले उसलाइ चुम्दै भने।

"स्वर्ग भएपछि नर्कको पनि अस्तित्व हुन्छ नि!" सानीको कुराले मलाइ फेरि सपनाबाट यथार्थमा ल्यायो।

"हो, स्वर्ग र नर्क यहि हुन्छ!" बाहिर घाम चर्केको देखेर मैले उसलाइ भने। "सानी लुगा लगाउ!" मैले आफ्नै लुगाहरु खोज्न थाले।

सानी हतार हतार लुगा लाउन थाली, कपाल मिलाउन थाली, मैले उसको अनुहारमा सन्तुस्टिको भाब देखे। हामी दुबैको चाहना पुरा भएको थियो। धेरै पछि म ताजा अनुभव गर्दैथे। शायद सानी पनि त्यस्तै अनुभव गर्दि हो।
to be continued....

Last edited: 25-Sep-13 04:56 PM

 
Posted on 09-26-13 10:02 AM     [Snapshot: 261]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Sahili i can see where the story is going .. ;)
 
Posted on 09-26-13 10:59 AM     [Snapshot: 276]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi GC

के छ हालखबर साथी! सन्चै? क्रमश: नलेखु भनेको एक बसाइमा कथा नसकिने रैछ!

थाने जी,
साचै तपाइ पनि महरु मध्यको एउटा 'म' त पर्नु भएन। कथाको म को कुरामा बहकियो भने त बिजोग पो हुन्छ कि?

फुच्चे,
मलाइ अझै थाहा छैन, थाने भनेको हैन नि फेरि, कथा कहा जादैछ?

झापाली ठिटो ज्यु,
तपाइले भने जस्तै पो भयो त है, के हो अन्तरयामी हुनु हुन्छ कि क्या हो?

मौन पढ्ने साथीहरुलाइ धन्यबाद! धेरै पछि लेख्दा गल्तीहरु भएमा माफ दिनुहोला।


 
Posted on 09-26-13 11:26 AM     [Snapshot: 281]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ल दोश्रो नि पढें ... 
 
क्रेजी .... म 'म'पात्र भन्दा धेरै टाढाको म हुँ.... तर पनि धेरै छन् नि यो म पात्र जस्ता महरु यहाँ तेही पो भन्या त ...
 
दोश्रो भाग त मलाई कता कता त्यो राजेश खन्नाको फिलिम थो नि के त नाम नै बिर्सें.....जिसिनिमा मा हेर्या सानो मा  ....त्यता तिरा गैरा जस्तो पो लाग्यो त... 
 
बाँकी चांडै पढ्न पौने आशा मा 
 
- थाहा छैन (थाने)

 
Posted on 09-26-13 5:23 PM     [Snapshot: 353]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 भाग-

 

"सानी! तिमीलाइ थाहा यो सत्य हैन!"

"हजुर?" उसले शायद बुझिन।

"तिमी बिचको यो जुन सुन्दर पल , त्यो सत्य हैन।"

"सुन्दर त्यहि नै पर्याप्त छैन ?" सानी कहिलेकहि उमेरभन्दा परिपक्व कुरा गर्छे।

"सत्य के हो भने हामी दुबैबाट पाप भएको यसको सजाय हामीलाइ अबश्य हुनेछ।"

"कहिल्यै?" सानीले छक्क पर्दै सोधी।

"मरेपछि। तिमी दुबैलाइ यमराजले  सजाय दिनेछ। बुझ्यौ?" ममा भुल गरेपछिको ग्लानि भैरहेको थियो।

"मरण सत्य हो! मरेपछि के हुन्छ कसलाइ थाहा ?" सत्यमै अलमलिरहेकी थी।

"तैपनि सानी, हामीबिच जे  भयो त्यो नहुनु पर्थ्यो।" मलाइ डर लागिरहेको थ्यो आफैसङ।

"मलाइ बिश्वाश गर्नुस्! कसैलाइ भन्ने छैन।"मलाइ उसको बिश्वाश थियो। अब आउने दिनहरुको बिश्वाश थिएन। सानी मेरो यस सम्बन्धको गन्तब्यको ठेगान थिएन। यो कहा पुग्छ, त्यो पनि थाहा थिएन। वा पुग्दै पुग्दैन त्यो बिश्वाश थिएन।

"सानी, हाम्रो यो सम्बन्धको कुनै गन्तब्य छैन बुझ्यौ?"

"अँ" मात्रै भनी सानीले।

"तिमीलाइ समान्तर रेखाहरुको बारेमा थाहा ?"

"हजुर!"

"हो, त्यस्तै समानान्तर रेखाहरु जस्तै हामी सङै सङै मात्रै हिड्छौ, तर कहि पनि पुग्दैनौ।"

"मैले बुझे।"

" तिमीलाइ क्षणिक सुख बाहेक अरु केहि दिन सक्दिन। मेरो बाध्यता तिमीलाइ थाहै छ।" आशक्त होली फेरि झमेलामा परुला भन्ने डर थियो।

"मलाइ केहिको आशा पनि छैन।" सानी बाहिर जान खोज्दैथी।

"सानी! सुन! यो प्रेम हो! बुझ्यौ?"

" यो प्रेम हैन।"

"अनि के ?"

"शारिरिक आबश्यक्ता।" सानी जिस्केकी हो कि जस्तो लाग्यो मलाइ।

"तर तिमीलाइ माया गर्छु।"

"त्यो माया शरीरमा गएर टुङिन्छ, अनि कहा हुन्छ प्रेम?" सानीको प्रश्नले मलाइ पनि सोच्न बाध्य बनायो।

"त्यही हो प्रेमको पूर्णता!"

"यस बिशयमा पछि कुरा गरुला। मुमालाइ खाना दिएर आँउछु।" भन्दै सानी तल गै।

बेड मिलाउन थाले, तन्ना फेर्न थाली, सिरानीको खोल पनि, सुनि कागभन्दा बाठी छे। उसको सामु कुनै प्रमाण छोड्नु हुन्थेन। त्यसै मलाइ निलुला झै गर्छे। झन् मेरो कमजोरी थाहा पाइ भने के गर्ली? एक्चोटि बाहिर जानु पर्ला भनेर, लुगा झिक्दै थे, सुनिको आवाज सुने बाहिर। अब भित्र बस्न पनि गार्हो, बाहिर जान पनि मुश्किल भयो मलाइ। जब जब सुनिको आवाज नजिक आउन थाल्यो, उति सम्हाल्न थाले आफुलाइ, घरि अनुहार हेर्थे, घरि कपाल मिलाउथे।

"ओइ, हिरो, कस्तो अहिले?" सुनिको मुड रसिक लाग्यो मलाइ।

"किन के भएको थ्यो ?" मैले उसको ब्यंग हो कि जस्तो महसुस गरे।

"टाउको दुखेको भनेको हैन? बिहान!" सुनिले आफ्नो ब्याग एकतिर राख्दै मेरो नजिक आइ।

"त्यो तिमीले एस्पिरिन दिनासाथ निको भैहाल्यो नि।" उसङ टाढिन खोजे।

"निको भएपनि मसाज गरिदिन्छु नि तिम्रो टाउको, शरीर, सबै ठाउमा! के बिचार?" सुनि देब्रे आखा झिम्काउदै मेरो घाँटिमा झुन्डिन आइ। उसको आशय मैले बुझे।

"तिम्रो काममा जानु पर्दैन अब!" मैले उसको दुबै हातलाइ बिस्तारै घाँटिबाट हटाउदै भने।

"यो पनि काम नै हो नि,  हैन ?"सुनि रोमान्टिक हुन थाली।

"तर मेरो अपोइन्ट्मेन्ट १० मिनेटमा। हेर , कस्तो टाइम यो? भरै बेलुकी तिमीलाइ यसको ब्याज समेत माया गरुला।" मलाइ उसङ उम्किने बहाना चाहेको थ्यो। उसको गालामा हलुका चुम्बन गर्दैथे, ढोकामा सानी आइसकेकी रैछ।

"सुनि दिज्यु! हजुरलाइ के ल्याउ?" सानीले हामी दुबैलाइ नहेरी सोधी।

"अहिले केहि पर्दैन, एक गिलास चिसो पानी मात्रै।" सानी लगतै तल गइ।

"आज झन सबै कामहरु मिलाएर आएको म। तिमी चाहि बिजि! भरै पनि तिमीलाइ थकाइ लाग्ने होला नि!" सुनिको रोमान्टिक मूड एकैछिनमा हरायो।

"प्रमिस! मैले भने नि भरै त्यस्तो हुदैन!" मेरो मुटु ढुकढुक भैरहेको थियो। मेरो शरीरमा अझै सानीको सुबास बाकि थियो।

"मलाइ यस्तो लाग्छ कहिलेकहि हामीले रोमान्सको लागि समय निकाल्नु पर्छ बुझ्यौ?बिहे पछि बच्चा, काम ब्यस्तताले हाम्रो जिबन कस्तो दिक्क बनाउदो रहेछ। तिमी पनि केहि दिन बिदा लेउ, पनि लिन्छु अनि घुम्न जाउ तिमी मात्रै!" सुनिको प्रस्ताब अनायास सुनेर झस्के।

"आज कताबाट तिमीलाइ यस्तो राम्रो राम्रो कुरा आयो हँ?"मलाइ सुनिप्रति पहिले भन्दा धेरै माया लाग्यो।

"कति काम मात्रै गर्ने, कहिले कहि आफ्नो जिबन पनि बाच्नु पर्यो भनेर नि! तिमीलाइ ढिलो होला, जाउ जाउ!" भन्दै फेरि ब्यागभित्रबाट फाइल खोलेर हेर्न थाली। उसको रहर छिनमै उम्लिन्छ र छिनमै सेलाउछ। निस्केको देखि कि देखिन।

भरेङमा तल झर्दैथे, सानी पानीको गिलास लिएर माथी आँउदैथी। उसको आखा मेरो आखा केहि क्षणलाइ जुधे, बिस्तारै मुस्काइ, उसको हातमा मैले हलुका स्पर्श गरे। लजाइ, माथि उक्लन थाली। तल

जादैथे, यसपटक हाम्रो गन्तब्य बिपरित दिशातिर थ्यो, समानान्तर थिदै थिएन।

क्रमश:

 

 


 
Posted on 09-26-13 5:24 PM     [Snapshot: 355]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 "निको भएपनि मसाज गरिदिन्छु नि तिम्रो टाउको, शरीर, सबै ठाउमा! के बिचार?" सुनि देब्रे आखा झिम्काउदै मेरो घाँटिमा झुन्डिन आइ। उसको आशय मैले बुझे।

"तिम्रो काममा जानु पर्दैन अब!" मैले उसको दुबै हातलाइ बिस्तारै घाँटिबाट हटाउदै भने।

"यो पनि काम नै हो नि,  हैन ?"सुनि रोमान्टिक हुन थाली।

"तर मेरो अपोइन्ट्मेन्ट १० मिनेटमा। हेर , कस्तो टाइम यो? भरै बेलुकी तिमीलाइ यसको ब्याज समेत माया गरुला।" मलाइ उसङ उम्किने बहाना चाहेको थ्यो। उसको गालामा हलुका चुम्बन गर्दैथे, ढोकामा सानी आइसकेकी रैछ।

"सुनि दिज्यु! हजुरलाइ के ल्याउ?" सानीले हामी दुबैलाइ नहेरी सोधी।

"अहिले केहि पर्दैन, एक गिलास चिसो पानी मात्रै।" सानी लगतै तल गइ।

"आज झन सबै कामहरु मिलाएर आएको म। तिमी चाहि बिजि! भरै पनि तिमीलाइ थकाइ लाग्ने होला नि!" सुनिको रोमान्टिक मूड एकैछिनमा हरायो।

"प्रमिस! मैले भने नि भरै त्यस्तो हुदैन!" मेरो मुटु ढुकढुक भैरहेको थियो। मेरो शरीरमा अझै सानीको सुबास बाकि थियो।

"मलाइ यस्तो लाग्छ कहिलेकहि हामीले रोमान्सको लागि समय निकाल्नु पर्छ बुझ्यौ?बिहे पछि बच्चा, काम ब्यस्तताले हाम्रो जिबन कस्तो दिक्क बनाउदो रहेछ। तिमी पनि केहि दिन बिदा लेउ, पनि लिन्छु अनि घुम्न जाउ तिमी मात्रै!" सुनिको प्रस्ताब अनायास सुनेर झस्के।

"आज कताबाट तिमीलाइ यस्तो राम्रो राम्रो कुरा आयो हँ?"मलाइ सुनिप्रति पहिले भन्दा धेरै माया लाग्यो।

"कति काम मात्रै गर्ने, कहिले कहि आफ्नो जिबन पनि बाच्नु पर्यो भनेर नि! तिमीलाइ ढिलो होला, जाउ जाउ!" भन्दै फेरि ब्यागभित्रबाट फाइल खोलेर हेर्न थाली। उसको रहर छिनमै उम्लिन्छ र छिनमै सेलाउछ। निस्केको देखि कि देखिन।

भरेङमा तल झर्दैथे, सानी पानीको गिलास लिएर माथी आँउदैथी। उसको आखा मेरो आखा केहि क्षणलाइ जुधे, बिस्तारै मुस्काइ, उसको हातमा मैले हलुका स्पर्श गरे। लजाइ, माथि उक्लन थाली। तल जादैथे, यसपटक हाम्रो गन्तब्य बिपरित दिशातिर थ्यो, समानान्तर थिदै थिएन।

क्रमश:

 

 

Last edited: 26-Sep-13 05:25 PM

 
Posted on 09-26-13 7:47 PM     [Snapshot: 377]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-27-13 12:02 PM     [Snapshot: 446]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 तेश्रो नि पढें

.....तर अलिक मन खिस्रिक्क भो .........हरेssss! भोक र भोगलाइ माया ठान्नेको जमाना...... एकछिनको व्यग्रताको धुवाँको लागि माया र बिश्वासको आगो जलाई हुक्का तान्ने हरु भन्या जस्तो लाग्यो .........अनि अलिकति  प्रश्न तेर्सिए ... के सम्बन्धमा माया देखिएन भन्दैमा मायानै नहोला त .........के माया नहुँदैमा मन बहकेर शरीरको अमिट्य भोकलाइ माया ठान्नु माया हो र........यहाँ एउटी नारीलाइ एउटा पुरुषले भोगेको कुरो छ त्यो त माया हैन ..भोक हो नि हैन र... ..कथा आखिर समाजको प्रतिबिम्ब हो... यस्तो भै रहेको छ ... राम्रो लागिरहेको छ ... .....अब यहाँ कथामा के होला...... सुनीले नि अपिसाँ अर्कै को रंगिन धोखाको कहानी सुनेर बुढोसंग टाँसिन थालेकी पो होकी..डरले...... ... न आफै अर्कोसंग सल्केर बुढोलाइ थाहा नहोस भनेर पो टाँसिन थालेकी हो..... न सानी सुनीले चियो गर्न राखेको केटि पो होकी ..... के हो के ...थाहा छैन बा 
 
कुराइ मा ....
 
- थाहा छैन 

 
Posted on 09-30-13 11:02 AM     [Snapshot: 594]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भाग-

 

समय दिन, रात महिना हुदै बित्न थाल्यो। दिनमा सानी मसङ हुन्थी, रातमा सुनिसङ हुन्थे।सुनिको ब्यस्तता बढी नै रह्यो, उसले केहि दिनको लागि बिदा लिएर घुम्न जाने योजना बिर्सी। सानीलाइ मैले जति माया गर्थे, सुनिलाइ पनि सट्टामा त्यो भन्दा धेरै माया गर्ने कोशिस मेरो जारी नै रह्यो। यसर्थ सुनि कहिले कहि मलाइ सोध्थी" आज किन यति धेरै नजीक तिमी?" उसलाइ सधै उसको नजिक छु भनेर प्रमाणित गर्न खोज्थे। जब घरबाट निस्कन्थी फेरि मलाइ सानीको आबश्यक्ता महसुस हुन्थ्यो। सानी मेरो लागि बानी हुन थाली, अथवा बहाना बन्न थाली। हाम्रो सम्बन्ध अति गोप्य रोमान्चक बनी रह्यो। सानी जब बिहानको कामधन्दा सकेर फुर्सद पाउथी, खुशी हुदै माथि आउथी।  एकदिन हामी कुनै किताबको बारेमा कुरा गर्दै थियौ। उसले मलाइ अनौठो प्रश्न सोध्न थाली।

"हजुर, दिदीलाइ कति माया गर्नु हुन्छ?" उसलाइ भन्दा कति बढी वा कम भनेर जान्न खोजेकी जस्तो लाग्यो मलाइ।

"जति एउटा लोग्नेले स्वास्नीलाइ गर्छ त्यति!"मैले निस्पक्ष जवाफ दिनु पर्थ्यो, त्यसैले त्यहि भने।

"त्यसो भए मसङ किन यति धेरै नजिक?"

" सङ पनि टाढा छैन नि ! सङ मेरो जीबन बगिरहेको छ। त्यसैले मेरो पूर्णता हो। बिना मेरो मात्रै कुनै अर्थ रहदैन।"

" चाहि?"

"तिमी सबै भन्दा मिल्ने साथी जस्तो, सबै साथीहरु जिन्दगीभर सङै हुदैनन्। कोहि कोहि हुन्छन् तर हर समय साथ रहदैनन्।"

"सुनि दिदी त्यति राम्री हुनुहुन्छ, धेरै पढेलेखेको हुनु हुन्छ। तैपनि तपाइलाइ जस्ती साधारण केटि किन मन पर्छ?"

"सुनि नियन्त्रन गर्छे, हरेक काममा, हरेक निर्णयमा। उसङ घमन्ड छ। शारीरिक भाबनतात्मक रुपमा एकाकार हुने बेलामा पनि माथि नियन्त्रण गर्छे, लोग्ने हुन्छ अनि उसको स्वास्नी जस्तो समर्पित हुन बाध्य बनाउछे। "

"उहाको बोलीमा आत्मबिस्वास हुन्छ।"

"त्यो नराम्रो कुरा हैन। अहिलेको जमानामा एउटी साहसी आत्मबिश्वाशले भरिपूर्ण नारी बन्न सक्नु एकदम राम्रो कुरा हो। तर उसको लोग्ने हु, मेरो पुरुष अंहलाइ उसको नारी हठले जहिले दबाउछ। कहिले सम्म उसको स्वास्नी हुनुको अत्याचार सहिरहु?"

"हाम्रो समाजमा नारीले आत्म समर्पण गर्नै पर्छ भनेर सिकाउछ है? कि हामी आफै त्यस्तो बन्छौ?"

" नारी शरीरमा पुरुष स्वभाव भएकी स्वास्नी मान्छे। उसको अंहले मलाइ सधै पराजित गर्छ। त्यो एउटा अबगुण बाहेक मलाइ उसको सबै कुरा मन पर्छ।"

"अनि मेरो?"

"तिमीसङ समर्पण छ। तिमी सजिलै हार्न सक्छौ, तिमी मलाइ जित्न दिन्छौ। हाम्रो सम्बन्धको सुन्दरता  पनि यही हो।"

" सम्बन्धमा हारजित हुनै पर्छ?"

" सम्बन्धमा दुबै पक्ष जित्न सक्दैनन्, एउटा पक्षले हार्नै पर्छ।"

"यो संसार अचम्मको , यहाको सम्बन्धहरु जटिल छन्। बाहिरबाट जे देखिन्छ, भित्र त्यो हुँदैन।"

"भैगो, छोड त्यस्ता कुराहरु! आउ हामी यो समयको सदुपयोग गरौ।" मैले उसलाइ आफ्नू न्यानो अङालोमा बेरेर चुम्न थाले उसको अधर, ओठ, घाँटि। गल्न थाली, उसको आखाहरु  बन्द भए आनन्दले हामी दुबैको शरीरमा रक्तसंचार बढ्नथाल्यो,उसको मुटुको बढ्दो ढुकढुकि मैले सुने। हामी दुबैको शरीर बाँधिन थाल्यो, उसको अङालोमा पनि कसिन थाले। हाम्रो स्वाशप्रस्वासको गति बढ्न थाल्यो।

"सानी!" तलबाट अचानक  मुमाको स्वर सुनियो।

हामी दुबै झस्कियौ, त्यसपछि तुरुन्तै एकापसको अङालोबाट अलग्गियौ। अब रोमान्चक पलको अबधि सकियो, भयले दुबै आत्तिसकेका थियौ। सम्हालिन थाली, लुगा मिलाउन थाले।

"सानी!" मुमाले फेरि बोलाउनु भयो तलैबाट। यसपटक मैले आफुलाइ सामान्य बनाउने कोशिस गरे।

"कौसीमा बढार्दै छे सानी!" मैले एउटा झुठलाइ छोप्न अर्को झुठ बोले।

"हैन, आजकाल त्यो माथिमात्रै कति जान्छे? मेरो कोठामा फर्केरै आँउदिन " मुमाको स्वरमा कतै कतै शंका जस्तो लाग्यो मलाइ।

"हस्!" मैले यति मात्रै भने। सानी कोठाबाट निस्की, जाँदा उसको अनुहारमा तनाब देखियो।

"एक्लो लोग्ने मान्छे बसेको कोठामा धेरै जानु हुदैन, उसकी स्वास्नीले थाहा पाइ भनी घर झगडा हुन्छ। आइमाइ भएर धेरै बाइफाले हुनुहुन्न।" मैले मुमाको गनगन धेरै बेरसम्म ढोकैबाट सुने, यतिखेर मलाइ सानीको धेरै माया लाग्यो। गल्ती हामी दुबैको थियो, तर गाली उसैले खाइरहेकी थिइ। उसकै चरित्रमा दाग लागेको थियो। ढोकाको कापमा लुकेर बस्ने भलादमी मान्छे, आफ्नै छायादेखि तर्सिन थालेको थिए।

क्रमश:


 
Posted on 09-30-13 11:04 AM     [Snapshot: 596]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"उहाको बोलीमा आत्मबिस्वास हुन्छ।"

"त्यो नराम्रो कुरा हैन। अहिलेको जमानामा एउटी साहसी आत्मबिश्वाशले भरिपूर्ण नारी बन्न सक्नु एकदम राम्रो कुरा हो। तर उसको लोग्ने हु, मेरो पुरुष अंहलाइ उसको नारी हठले जहिले दबाउछ। कहिले सम्म उसको स्वास्नी हुनुको अत्याचार सहिरहु?"

"हाम्रो समाजमा नारीले आत्म समर्पण गर्नै पर्छ भनेर सिकाउछ है? कि हामी आफै त्यस्तो बन्छौ?"

" नारी शरीरमा पुरुष स्वभाव भएकी स्वास्नी मान्छे। उसको अंहले मलाइ सधै पराजित गर्छ। त्यो एउटा अबगुण बाहेक मलाइ उसको सबै कुरा मन पर्छ।"

"अनि मेरो?"

"तिमीसङ समर्पण छ। तिमी सजिलै हार्न सक्छौ, तिमी मलाइ जित्न दिन्छौ। हाम्रो सम्बन्धको सुन्दरता  पनि यही हो।"

" सम्बन्धमा हारजित हुनै पर्छ?"

" सम्बन्धमा दुबै पक्ष जित्न सक्दैनन्, एउटा पक्षले हार्नै पर्छ।"

"यो संसार अचम्मको , यहाको सम्बन्धहरु जटिल छन्। बाहिरबाट जे देखिन्छ, भित्र त्यो हुँदैन।"

"भैगो, छोड त्यस्ता कुराहरु! आउ हामी यो समयको सदुपयोग गरौ।" मैले उसलाइ आफ्नू न्यानो अङालोमा बेरेर चुम्न थाले उसको अधर, ओठ, घाँटि। गल्न थाली, उसको आखाहरु  बन्द भए आनन्दले हामी दुबैको शरीरमा रक्तसंचार बढ्नथाल्यो,उसको मुटुको बढ्दो ढुकढुकि मैले सुने। हामी दुबैको शरीर बाँधिन थाल्यो, उसको अङालोमा पनि कसिन थाले। हाम्रो स्वाशप्रस्वासको गति बढ्न थाल्यो।

"सानी!" तलबाट अचानक  मुमाको स्वर सुनियो।

हामी दुबै झस्कियौ, त्यसपछि तुरुन्तै एकापसको अङालोबाट अलग्गियौ। अब रोमान्चक पलको अबधि सकियो, भयले दुबै आत्तिसकेका थियौ। सम्हालिन थाली, लुगा मिलाउन थाले।

"सानी!" मुमाले फेरि बोलाउनु भयो तलैबाट। यसपटक मैले आफुलाइ सामान्य बनाउने कोशिस गरे।

"कौसीमा बढार्दै छे सानी!" मैले एउटा झुठलाइ छोप्न अर्को झुठ बोले।

"हैन, आजकाल त्यो माथिमात्रै कति जान्छे? मेरो कोठामा फर्केरै आँउदिन " मुमाको स्वरमा कतै कतै शंका जस्तो लाग्यो मलाइ।

"हस्!" मैले यति मात्रै भने। सानी कोठाबाट निस्की, जाँदा उसको अनुहारमा तनाब देखियो।

"एक्लो लोग्ने मान्छे बसेको कोठामा धेरै जानु हुदैन, उसकी स्वास्नीले थाहा पाइ भनी घर झगडा हुन्छ। आइमाइ भएर धेरै बाइफाले हुनुहुन्न।" मैले मुमाको गनगन धेरै बेरसम्म ढोकैबाट सुने, यतिखेर मलाइ सानीको धेरै माया लाग्यो। गल्ती हामी दुबैको थियो, तर गाली उसैले खाइरहेकी थिइ। उसकै चरित्रमा दाग लागेको थियो। ढोकाको कापमा लुकेर बस्ने भलादमी मान्छे, आफ्नै छायादेखि तर्सिन थालेको थिए।

क्रमश:


 
Posted on 09-30-13 11:05 AM     [Snapshot: 598]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कौसीमा बढार्दै छे सानी!" मैले एउटा झुठलाइ छोप्न अर्को झुठ बोले।

"हैन, आजकाल त्यो माथिमात्रै कति जान्छे? मेरो कोठामा फर्केरै आँउदिन " मुमाको स्वरमा कतै कतै शंका जस्तो लाग्यो मलाइ।

"हस्!" मैले यति मात्रै भने। सानी कोठाबाट निस्की, जाँदा उसको अनुहारमा तनाब देखियो।

"एक्लो लोग्ने मान्छे बसेको कोठामा धेरै जानु हुदैन, उसकी स्वास्नीले थाहा पाइ भनी घर झगडा हुन्छ। आइमाइ भएर धेरै बाइफाले हुनुहुन्न।" मैले मुमाको गनगन धेरै बेरसम्म ढोकैबाट सुने, यतिखेर मलाइ सानीको धेरै माया लाग्यो। गल्ती हामी दुबैको थियो, तर गाली उसैले खाइरहेकी थिइ। उसकै चरित्रमा दाग लागेको थियो। ढोकाको कापमा लुकेर बस्ने भलादमी मान्छे, आफ्नै छायादेखि तर्सिन थालेको थिए।

क्रमश:


 
Posted on 09-30-13 11:09 AM     [Snapshot: 602]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yuvaraj,

Thanks for the comment!

थाने ज्यु,

कति धेरै सम्भावनाहरु? अर्को भाग लेख्ने जिम्मा यहालाइ दिउ कि जस्तो लाग्यो।

धन्यबाद प्रत्येक भागमा सक्रियरुपमा प्रतिक्रिया दिनु भएकोमा।


 
Posted on 09-30-13 12:21 PM     [Snapshot: 630]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 समाजै यस्तै छ, समानन्तर रेखाहरुमध्ये एउटालाई मात्र वांगो देख्छ। मानौँ अर्को रेखा अर्जुनको वाँडहो ।सिधा हुनु उसको कर्म हो ,स्वाभाव हो। 
साहिँली यसपाली राप आयो..पोल्यो कथाले।।अर्को भागको प्रतिक्षामा
 
Posted on 09-30-13 2:26 PM     [Snapshot: 648]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 भाग-४ नि पढें.....
 
 क्रेजी , मैले त अब कथा कताजाला यता जाला कि उता जाला भनेर उत्सुकतावश २-३ वटा बाटाहरु खुस्काइ हलेछु .... हजुरको कथा या लखाइमा दखल पो परेछ कि... लेखकलाइ लेख्न नदिएर म के बर्बराको होला, कति न लेखक जस्तो के मा फेरी  ....माफ पाम है यो ध्रीष्टताको लागि ....
 
<<गल्ती हामी दुबैको थियो, तर गाली उसैले खाइरहेकी थिइ। उसकै चरित्रमा दाग लागेको थियो। म ढोकाको कापमा लुकेर बस्ने भलादमी मान्छे, आफ्नै छायादेखि तर्सिन थालेको थिए।>>
---समाजको अगाडी सदा एउटा पाटो पुरुष सेतो सफा नै रहन्छ जतिसुकै मैलो किन नहोस , अर्को पाटो नारी सेतो भैकन सफा भैकन पनि म सेतो छु मा पबित्र छु भनेर चिनाउन पर्छ, प्रमाणित गर्नपर्छ .....रावणको लंकामा बसेकै भरमा हर सिताहरुले अग्नि परीक्षाबाट आफ्नो सतित्व र सत्यता  देखाउन पर्ने ...यस्तै छ यो समाज ...अझ भानुम हाम्रो समाज.... यस्तै छौँ  महरु र महरुको समाज ....साएद 
 
अरु भाग को पर्तिक्षा मा 
 
- थाहा छैन 

 
Posted on 09-30-13 6:58 PM     [Snapshot: 710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त है फुच्चे,
मैले त गणित उहिले बिर्सेको, त्यसमाथि ज्यामितिले मलाइ सार्है रुवाएको थ्यो। तिमीले ठ्याक्कै देखिहाल्यौ एउटा सिधा अनि अर्को बाङो रेखा तर समानान्तर!

थाने ज्यु,

मैले ठट्टै ठट्टामा अर्को भाग तपाइलाइ लेख्न दिउकि भनेकी हुँ, अन्त्य के हो कथा कता जादैछ भन्ने उत्सुकता हुनु स्वाभाबिकै हो पाठकको लागि। जब म अरुको कथा पढ्छु म पनि त्यस्तै अड्कल लगाउछु, कथा बिथोलिएको छैन। बरु तपाइहरुको प्रतिक्रियाले म लेखनलाइ उत्साहित भएकी छु। कथा लेख्न सबैले सक्छन, तपाइले पनि लेख्नु हुन्छ जस्तो मलाइ लाग्छ, शायद यही साझामा पढेको हो कि जस्तो लाग्छ। आजभोली म सबै कुरा सम्झिन सक्दिन, तर पाठकहरु पनि कथाकार हुन् भन्ने मलाइ लाग्छ। प्रत्येक मान्छे भित्र कथाहरु हुन्छन्, कसैले लेख्छन्, कोहि आफैभित्र साँचेर बस्छन्, त्यति मात्रै फरक हो


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters