[Show all top banners]

momoo

More by momoo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बल्ल-बल्ल समातिएको मुसा फुत्कियो
[VIEWED 6763 TIMES]
SAVE! for ease of future access.
Posted on 09-09-11 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुशील भट्टराई, काठमाडौं, भदौ २३- हङकङमा ग्राउन्डेड नेपाल वायुसेवा निगमको जहाजभित्र दुई दिनदेखि धुइँपत्ताल खोजी गरिएको एउटा मुसा समातिए पनि फुत्किएको छ।

त्यहाँको 'हङकङ एयरक्राफ्ट इन्जिनियरिङ कर्पोरेसन' (हेको) का एक प्राविधिकले बिहीबार बिहान ६ बजे मुसा टाँसिने पासो (ग्ल्यु म्याट) मा टाँसिएको अवस्थामा भेटे पनि फुत्किएको निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीले जानकारी दिए।
हेकोका इन्जिनियर र प्राविधकहरूले निगमको उक्त ग्राउन्डेड जहाजमा मुसा खोज्नेदेखि मर्मत गर्नेसम्मका काम गरिरहेका छन्। हेकोको नियमअनुसार जहाजभित्र मुसा भेटिए त्यसलाई नमारी बाहिर ल्याउनुपर्छ। मुसा फुत्किएपछि हेकोले जहाजभित्र पासोसहित धुवाँ फाल्ने काम गरिरहेको छ।

'हेकोका प्राविधिकले ग्ल्यु म्याटमा टाँसिएको मुसा फेला पारेर बाहिर ल्याउँदा ल्याउँदै मुसोले बल गरेर फुत्किएको रिपोर्ट हङकङबाट आएको छ,' केसीले बिहीबार नागरिकसँग भने, 'मुसा फुत्किएपछि भेट्न सकिएको छैन।'

गत सोमबार बिहान काठमाडौंबाट बैंकक जाने बेला निगमको बोइङ ७५७ ९एन-एसिबी जहाजमा देखिएको एउटा मुसा चार दिनदेखि निगम व्यवस्थापनको 'टाउको दुखाइ' बनेको छ। सोमबार रातिसम्म पनि त्यो मुसा नभेटिएपछि व्यवस्थापनले मलेसियाको क्वालालम्पुर उडाएको थियो।

तर, व्यवस्थापनले भने सोमबार राति नै 'ग्ल्यु म्याटमा टाँसिएर एउटा मुसा मरेको अवस्थामा भेटिएको' दाबी गर्दै फोटो खिचिएको र मुसालाई ह्यांगरमा सुरक्षित राखिएको बताउँदै आएको छ। उता, जहाज उडाउने क्याप्टेन युवराजकुमार भट्टराईदेखि नायब महाप्रबन्धक केसी, उडान सुरक्षा निर्देशक दिगम्बर राजभण्डारी कसैले पनि मरेको मुसा आफूहरूले नदेखेको बताइसकेका छन्।

मुसाकै कारण निगमको छविमा समेत धक्का लागेकाले व्यवस्थापनले अब भने जोखिम नमोल्ने र विवादमा नपर्ने निर्णय गरेको छ। व्यवस्थापनले अब नोक्सानीभन्दा जहाज, यात्रु, उडान कर्मचारीको सुरक्षा र छवि जोगाउन मुसामात्र खोज्ने निर्णय गरेको हो।

क्याप्टेन भट्टराईले मुसा फेला नपारेसम्म हङकङबाट जहाज लिएर नआउने अडान लिएपछि व्यवस्थापनलाई थप दबाब परेको छ। उनले सोमबार राति मुसा फेलै नपरी जहाज लिएर मेलेसिया जाने क्याप्टेनहरू आरपी ढकाल र श्रवण रिजाललाई गैरजिम्मेवार भएको आरोप लगाएका थिए।

'प्राविधिककै हातबाट मुसा फुत्किएपछि अब त्यो मुसा फेला नपरेसम्म जहाज उडाउँदैनौं,' केसीले भने, 'अर्बौंको जहाजसहित हाम्रा यात्रु र उडान कर्मचारीको सुरक्षाका लागि पनि जहाज नउडाउने निर्णय गरेका हौं। अझै मुसा फेला पर्ने आशा पनि छ।'

निगमका अनुसार बुधबार हङकङ अवतरण गर्नु ४५ मिनेटअघि पाइलट बस्ने ककपिटमा मुसा देखिएको थियो। त्यहाँ अवतरण गर्नासाथ जहाज ग्राउन्डेड गरी हेकोले सुरुमा ६ घन्टा र त्यसपछि ४ र २ घन्टा मुसा समात्न पासो राखे पनि मुसा फेला परेको थिएन। त्यसपछि रातिबाट हेकोले जहाजभित्र हल्का असर गर्ने विषादी छरेको थियो। यो विषादी छरेपछि जहाजलाई १२ घन्टासम्म सबै झ्यालढोका बन्द गरी राखिएको थियो। तर, विषादीभन्दा पासोमा मुसा टाँसिएको थियो।

उडान रद्द
हङकङबाट जहाज आउन नसकेपछि निगम व्यवस्थापनले उडान रद्द गरेको छ। उसले बिहीबार साँझ ६ः५५ को काठमाडौं-दुबई र शुक्रबार बिहान ९ बजेको काठमाडौं-बैंकक उडान रद्द गरेको सूचना जारी गरेको छ।

'मुसा फेला नपरेसम्म हङकङबाट जहाज नआउने भएपछि दुबई र बैंकक उडान रद्द गर्‍यौं,' नायब महाप्रबन्धक तथा प्रवक्ता केसीले भने, 'दुइटा उडानमा ३ सय ८० यात्रु जान लागेका थिए।'

उनका अनुसार अन्तर्राष्ट्रिय उडान गर्ने निगमको जहाजको यात्रु क्षमता १ सय ९० हो। यस्ता जहाज दुईवटा भए पनि अर्को भने नियमित मर्मतसम्भा। (सिचेक) का लागि इजरायलको एलाल एयरलाइन्समा रहेको छ। त्यो जहाज आगामी असोज १ मा काठमाडौं फर्कन तालिका छ।

बिहीबार साँझ दुबई जाने तयारीमा रहेका १ सय ९० यात्रुलाई निगमले युनाइटेड अरब इमिरेट्स (युएई) को एयर अरेबियाबाट पठाएको छ भने शुक्रबार बिहान बैंकक जानेलाई थाइ एयरवेजबाट पठाउने व्यवस्था मिलाइएको केसीले जानकारी दिए।

निगमको भविष्य
घाटामा सञ्चालित निगमले केही दिनयता एउटा मुसाकै कारण दैनिक झन्डै १ करोड रुपैयाँसम्म नोक्सानी बेहोरिरहेको छ। बिनारोकटोक जहाज उड्दा भने निगमले दिनको करिब ६५ लाख रुपैयाँ आम्दानी गर्छ।

नायब महाप्रबन्धक केसीले मुसाकै कारण निगमलाई दैनिक औसत करिब ८० लाख रुपैयाँ नोक्सानी भइरहेको छ। 'एउटा उडान रद्द गर्दा १५ लाख रुपैयाँभन्दा बढी थप खर्च हुने गरेको छ,' उनले भने, 'उडान रद्द भएपछि यात्रुलाई पाँचतारे होटलमा खाने बस्ने सुविधा पनि दिनुपर्छ।'

उनका अनुसार जहाजभित्र मुसा देखिएदेखि बिहीबारसम्ममा निगमलाई करिब २ करोड २० लाख रुपैयाँ नोक्सानी भइसकेको छ। सोमबार करिब ३० लाख, मंगलबार पनि ३० लाख तथा बुधबार र बिहीबार ८०-८० लाख रुपैयाँ नोक्सानी भएको हो।

Nagariknews.com
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters