[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  
[VIEWED 244648 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
The postings in this thread span 30 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-23-06 1:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे....पुन्टेदाको यो बुइनि नचाहिने कुरो देखि सचेत छ नि । हउरलै रिस उठ्यो अस्तो छ माष्टर्नि नानी जेपायो बोल्न थाली भुनेर । अघि भर्खर एकजना बुइनिको ग्र्याजुएसन पार्टि बड आकिम निदाऊ भन्छु आँखा झन झण टाँठो भएर आउछ । त्यो नेपालाँ फुन अर्यो कि निद्रा नै हराउच पुन्टे दा मेरो त
अनि पुन्टेदा हउर चै के अरि रा नि यो बिहान शुरु हुदा सम्म :)
अरु कोइ नि चैनन् ?? चित्रे त ऊठ्नु पर्ने
 
Posted on 12-23-06 1:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ र मिस दुबैजना नै झ्याप हो कि क्या' हो?

:)
 
Posted on 12-23-06 1:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झ्याप्पै त होईन, गालउ, तर झ्याप झ्याप भनम् न! कामाऽट आईयो के रे। अब एक हउता नै भेकेसन, अनि मनाई द्या नि!

अब त सुत्न पर्ला!
 
Posted on 12-23-06 1:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, त शूभरात्री! म चैं हिजो तपैंहरुसँ' गफ गर्दा झ्याप झ्याप थें :D अब फेरि एकछिन पछि जानुछ। आजराति नि झ्याप!!! के सिजन आइलायो हे गाँठे!!!

:-)
 
Posted on 12-23-06 1:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्त्तेरिका!! गालब के भुनेओ मिस लै त्यस्तो । मैले पुन्टेदाको copy अनि त्यसैलाई paste गर्देको हो ।
ल नमस्ते अरे बरु तेस्तो चै नभन
जतागयो के अरि रा 'यति बेला सम्म भूनेर गालि अर्छन :(
सानो छदा आमाले भुनेओ कुरो सम्झे मुएले त--- १०० बड ९९,९८ ऊर्दै ० सम्म गन्न थाल्यो भुने निद्रा लाग्छ रे
 
Posted on 12-23-06 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै हो गालउ! सिजनै यस्तै हो! चिसो चिसो लाएसि ज्यान त तताउनै परो नि! :p

ल त, मास्टर्नी नानी! निन्द्रा लाएन भुने तारा गन्नुस् के रे। फोन चईं नहानम्। सम्झनाले पिरोलेर आ'को निन्द्रा नि भाग्च!

मलाई त गजबै निन्द्रा आउला जस्तो छ के रे। फोरेन ब्रेन्डी तगडा के रैच!

गटु नईट!
 
Posted on 12-23-06 2:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, तारा गन्न थाल्नुस! पुन्टे दाइ चैं बाँकी रा' कपालको रौं गन्न थाल्नुस्। :)

म पनि लागें।
हवस् त! बाई बाई!!!
 
Posted on 12-23-06 4:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बबाल रमाइलो भएछ चौतारीमा।
 
Posted on 12-23-06 6:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब खास कुरो के भने, हाम्रा पुन्टे नि कम्ताका असत्ती होइनन् नि। घरमा लछ्मी जस्ती भऊजुलाइ राखेर त्यो धोबिनी को पेटिकोट समात्दै हिड्छन् गामभरी। रऊसीले मात्तेर कहिले काहि त चौतारी मै आ'र रमिता पो देखाम्छन त बुढा। अस्ति नि चित्रेको अगाडि झन्नै धोबिनीको पेटिकोट तान्देका, बल्ल तल्ल सम्झाको त्यो दिन त। अब चाहि धेरै ने हुन थालो भनेर अस्ति नै सम्झाऊन गएँ ; अनि हाम्रा शम्भु र सतीदेबीको लप सटोरि सुना'को त बुढो मलाइ नि सती खोज्दे पो भन्छन बा।
अब आफ्ना सालि देखि त्यो धोबिनीको बैनि ध्याक्सिलाइ नि नछोड्ने पुन्टेले निश पातको समि देखे'सि के छोड्थे।सती जस्तो लागो भनेर छुट्टि। अब आफुलाइ नि कहाँ नलाग्या हो त निम जमानामा त घर जमै गरुला भनेर सोचेको हो नि, तर निश पात अनि बाङ्गे दिपेको ग्याङ्ग देखेसी सपनाहरु तिलान्जली दे'र जोगी बन्ने बाटो लागियो। तर बुढाले यती सार्हो गर्ला भनेर चाहि सोच्या थे' न। हुन त बुढा लागे छि जिउ ज्यान दे' र लाग्नु पर्छ केहि नभे भने बुइनी बनाम्ला भन्थे के रे।
अब गामबाट पुन्टेसङग ज्यान जोगा र भगेको मान्छे, बाबाधा; जानु अगाडि धरानको चतरामा लागेको शिवजीको मेलाँ छिरेर जान्छु भनेर गा'को त निश पात पहेलै लुगामा तेहि भेट भै राका।
'जय शम्भु ' भनर बोलाम्छु त सुन्नै होइन पात।
अगाडि गे र यसो घच्घचाको त बल्ल फर्केर हेरो। ब्रो त बुटिले झयाप ।
'कहाँ त नि निश गुरु।' जमाना देखीको दादा लाइ गुरु भन्नै परो।
अब तेत्ती मात्र के भनेको ब्रो त डाँको छोडेर रुन पो थाले बा। अब तेत्रो दादालाइ रो को देखेर क्यारुम क्यारुम भो,बल्ल तल्ल सम्झा'र के भनेर बुझन खोज्दा यस्तो कुरो सुनाए घुंक्क घुक्क पर्दै।
" रयाग भो सोम रयाग भो। बल्ल तल्ल पटाको समीलाइ; आन्द्रैदेखिको लप आफ्नो। अब च्वाक ग्यास भे को सानै अर्को थ्यो। ग्याङमा ब्रोहरुले फ्री बुज ल्याम्ने हाउ आफ्ना सालीलाइ सोर्स लाग्ने आसमा।.... घुक्क ...घुक्क।। अब अस्ती देखिन त समि नि हराइ। अलि अलि थाक थुक त पर्थो; पुन्टेसंगको गाइगुइ नि नसुन्या होइन तर ग्यासमा आफ्नो फुल कन्फि। तर मलाइ छोडेर ताप्स दिइ। दुइ तीन दिन त कसैलाइ हावा नदि खोजे, तर कहाँ भेटाम्नु .... घुक्क ...घुक्क।। पछी हल्ला नि चल्न थालो ।पुन्टे सुढ्स फेरि गाम्मै छन, थर्काको नि हो सुढ्ढालाई तर भउजुले उल्टो गाल्स पो गरे मलाइ।.... घुक्क ...घुक्क।कसैले नि बाल दिन छोडे मलाइ। अब गाममा प्रेस्डिजै नभे्छि म नी जोगी बनेर हिडेको सोम।.... घुक्क ...घुक्क।।"
अब यस्तो नि सुन्नु परो फिरि अर्को बुढेसकालको चर्तिकला।
हरे शिव शिव।
निश पात आजकल चाहि आफ्नो जिग्री भै या छ, बाबाधाम जाँदै छौ हामि। फर्के'छि दिटेल्स है अरु।।
जय शम्भू।।।

 
Posted on 12-23-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम! राम!!राम!!! के सुन्नु परो यी कानले?! घोर कलिजुग लागो गाँठे! यी पातकी बूडाहर बूडेसकालाँ पनि कति पात्तेका?
हुनत, गँजेडीका कुरा हुन्, के पत्याउनु, के नपत्याउनु? तर हावै नहल्ली त पात हल्लेन होला!
****************************

(गाँजाको धूवाँ उडेको सटाइल हेर्दा त यो जोगी काका हैन सिरे जस्तो छ।)
 
Posted on 12-23-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हावै नचली हुनुपर्नी हावै नहल्ली भएछ छ्या! गाँजा खानी जोगी, लाग्नी मलाई?!
 
Posted on 12-23-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ! लु आफू त गुन्टा कसेर जोमसोम (नर्थ) तिर लागियो २-४ दिनलाई, चप्लेटी खेल्न।
पछि भेटुम्ला।
 
Posted on 12-23-06 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोगी बोल्या हुन् कि ऊन्ले तानेका गाँजा बोल्या हुन् तो? थुईक्क! तान्नु, तान्नु, ऊ जामानाँ हाम्ले नि तान्थेम, तर तानेसि गाँजाकै बेईज्जत हुने अरि जे पाओ तेई त नबोल्नु नि गाँठे! चिल्लिमको नि ईज्जत हुन्छ हो, गाँठे! कदर अर्दिम्!

निश जाबाले सुईंकाको सिम्स हाम्लाई के काम? संसार भरका सारा अईमई मेरे? बुढो भो र के भो र? थोत्रो गाडी हो के रे, ईन्जिन त बलियै छ नि गाँठे! खप्पर सिनित्तै भए नि ठुलो निधारको भाग्य त दरो छ नि! निसेको सिम्सलाई मैले त के, बरु निसेलाई नै जोगीले भगायो, आफैंले फुकेका कुरो है! सिम्स नानी डाँको छोडेर रोई रा' होली, कठै!

जेठी, धोबिनी, १२-१५ जना साली, अरु नभेटेका, नचिनेका तर देखेसि हाम्रै तालुआँ झुन्डिने पक्का भएका...लाम लाउनि हो भुने घर देखि काशी पुगुन्जेल एउटी न एउटी साथ भई रहने पक्का भ'का हामी उमेर हिरो, गन्दा झन्डै जिरो, खालका मुन्छेलाई तानेओ भुन्दैमा आरोप लाउनि हैन है!

तेई धोबिनी कै च्यात्त्या पेटीकोट गर्धनाँ बेरेर पिपल बोटाँ झुन्ड्याईदिम्ला!

:p :D
 
Posted on 12-23-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

our dear chautari is sinking so i managed to save this
 
Posted on 12-24-06 2:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता मरे जम्मै,
कुरो के भने नि जिम्माल मामा मेरो मा आएका छन् बडो रमैलो भै राको छ!
हा हा हा!!!
बुडा झोल खा'र फिट्टु छन् के के जाति हल्ला गर्दैछन्! जमानाको प्रेम कहानी बयान गरेर हैरान छ!
हा हा हा मुसु मुसु हाँस्दै छन्!
 
Posted on 12-24-06 3:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ चईनी मुसु मुसु हाँसेर पुरानो लप ईस्टोरी सुनाम्दै होलान् के रे, आफू चईनी फीट्टु भ'र मुसु मुसु हाँस्दै सुत्न ला'छु! सुनाम्नि त के, पुरानो लप ईस्टोरिको सम्झना अरेर! :p
 
Posted on 12-24-06 5:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाठे गाम्ले हरु ले त चौपारि मा सुचना पनि टाँसिछन के रे । कुरो के भने नि गाम्ले हरु मुइले चौपारि लाइ माया मारेको त पक्कै पनि होइन मात्र म चौपारि लाइ दिन मा एक पटक त हेर्ने अरेको थिए । समय अभाव ले अर्दा गित बजाम्न र केहि लेख्नु नपाएको हो । समय मिलायर पक्का पुनि आउने छु । चौपारि ले अझै पनि धेरै गाम्ले हरु को माया पाइ रहोस के रे । मिस लाइ मेरो नाम नकाटन अनुरोध अरेको छु । फेरि भेट होल केरे । नमस्ते अरे केरे
 
Posted on 12-24-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-24-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, हिजो खाली पेट मा, एक चिलिम भ्याएको, भर्खर उठेकोले सारी है पासा, क्या झ्याप भो भने । जे होस् खैरे को मेरी कृस्मस् सब लाई, नेपाली जती लाइ जय नेपाल्, तारेमाम ।
 
Posted on 12-24-06 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile naya chautaree banaauna laa' taaza khabar update garne kehi chha ki saathi haru :P chhitto bhani haalum hai natra ma coyp past gardinchhu yehi :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters