[Show all top banners]

focus.nepal

More by focus.nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दरबारले सेना भडकाउन थाल्यो
[VIEWED 4985 TIMES]
SAVE! for ease of future access.
Posted on 06-23-06 3:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

June 23, 2006
दरबारले सेना भडकाउन थाल्यो, भागे पछि निगरानी गर्ने रे
Filed under: News
वैशाख ११ पछि मरेको सिनोजस्तो अभिनय गरेर भित्रभित्रै गम्भीर आत्मघाती योजनामा लागेको दरबारले सरकार-माओवादी आठबुँदे समझदारी तोडाउन अन्तिम रिहस्रल गरिरहेको समाचार प्राप्त भएको छ । स्रोतका अनुसार असारभित्रै माओवादीलाई जंगल फर्काएर संविधानसभाबाट आफू समाप्त हुने खतरा टार्ने नियोजित योजना दरबारले कार्यान्वयनमा ल्याउन लागेको छ । सो योजनाको कार्यान्वयन गर्न अतिवादी हिन्दुनेताहरु नेपाली सेना र सात दलका केही नेताहरुलाई प्रयोग गर्ने दरबारको रणनीति केही हदसम्म सफल हुँदै गएको समेत खुलासा भएको छ । सात दलबीच आठबुँदे सहमति विषयमा उत्पन्न विवाद र नेपाली सेनाको पछिल्लो वक्तव्यलाई समेत यसैको कडीका रुपमा हेरिएको छ । सात दलका केही शीर्ष र केही दोस्रो लेबलका नेता अहिले आठबुँदे ऐतिहासिक सहमतिविरुद्ध खुलेर लागेको घटनाबाट स्वयम् सात दलसमेत गम्भीर भएको हिजो सम्पन्न बैठकमा उठेका अभिव्यक्तिबाट समेत पुष्टि भएको छ ।

समाचारस्रोतका अनुसार दरबारले ुसंसद् पुनस्र्थापना गरिदिए राजतन्त्र जोगाउँछु भन्ने कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको गोप्य सम्झौताले मात्र आफू नजोगिने विश्लेषण गरी संविधानसभा तुहाउन तीन तीर एकसाथ हान्न लागेको हो । एकातिर सात दलमा माओवादीविरोधी समूह तयार पारी आठबुँदे सहमति कार्यान्वयन गर्न नदिने अर्काेतिर सेना भड्काउने र ठाउँठाउँमा परिचालन गरी माओवादीलाई युद्धविराम भंग गर्न बाध्य पार्ने अर्काेतिर धर्मनिरपेक्षताको घोषणाविरुद्ध जेहाद नै छेड्न विश्वप्रसिद्ध हिन्दुनेता जगद्गुरु शंकराचार्यलाई राजधानी काठमाडौंमा ल्याई विश्व हिन्दु महासंघलगायत धार्मिक संगठनहरुलाई भड्काएर संसद् घोषणाविरुद्ध देशका मुख्य सहर तताउने अन्तिम तयारीसमेत दरबारले गरेको बुझिएको छ । सडकमा तुजुक देखाउँदा जनकारबाहीमा परी घाइते भएकाले सेनाको अस्पतालमा उपचार गराइरहेका विश्व हिन्दु महासंघका अध्यक्ष भरतकेशर िसंहको स्वास्थ्य स्थिति बुझ्ने नाममा शंकराचार्य असारभित्रै काठमाडौँ आउने करिब निश्चित भएको स्रोतको दाबी छ । भरतकेशरको निवासमा राजा स्वयम् गएर बनाएको जेहाद छेड्ने योजना कार्यान्वयन शंकराचार्य आउनासाथ हुने बुझिएको छ । भारतीय हिन्दु अतिवादी नेता अशोक िसंघलहरु यसअघि नै आएर दरबारमा सोसम्बन्धी योजनाको तयारी गरेको समेत स्रोतको दाबी छ ।

यता सेनाले एकसाथ राजालाई सघाउने नियतको वक्तव्य दिएको छ । वैशाख ११ जेठ ४ र असार २ का ऐतिहासिक घटनाबारे कुनै अफिसियल प्रतिकि्रया नदिएको सेनाले दरबारकै इशारामा हिजो एक वक्तव्य प्रकाशित गरेको छ । सो वक्तव्यमा प्रचण्डले असार २ मा प्रधानमन्त्री निवासमा बोलेका सेनासम्बन्धी कुरा आपत्तिजनक भन्दै.. more

From - http://focus.blogsome.com/2006/06/23/p103/#more-103
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters