[Show all top banners]

Jhilka
Replies to this thread:

More by Jhilka
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Of Tibetan origin???
[VIEWED 7298 TIMES]
SAVE! for ease of future access.
Posted on 02-23-06 5:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निजी सचिव भएको चार वर्षमै विशाल घर

केदार ओझा Kantipur


काठमाडौं, फागुन १० - प्रहरी महानिरीक्षक श्यामभक्त थापाले अपहरण र डकैतीको अभियोग लागेका प्रहरी निरीक्षकलाई कारबाही नगर्नुको कारण अत्यन्त निकट सम्बन्ध भएको पाइएको छ ।
महानिरीक्षकको निजी सचिवालयमा कार्यरत प्रहरी निरीक्षक सुरेश ढुंगाना काठमाडौं जिल्ला प्रहरीले डकैती प्रकरणमा अनुसन्धानका लागि तीन सातादेखि खोज्दा पनि बिहीबार रातिसम्म फेला परेका छैनन् ।

तिब्बती मूलका दुई नेपाली नागरिकलाई अपहरण गरी ढुंगानाको समूहले गत माघ १६ गते सार्वजनिक बिदाका दिन प्रहरी प्रधान कार्यालय लगेर ११ लाख रुपैयाँ असुलेको थियो । पीडितहरूको उजुरीका आधारमा काठमाडौं प्रहरीले कीर्तिमानी सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पासहित दुई जनालाई पक्राउ गरी डाँका मुद्दामा अनुसन्धान गरिरहेको छ । ..............
---------------------------------------------


तिब्‍बती मूलका 'रे???

कहिले देखि यस्‍तो चलन आयो शेर्पा लाई तिब्‍बती मूलका भनेर लेखिने। त्‍यही हिसाबले
लेख्‍न हो भने तिब्‍बती मूलका फलानालाई भारतीय मूलका फलानो ढुगाँनाले...भनेर
लेख्‍न पर्ने भन्‍या होईन र? अहिले आएर हाम्रा पत्रकार वन्‍धुहरुले उनीहरुका असली रुप
देखाउन थाले।पृथ्‍वीनारानको एकीकरणको फायदा सीमीत वर्रगलाई मात्र भएको हो भन्‍ने
साचोँ सावित भएको छ। त्‍यही हिसाबले अब आएर एउटा नेपालीले अर्को नेपाली सगँ परिचय गर्दा
पनि तपाई कुन मूलको भनेर सोध्‍नपर्ने भएन त?

देशको हालत यो नाजुक घडीमा गुज्रिरहेको वेला घुस्‍याहा रक्षक भक्षक र देशलाई
तोडने लेख होईन, एकताको खाँचो छ। एकता र शान्‍ति चाहने हामी सवैले यस्‍तो चलनको भर्त्‍सना गरौ।
 
Posted on 02-23-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with your point Jhilka; have u sent an email to kantipur yet regarding it?
 
Posted on 02-25-06 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे झिल्का प्रभुजी,
किन यति सानो कुरामा मन दुखाउनु हुन्छ?

"तिब्बती मूलका दुई नेपाली नागरिकलाई अपहरण गरी ढुंगानाको समूहले गत माघ १६ गते सार्वजनिक बिदाका दिन प्रहरी प्रधान कार्यालय लगेर ११ लाख रुपैयाँ असुलेको थियो । पीडितहरूको उजुरीका आधारमा काठमाडौं प्रहरीले कीर्तिमानी सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पासहित दुई जनालाई पक्राउ गरी डाँका मुद्दामा अनुसन्धान गरिरहेको छ।"

यदि समाचारमा यतिमात्र लेखेको हो भने, ती अपहरित ब्यक्तिहरु तिब्बती मुलका नै पनि त हुन सक्छन् नी, शेर्पा हुन् भनेको त छैन नी हैन? शेर्पालाइ त मजाले 'सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पा' भनेर लेखेकै छ त।
 
Posted on 02-25-06 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेसाहिला बन्‍धु,

मन किन दुखाउथे र? सहदा सहदा ढुँगा भईसकेको छ।

फलाना मूलका र ढिसका मूलका नेपाली नागरिक भनेर लेखेको देख्‍दा अलि यो
नदुखेको टाउको दुखेको मात्रै हो। त्‍यस्‍तै हो भने अब केपी भटटराइ भारतीय मूलका
नेपाली नागरिक, गिरिजा कोइराला बिहारी मूलका र राजस्‍थान मूलका फलाना राणा
र खेतान, चौधरी, हुलास, के के लेख्‍न थाले भने त नेपाली पत्रकारिताले कहिले नपाएको
उचाई पाऊने भो हैन र? पुलिटजर त कतै गएन।
 
Posted on 02-25-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jhilka le ajhai nabhuje jasto cha
go and read the news again.
 
Posted on 02-25-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भनेको माहिला नानी,
झिल्केजीले अझै कुरा बुझिराख्नु भा' छैन।
मेरो बिचारमा ती अपहरित ब्यक्तिहरु तिब्बती शरणार्थी हुनुपर्छ, र पछि नेपाली नागरिकता लिएका होलान्।
 
Posted on 02-25-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो कुरा गहिरो छ। स्‍बाकार्य छ। नेपाली नागरिक भएपछि फलानो मूलका र ढिसका
मूलका भनिरहनु पर्‍यो त? तेई मापदण्‍ड अरुलाई पनि लगाऊँदा भाँडभैलो
माडमैलो हुने भो । बस मेरो कुरो तेती हो - खालि मना लाग्‍या कुरा औँऊल्‍या
मात्र हो। अलि मोटो छाला छ, त्‍यति नभए त बाँच्‍नै गाह्रो। फेरि सभँवत भारतिय मूलका
ढुगाँना भैया पुरोहित पुत्र परेछ क्‍या 'रे। कुरा झन गहिरो, बुझनै चर्को। अब फेरि साँचो
कुरा भनिदिए, हुल उठेर पछि लाग्‍ने हुन कि?

नबिराए पनि बिझाए भने अग्रिम माफी छ है।
 
Posted on 02-26-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-26-06 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with Jhilka in this case.

When I talked with Indians or Chinese, sometimes I uses the languages -- they are Nepali with Indian origin, they are Nepali with TIbetan origin, etc. myself especially when i am proud of them.

But, the situation was different here, everybody know mountaineer or Sherpas. So, Kantipur should have avoided using racial language-- "Tibetti-mool ko Nepali". In the circumtance when there is really lack of words to the identity of a person (involved in criminal activity), this type of language probably help, however.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters