Smriti-malla
More by Smriti-malla
What people are reading
Subscribers
Please log in to subscribe to Smriti-malla's postings.
:: Subscribe
|
|
[VIEWED 5577
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Smriti-malla
Please log in to subscribe to Smriti-malla's postings.
Posted on 06-26-24 7:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए डिलु कान्छा ! जसको बारेमा लेख्न थालेको छु । उनी कुनै विशेष पात्र होइनन् । न समाजको लागि न उसको परिवारको लागि ! सायद स्वयम् आफैलाई पनि ! मैले सुनेसम्म उसको नागरिकता पनि छैन । त्यसैले उसको नाम आजसम्म कुनै सरकारी ढड्डामा लेखिएको छैन । उसलाई उसको आफ्नो नाम पनि लेख्न आउदैन । त्यसैले मेरो भ्रम नै सहि, उसको नाम कोरिएको यो “पाना” पहिलो पाना हो । “डिलु कान्छाको” कथा लेखिएको कथा भने निसंदेह यो पहिलो कथा हो । उनी सायद उमेरमा जेठो छन्, म भन्दा ! कति वर्षले यकिन साथ भन्न सक्दिनँ । शरीर उसको फुटबल जस्तो छ । पेट पनि मुहार पनि; काटेकुटे उस्तै ! होचो कद, प्याट्ट निस्केको भुँडी ! उ हिड्दा लाग्छ कतै ओरालोमा एउटा फुटबल गुडिरहेछ । बेफिकर र बिन्दास ! उनी सबैको लागि डिलु कान्छा हुन् । मेरो निम्ति, उनको घरको निम्ति र समाजको सामू ! बाटो हिड्न, बोल्न र चिन्न जान्ने प्रत्येक केटाकेटीले उनलाई त्यही नामले बोलाउछन् -“डिलु कान्छाको” नामले ! म जस्ता उसका उमेर वरपरका समकक्षी र प्रत्येक बुढाखाडाले उनलाई सोही नामले पुकार्छन् । सबैको पुकार प्रति उनले सधै एकै र एउटै जवाफले आदर फर्काउछन् । एउटै नजरले उत्तर दिन्छन् । त्यो हो उनको मुस्कानको आदबको जवाफ ! एउटा निर्दोष प्रतिक्रिया । एक करुणामय हेराइ र माया लाग्दो हाँसो ! के यो नजर समबोधी नजर होइन ? यसमा लुकेको मिहिन आध्यात्मिक अर्थले मलाई हरेक पल घोच्छ । बाँकी समाजले उसको चेतनाको चस्माले र अर्थले हेर्दा उसको हाँसोको जवाफलाई खिल्लीमा उडाउछन् । तर मलाई यो हाँसोले हृदय भित्रैसम्म आभारको आभास दिइराख्छ । त्यसैले मेरो कथाको पहिलो रोजाईको पात्र हो- “डिलु कान्छा !” तपाईको घरछिमेकमा कतै भोज भतेर या अन्य कार्यक्रम भए उनलाई निम्ता दिए उनी पुगेकै हुन्छ । उनको पाइतलाले टाढा र नजिकको दुरी नाप्न थाल्दैन । उनको मन र मस्तिष्कले समय, अवस्था, र अल्छिपनाको तगारोलाई सदैव नकार्छ । उनी पुगिदिन्छन् । उत्सुकता र मुस्कानका साथ निम्ता मानिदिन्छ । तपाईंको मानमा उनले मान थपिदिन्छन् । अपमानमा बाह्रैमास फुलिराख्ने मुस्कानको फूल फुलाइदिन्छन् । अनि आफ्नो बाटो लाग्छन् । देउसीभैलोमा बोलाइदिनुस्, तपाईंको छेउछाउमै नाचिदिन्छ। गीत गाउन नजान्दा तालीले लय थपिदिन्छन् । काम अर्हाउनुस्, तपाईलाई उहीँ उमंगसाथ सघाउन थाल्छ । उनको यस्तो कर्मलाई म निष्काम कर्म किन नभनुँ? त्यसैले उनले मेरो हृदयका तार र कलमको निबलाइ घोचिराख्छन् । डिलु कान्छा सच्चा हृदयको असली नायक हुन्। उनी मेरो आँखा अगाडि मेरै पसल हुँदै हिडिरहेका हुन्छन् । कहिले खोलेनिको बाल्टी बोकी हिडछन् । कहिले उसलाई के काम पर्छ त कहिले के काम ! उनी बेलाबेला मेरो पसल पनि धाउछ्न् । नजिकको होटलको सामान किनिदिनको निम्ति ! सुर्ती लिन आउँदा “खाइकुरा” चाहियो भन्दै माग्छ । “अर्ना” लाई अरुना बिएर भनेर पुकार्छन् । उनको बुझ्ने बुझाउने आफ्नै भाषा छ । आफ्नै शैली छ । त एकदिन यसै पसलमा छिरे । उनी खुशी साटन छिरेको रहेछ । “दाई मैले आज तिनटा जागे पाएनी !” यसो भन्दा उनको अनुहारमा बेग्लै तेज थियो । उनको खुशीको उचाइ सगरमाथाभन्दा पनि उचो थियो । उनको मुस्कानको गहिराइ प्रशान्त महासागर जत्तिकै गहिरो थियो । मैले हो र: मात्रै भनेको थिए …उनले हतारमा आफ्नो खुशीको उत्तरको आयतन बढाइहाल्यो । हो नि दाई ! अब जागे थपिए ! यो पालिको जागे बाहिर हिड्दा मात्रै लगाउने ! कसैले लगाइसकेर उनलाई दिएको जागेमा उनको कत्रो खुशी ! उनको प्रफुल्लताको तेज, रौनक र ओजश देख्दा म पनि खुशी नभई बस्न सकिनँ । मेरो लागि, खुशी साटे बढ्छ भन्ने कुराको सजिव दृष्टान्त थियो त्यो क्षण। कहिलेकाहीं उनको हातमा एक मुठी चिउरा र चिनी थमाइदिन्छु । त्यसबखत उनको कृतज्ञता र हर्षले सबै सिमाना नाघिदिन्छन् । त जीवनको सार यो पो हुनुपर्ने ! आँखाभरी कृतज्ञताले हेरि मात्रै दिनुपर्ने । हातमा कसैले थमाइदिएको चिज चाहे ठूलो होस् या एक मुठी चिउरै मात्र ! जीवनमा उनका यस्ता असंख्य लोभलाग्दा किस्साहरु छन् । उनमा न कुनै लोभ छ न कुनै आकाङ्क्षा । संवेदनाहरुको पर्दामा राखेर उनको जीवन चिहाउने हो भने उनको जीवन एक रंगिन ब्लकबस्टर चलचित्र जस्तै छ । बाँकी समाजले थुपारेका फोस्रा मानक, मान्यता र चलनहरुको चस्माले चिहाउँदा उनी केही निस्कनन् । त्यतिबेला उनी केबल “डिलु कान्छा” मात्र हो । लेख्दा अहिले शंकर लामिछानेलाई सम्झिरहेछु । कतै भिमदर्शन रोकाको एक भनाइ उनले उद्दृत गरिदिएका थिए । “कविता त समाजमा छरिएर बसेका छन्: बस टिप्न सक्नुपर्छ ।” साहित्यको नजरमा डिलु कान्छा यस्तै छरिएको कथा मध्यको एक हो । जे होस् ‘डिलु कान्छा’ आज मेरो डायरीको प्रमुख नायक हुन् । यो लेखको सिंगो महानायक । महाकवि देवकोटाले एक साँढेसंग लखेटिँदाको दिन साँढेको बारेमा निबन्धमा लेखेको थिए । “चिल्लो पुष्ट साजी उग्राउदो साँढे सब सुखाभिलाषीको एक अमुखरित तर अत्याधिवान्छित आदर्श हो । प्रत्येक नागरिक यहि अवस्था चाहान्छ ।” त म आज किन लेख्ने दुस्साहस नगरु, आजको मान्छे डिलु कान्छा जत्तिकै उमंगपूर्ण, उत्सुक, सुखी, खुशी र आनन्दमय हुन चाहान्छ । बस उनले आफ्नो आदर्श चरित्र अन्त कतै पर खोजी भौतारिरहेको हुन्छ । सायद चेतना, आर्थिक, भौतिक, आध्यात्मिक सुधार र व्यापकतासहितको “डिलु कान्छा” खोजिरहेको हुन्छ । कहि यो अन्तिम हरफ लेख्दा अन्याय त गरिनँ ? भएछ भने बाँकी उनको बारे फेरि अर्को कथा लेखेभने आफूलाई सुधारौंला ! “डिलु कान्छा” तिमी बारे लेखिएको यो धर्तीको पहिलो कथा कस्तो ठान्यौ? Suman bhattarai
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| Funny when Nepalis talk about Epstein and injustice |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| अब के हाेला त? |
| EAD Filing |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| NOV 18th TPS DAY |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|