Can America do to Nepal & Nepali President what it do to Venezuela? - Sajha Mobile
SAJHA MOBILE
Can America do to Nepal & Nepali President what it do to Venezuela?
Posts 2 · Viewed 2633 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
विश्वको सबैभन्दा ठूलो तेल भण्डार भएको देश भेनेजुयला कुनै जमानामा प्रतिव्यक्ति आयको आधारमा विश्वको चौंथो धनी देश थियो।
विश्वकै सबैभन्दा धैरै तेल भण्डार, फलाम,कोइला र हिरा खानी भएको देश भेनेजुयलाका करिब ८० लाख मानिस राजनितीक अस्थिरताको कारण भेनेजुयला छोडेर बाहिरी देशमा छन्।
भेनेजुयला करिब एक-डेढ दशकदेखि अशान्त बन्दै गएको हो।अथाह प्राकृतिक स्रोत भएको सुन्दर दक्षिण अमेरिकी देश हो।यो देश प्राकृतिक रूपमा निकै धनी छ।जंगल,ठूला नदी, समुद्र, पहाड र खनिज सम्पदाले भरिएको देश हो।भेनेजुयलाको सबैभन्दा ठूलो शक्ति भनेको तेल हो।यहाँ संसारकै सबैभन्दा धेरै तेल भण्डार छ।यो देशमा ३०३ अर्ब ब्यारेल तेल भण्डार छ।
भेनेजुएलासँग खर्बौं अमेरिकी डलर मूल्य बराबरको प्राकृतिक स्रोत सञ्चित छ।भेनेजुयला संसारकै टप प्राकृतिक स्रोत भएको देशमध्ये एक हो।तर सुशासन नहुँदा स्रोतको सही सदुपयोग भएन।
१९२० देखी ८० को दशकसम्म भेनेजुयला दक्षिण अमेरिकाकै धनी देश थियो।१९५० को दशकमा त भेनेजुयला प्रतिव्यक्ति आयको आधारमा विश्वको चौथो धनी देश थियो।अहिले विश्वको ७० औं स्थानमा पुगेको छ।
तेल मात्र होइन,भेनेजुयलामा सुन, फलाम, कोइला र हिरा जस्ता खनिज पनि प्रशस्त छन्।विश्वको चौंथौं ठूलो ‘ओरिनोको’ नदी भएकाले जलविद्युत् उत्पादनमा पनि राम्रो सम्भावना छ।उर्बर जमिन भएकाले खेतीपातीमा अथाह सम्भावना उस्तै छ।पर्यटनका हिसाबले पनि यो देश अत्यन्तै सुन्दर छ।९७९ मिटर संसारकै अग्लो झरना ‘एन्जेल फल्स’ यही देशमा पर्छ।
यति धेरै सम्भावना हुँदाहुँदै पनि भेनेजुयला पछाडि पर्नुको मुख्य कारण गलत नीति, भ्रष्टाचार र राजनीतिक अस्थिरता हो। सरकार परिवर्तनसँगै नीति बदलिनु, जनताको आवाज नसुन्नु र अन्तर्राष्ट्रिय प्रतिबन्धले देश झन् कमजोर बनायो। परिणामस्वरूप मानिसहरू औषधि, खाना र रोजगारीका लागि देश छोड्न बाध्य भए।
देशमा राजनितीक अस्थिरता शुरु भए सँगै चरम महँगी,रोजगारी अभाव,खाद्य, औषधि, स्वास्थ्य सेवाको कमी जस्ता कारणले सन् २०१० देखी मानिसहरूले रोजगारी, स्वास्थ्य र सुरक्षाको खोजीमा देश छोडेका हुन्।
हालसम्म ७० देखि ८० लाख भेनेजुयालीहरू कोलम्बिया,इक्वेडर,पेरु र ब्राजिल लगायतका छिमेकी र नजिकका देशमा छन्।
Oops i did it again
· Snapshot 254
Like · Liked by · 0
ब्रिक्स लाई नराम्रारी झटका लागन पूगो. डॉलर डोमिनेन्स नट आयल. लांग लिव अमेरिका
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 16346 · Likes 3
· Posts 8 · Viewed 9201 · Likes 3
· Posts 1 · Viewed 4627 · Likes 3
· Posts 1 · Viewed 4972 · Likes 3
· Posts 1 · Viewed 4446
· Posts 1 · Viewed 4440
· Posts 1 · Viewed 4696
· Posts 1 · Viewed 4736
· Posts 1 · Viewed 4498
· Posts 11 · Viewed 18989



Travel Partners
Travel House Nepal